यस्ता छन् संसारका ठूला होटल

  • बिहीबार २१ कार्तिक, २०७०
  • यस्ता छन् संसारका ठूला होटल
    काठमाडौं – संसारका केही देशमा यस्ता ठूला र महत्वाकाँक्षी होटल सञ्चालनमा छन्, जसको लगानी, बाहिरी र भित्री स्वरूप, सुविधालगायत हेर्दा जो कोही अचम्म मान्छन्। एउटा होटल सञ्चालनमा आएर अविश्वसनीय हुन नपाउँदै अर्को झन् अचम्मको आइसक्छ।
     
    हालसम्म संसारमा रहेका १० ठूला होटल यस्ता छन् :  

    मरिना बे स्यान्ड्स, सिंगापुर
    सिंगापुरको यो होटल निर्माण गर्न ८ अर्ब अमेरिकी डलर (७ खर्ब ८४ अर्ब रुपैयाँ) खर्च भएको थियो। तीनवटा छुट्टाछुट्टै ठूला भवन रहेको यो होटललाई माथिल्लो भागमा एउटा अविश्वसनीय पुलले जोडेको छ। ‘स्काइ पार्क’ नाम दिइएको यो पुलमा रहेको पौडी पोखरीबाट दृश्यावलोकनको मजा भिन्नै हुन्छ। यो होटलमा विश्वकै ठूला क्यासिनोमध्ये एक पनि सञ्चालनमा छ। सन् २०११ बाट सञ्चालनमा आएको यो होटलमा २ हजार ५ सय ६१ कोठा छन्।

    रिसोर्ट्स वर्ल्ड सेन्टोसा, सिंगापुर
    सिंगापुरमै रहेको अर्को ठूलो होटल रिसोर्ट्स वर्ल्ड सेन्टोसा निर्माण गर्न ६ अर्ब ५० करोड डलर (६ खर्ब ३७ अर्ब रुपैयाँ) खर्च भएको थियो। एउटा थिम पार्कभित्र ६ वटा भवनमा रहेको यो होटलमा संसारकै ठूलो एक्वेरियम (माछा पाल्ने भाँडा) छ। सन् २०१० बाट सञ्चालनमा आएको यो होटलमा १ हजार ८ सय ४० कोठा छन्।

    इमिरेट्स प्यालेस, अबुधाबी
    युनाइटेड अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित इमिरेट्स प्यालेस होटल स्वीट्जरल्यान्डको केम्पेन्स्की होटल चेनअन्तर्गत चलिरहेको छ। पर्सियन खाडी छेउमा अवस्थित यो होटल निर्माण गर्न ६ अर्ब डलर (५ खर्ब ८८ अर्ब रुपैयाँ) खर्च भएको थियो। सन् २००५ बाट सञ्चालनमा आएको यो होटलमा ३ सय ९४ कोठा छन् भने २ हजार ५ सय गाडी पार्किङ गर्न सकिन्छ। यो होटलको एक कुनाबाट अर्कोको दुरी एक किलोमिटरभन्दा बढी छ।

    द कस्मोपोलिटन, अमेरिका
    अमेरिकाको लसभेगासमा रहेको द कस्मोपोलिटन होटल पनि संसारका ठूला होटल परियोजनामा पर्छ। अमेरिकामा रहे पनि यो जर्मनीको डच बैंकको लगानीमा सन् २०१० मा खुलेको हो। २ हजार ९ सय ९५ कोठा रहेको यो होटल निर्माण गर्न ४ अर्ब ९० करोड डलर (४ खर्ब ८० अर्ब २० करोड रुपैयाँ) खर्च भएको थियो।

    द भेनेटियन, मकाओ
    मकाओलाई होटल उद्योगमा चिनाउने देन पाएको द भेनेटियन होटल निर्माण गर्न २ खर्ब ४ अर्ब डलर (२ खर्ब ३५ अर्ब २० करोड रुपैयाँ) खर्च भएको थियो। संसारकै सबैभन्दा ठूलो क्यासिनो रहेको यो होटलमा ३ हजार कोठा छन्। सन् २००७ बाट सञ्चालनमा आएको यो होटलका सेवा, सुविधा र विशेषताबाट पर्यटक लोभिने गर्छन्।

    सिटी अफ ड्रिम्स, मकाओ
    मकाओमा रहेको सिटी अफ ड्रिम्स होटलमा हार्ड रक, ग्रान्ड हायात र क्राउन गरी तीन ठूला भवन छन्। सन् २००९ बाट सञ्चालनमा आएको यो होटल निर्माण गर्न २ अर्ब डलर (१ खर्ब ९६ अर्ब रुपैयाँ) खर्च भएको थियो। आकर्षक क्यासिनोसमेत रहेको यसमा १ हजार ४ सय कोठा छन्।

    मार्डन प्यालेस, टर्की
    टर्कीको आन्टाल्यामा रहेको मार्डन प्यालेस होटल परम्परा र आधुनिकताको सम्मिश्रण हो। प्रवर्द्धक टेल्मान इम्मेलोयले १ अर्ब ४० करोड डलर (१ खर्ब ३७ अर्ब २० करोड रुपैयाँ) खर्च गरी यो होटल निर्माण गरेका थिए। सन् २००९ बाट सञ्चालनमा आएको यो होटलमा ५ सय ६० कोठा छन्।

    र्‍युगयोङ होटल, उत्तर कोरिया
    उत्तर कोरियाको राजधानी प्योङयाङमा सन् १९८७ बाट निर्माण सुरु भएको र्‍युगयोङ होटललाई सुरुमा ‘होटल अफ डुम’ (भाग्यको होटल) नाम दिइएको थियो। निर्माण ढिलो हुँदाहुँदा २६ वर्षमा तयार भएको यो होटल त्रिकोण आकारको छ। १ हजार ८२ फिट उचाइ र १ सय ५ तला रहेको यो होटलमा ३ हजार कोठा छन्। यसलाई निर्माण गर्न ७५ करोड डलर (७३ अर्ब ५० करोड रुपैयाँ) खर्च लागेको थियो। यो भनेको कूल गार्हस्थ उत्पादन (जिडिपी) को दुई प्रतिशत हो।

    बुर्ज अल अरब, दुबई
    युएईको दुबईस्थित बुर्ज अल अरब होटल निर्माण गर्न ६५ करोड डलर (६३ अर्ब ७० करोड रुपैयाँ) खर्च भएको थियो। सन् २००० बाट सञ्चालनमा आएको यो होटल १ हजार फिट अग्लो छ। ६० तले यसमा २ सय २ कोठा छन्। यो होटलमा एक रात बसेको १८ हजार ७ सय ७६ डलर (१८ लाख ४० हजार रुपैयाँ) तिर्नुपर्छ।

    एट्लान्टिस, द पाल्म, दुबई
    दुबईको समुद्रमाथि बनाइएको कृत्रिम टापुमा अवस्थित एट्लान्टिस, द पाल्म होटल निर्माण गर्न १ अर्ब ५० करोड डलर (१ खर्ब ४७ अर्ब रुपैयाँ) खर्च भएको थियो। ९३ मिटर उचाइको २३ तले यो होटलमा १ हजार ५ सय ३९ कोठा छन्। यो होटल सन् २००८ बाट सञ्चालनमा आएको हो।
    (एजेन्सीको सहयोगमा)

    – See more at: http://www.nagariknews.com/economy/main-story/story/9585#sthash.1WnhZMUS.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s