इलाम–२ बाट नेम्बाङ विजयी

मङ्गलबारे (इलाम),  मङ्सिर ७ गते । इलाम क्षेत्र नं २ मा नेकपा–एमालेका सुवासचन्द्र नेम्बाङ १४ हजार ९३० मत ल्याई विजयी हुनुभएको छ ।
    उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भेषराज आचार्यले १२ हजार ८२८ मत ल्याउनुभएको छ । नेम्वाङ दुई हजार १०४ मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

 

सङ्खुवासभा क्षेत्र नं २ मा कांग्रेशका दिपककुमार खड्का बिजयी

छेटु शेर्पा, सङ्खुवासभा, मंसिर ७ गते । जिल्लाको क्षेत्र नं. २ मा कांग्रेशका प्रत्यक्ष उम्मेदवार दिपककुमार खड्का बिजयी हुनु भएको छ । एमालेका केन्द्रीय सदस्य एवं कोशी अञ्चल इन्चार्ज राजेन्द्रप्रसाद गौतमलाई  ५ सय ७९ मत अन्तरले पछि पार्दै बिजयी हुनु भएको हो । खड्काले ११ हजार ५ सय ५२ मत ल्याएको छ भने गौतमले १० हजार ९ सय ७३ मत प्राप्त गरेको छ ।
४१ हजार मतदाता रहेको सो क्षेत्रमा २७ हजार मत खसेको थियो भने १ हजार ६ सय मत बदर भएको थियो । यस क्षेत्रमा १३ वटा दलले प्रत्यक्ष तर्फ प्रतिस्पर्धा गरेका थिए । २०६४ सालको पहिलो संबिधान सभाको निर्वाचनमा नेकपा माओवादीका राजेन्द्र किरातीलाई ४ हजार मतले पछि पार्दे एमालेका डम्बर खड्का बिजयी हुनु भएको थियो । एमालेले कोशी अञ्चलकै पकट रहेको क्षेत्रको रुपमा लिएको यस क्षेत्रमा एमालेले हार बोहोर्नु परेको प्रतिकृया दिएका छन् ।

 

जोशी विजयी

 काठमाडौँ,  मङ्सिर ६ गते  । काठमाडौँ क्षेत्र नं ८ मा नेपाली काँग्रेसका नवीन्द्रराज जोशी १३ हजार ७७४ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवनराम श्रेष्ठले छ हजार ३६७ मत ल्याउनुभएको थियो ।
    त्यसैगरी राप्रपा नेपालका प्रकाश रिमालले चार हजार ९५८ र एनेकपा (माओवादी) का मुक्ति प्रधानले दुई हजार ७६० मत प्राप्त गर्नुभएको छ । जोशी यसअघि पनि २०६४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । रासस

Source : http://epaper.gorkhapatraonline.com/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s