मुलुकभर संविधानसभाको मतदान शान्तिपूर्ण (तस्विरहरू सहित)

काठमाडौं, मंसिर ४ गते  ।  जनताका प्रतिनिधिद्वारा नयाँ संविधान लेख्न आज बिहान ७ बजेदेखि देशभरिका १० हजार १३ वटा मतदान केन्द्रहरुमा संविधानसभाको निर्वाचन जारी छ ।
यसपटक निर्वाचनमा देशभरका एक करोड २१ लाख ४७ हजार ८६५ मतदाताले मतदान गरिरहेका छन् । मतदान शान्तिपूर्ण रहेको मुलुकभरबाट समाचारहरु आइरहका छन् ।
केहि स्थान बाहेक संविधानसभाको निर्वाचन हालसम्म मुलुकभर शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएकोछ ।
निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २१ दलका ६ हजार १ सय २८ र समानुपातिकतर्फ १ सय २२ दल दलका १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनका लागि १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता छन् । तीमध्ये ६१ लाख ६६ हजार ८ सय २९ महिला, ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र १ सय ५५ तेस्रो लिंगी छन् । १० हजार १३ स्थलमा १८ हजार ४ सय ५६ मतदान केन्द्र तय गरिएको आयोगले जनाएको छ ।
यस अघि सम्पन्न संविधानसभाको पहिलो निर्वाचन २८ चैत २०६४ मा सम्पन्न भएको थियो ।

मुलुकभर विभिन्न स्थानमा जारी निर्वाचनका केही तस्विरहरू:

Source : http://www.gorkhapatraonline.com/700804.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s