अघिल्लो चुनावको भन्दा यसपालि २३ लाख मत कम

 

संविधानसभाको दोस्रो निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा धेरै ७० प्रतिशत (अनुमानित) मतदान भएको भनेर वाहवाही भइरहेको छ। प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, गृहमन्त्री माधव घिमिरेदेखि सरकारी अधिकारीहरुले त यो निर्वाचनलाई ‘ऐतिहासिक’को उपमा नै दिएका छन्। 
 
तर निर्वाचन आयोगले नै प्रकाशन गरेको तथ्याङक हेरियो भने अहिलेको मतदान उनीहरूले दाबी गरेजस्तो ‘ऐतिहासिक’ देखिदैन। निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार यसपाला ८५ लख ३ हजार ५ सय ५ भोट खसेको छ। जुन अघिल्लो संविधान सभा भन्दा २३ लाख कम छ। 
 
खसेको कूल मत हेर्ने हो भने २०५६ सालको आम निर्वाचनको मतसमेत अहिलेभन्दा बढि थियो। यी आँकडाको हेक्का नराखि यसपाली खसेको मतलाई एतिहासिक भनिएको छ। 
 
अघिल्लो संविधानसभा निर्वाचनमा ६१.७० प्रतिशत मतदान भएको थियो। उनले अघिल्ला आम निर्वाचनको आँकडालाई पनि आधार बनाएका छन्। त्यअघि तीन पटकको प्रतिनिधि सभा निर्वाचनमा ६५.७९, ६१.८६, ५६.१५ प्रतिशत मत खसेको थियो। यसपाली खसेको मत प्रतिशत निश्चय नै अघिल्ला निर्वाचनको भन्दा धेरै हो। तर गत संविधानसभाको भन्दा यसपाली धेरै नेपालीले मत खसालेका होइनन्। यसपालीको कुल मतदाताको संख्या नै कम भएकोले प्रतिशत बढि देखिएको हो।
 
यसपाला मतदाताको कूल संख्या निकै कम थियो। कूल मतदाता १ करोड २१ लाख। जुन अघिल्लो संविधान सभा निर्वाचन भन्दा झण्डैं ५५ लाख कम हो। अघिल्लो मात्र हैन २०५१ को मध्यावधि निर्वाचनको मतदाता भन्दा भन्दा पनि यो संख्या १ लाख ७९ हजारले कम छ।
 
कूल मतदाता नै ठूलो संख्यामा कम भएकाले यसपाला अघिल्लो चोटी भन्दा २३ लाख कम मत खस्दा पनि प्रतिशत ह्वात्त बढेको हो।  
कूल मतदाता र मतदान संख्या दुवै किन कम भयो त? 
 
अघिल्लो पटकको चुनावसम्म पनि कतिपय मतदाताले दुई वा सो भन्दा बढि ठाउँबाट नाम लेखाउथे। त्यसले गर्दा मतदाताको संख्या अप्राकृतिक रूपमा धेरै देखिएको थियो। अघिल्लो संविधानसभाको चुनावमा कुल मतदाता एक करोड ७६ लाखभन्दा बढि थिए। जबकी २ वर्ष अगाडि भएको मतगणाले बालिक मताधिकार प्राप्त(१८ वर्ष पुगेका) गरेका नागरिकहरूको संख्या नै एक करोड ५४ लाख मात्र भएको देखायो।
 
अघिल्लो चुनावमै फोटोसहितको मतदाता सूची तयार पारिएको भए सम्भवत जम्मा मतदाताको संख्या घट्ने थियो। कुल मतदाता संख्यानै घटेपछि खसेको मत प्रतिशत पनि ह्वात्तै बढ्ने थियो।
 
यसपाली फोटोसहितको मतदाता नामावलीले कूल मतदाता ह्वात्त घटाइदियो। आफै उपस्थित भएर मात्र नाम लेखाउन पाइने हुँदा खाडीमुलुक र अन्य देशमा रहेका करिव २५ लाखको नाम नामावलीमा चढेन।  
 
नामावलीमा आएको सुधारले निर्वाचनलाई पनि पक्कै शुद्व भने बनाएको छ। फोटोसहितको परिचय पत्र आवस्यक भएकाले बुथ कव्जा गरेको अवस्थाबाहेक झुक्याएर अर्काको नाममा भोट खसाल्न यसपाला सम्भव भएन। 
विदेश गएका, मृत्यु भइसकेका, बिहे गरेर गएका र दोहोरो नामावली शुद्वीकरणपछि अर्काको नाममा भोट हाल्ने गुञ्जायस लगभग रहेन। 
 
संसारभरि ५० प्रतिशत भन्दा बढि मतदानलाई उत्साहपूर्ण मानिन्छ। यसपालाको निर्वाचनमा सुरक्षा चुनौतीकाबीच उल्लेख्य मतदान भने सराहानिय नै हो। नेकपा–माओवादीको बम आतंक, चक्काजाम र अरु अवरोधको पर्वाह नगरि ८५ लाख भन्दा बढि मतदाता सहभागी हुनु चानचुने हैन।
 
त्यहाँमाथि १० दिनदेखिको यातायात बन्दले सर्वसाधरण आफ्नो कर्मथलो छाडेर नामावलीमा नाम भएको थलो जान सकेनन्। काठमाडौं र मुलुकका अरु महत्वपूर्ण शहरबाट स्थायी ठेगानामा फर्किन नपाएका मानिसको संख्या नै लाखौंमा हुन सक्छ। यदि सबै मतदाताहरू निवाध रूपमा आफ्नो नामावली रहेको ठाउँमा गएर मतदान गर्न पाएको भए कुल खसेको मत र प्रतिशत दुबै बढ्ने थिए।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s