तिहारको मसला र पोषण

डा.बालकृष्ण साह

तिहारमा दिदीबहिनीहरूले दाजुभाइलाई दिने मसलाहरू स्वादिला मात्र हुँदैनन्, पोषणयुक्त पनि हुन्छन्।

ओखर ः ओखरलाई पोषणको घर भने पनि हुन्छ। यसमा एन्टिइन्फलामेन्टरी तथा एन्टिअक्सिडेन्ट तत्वहरू सँगसँगै ओमेगा-३ जस्तो महत्त्वपूर्ण तत्व पाइन्छ। यसमा कोलेस्ट्रोल घटाउने, रोगविरुद्ध लड्ने शक्ति बढाउने तथा दीर्घरोगमा पनि पीडा कम गर्ने क्षमता हुन्छ।

बदाम ः स्वाद र पोषण दुवै दिने बदाम मन नपराउने कमै होलान्। बदाममा भिटामिन ई, प्रोटिन, फाइबर तथा अन्य भिटामिनहरू पाइन्छन्। यो क्यान्सर तथा मुटुरोगीहरूका लागि लाभदायक मानिन्छ। हालै सम्पन्न एक अध्ययनले बदामले मोतियाबिन्दु हुने सम्भावना पनि कम गर्ने देखाएको छ।

पिस्ता ः सानो भए पनि पिस्ताको एउटा दानामा हामीलाई एक दिनका लागि चाहिने फाइबरको करिब १० प्रतिशत अंश पाइन्छ। यसबाहेक पिस्तामा भिटामिन बी समूहका भिटामिन तथा खनिज पदार्थहरू पाइन्छन्। पिस्तामा एमिनो एसिड उच्च मात्रामा पाइने भएकाले बालक, बृद्धा सबैका लागि लाभदायक हुन्छ।

काजु ः काजुमा फ्याट अर्थात् बोसो पाइन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। काजुमा प्रशस्त मात्रामा बोसो पाइन्छ, तर उक्त बोसो अनस्याचुरेटेड तथा मोनोयाचुरेटेड हुने भएकाले शरीरमा रहेको ट्राइग्लिेसोराईड घटाउने किसिमको हुन्छ। त्यसबाहेक काजुमा अति महत्त्वपूर्ण खनिजहरू -कपर, जिंक, म्याग्नेसियम) पाइने भएकाले मस्तिष्क एवं स्नायुसम्बन्धी समस्या कम गर्न तथा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहायक हुन्छ।

कटुस ः यसमा पनि अनस्याचुरेटेड फ्याट, खनिज पदार्थहरू -कपर, जिंक, म्याग्नेसियम, फस्पोरस, क्याल्सियम, पोटासियम) तथा भिटामिन ए, ई र बी समूहका भिटामिनहरू पाइन्छन्। यसको सेवनले केही क्यान्सरबाट जोगाउन मद्दत गर्छ।

Source : http://www.ekantipur.com/saptahik/article/?id=12459

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s