योग र जीवन : दीप र दिपावली

हरेक, उत्सव तथा चाडहरू आफैंमा महत्वपूर्ण एवं सांकेतिक हुन्छन्। हरेक पर्वको महत्वलाई सही अर्थमा बुझौं र त्यसैअनुरूप मनाऔं। दीपावलीको दीपजस्तै हामी सबैभित्रको दीप प्रज्वलित होस्। समाजमा भित्रिएका खराबीहरू हटाउँदै जाऔं अनि संस्कृतिलाई विकृति होइन अझ सु-संस्कृत बनाऔं।

–    तिहारमा हामीले बनाउने विविध परिकारमा अखाद्य तथा कृत्रिम रंगहरूको प्रयोग स्वास्थ्यका लागि हानिकारक छ।

–    आकर्षकभन्दा पनि स्वास्थ्यका दृष्टिले लाभदायक परिकारमा ध्यान दिऊँ।

–    मौसम परिवर्तनको समय छ, शुद्ध तेल वा घिउमा पकाइएको सेल, अनारसाजस्ता परिकार नियन्त्रित मात्रामा खानु नै फाइदाजनक हुन्छ।

–    शुद्ध तेल वा घिउमा आफैंले घरमा बनाइएका चीज प्रयोग गरी बजारिया तयारी भोजनलाई

टाढै राखौं।

–    चामल, आँटाबाट बनाइने परिकारलाई विशेष महत्व दिई मैदाजन्य चीजलाई निरुत्साहित गरौं।

–    चिनी पचाउन क्याल्सियमको आवश्यकता हुन्छ, जसले हाड कमजोर बनाउन सक्छ। त्यसैले चिनीजन्य गुलियो मिठाईभन्दा प्राकृतिक गुलियो छोगडा, केरा, स्याउ आदि फलफूललाई महत्व दिनुपर्छ।

–    स्वादमा मात्र होइन स्वास्थ्यमा पनि ध्यान पुर्‍याउनुपर्छ।

सयपत्री र स्वास्थ्य

–    सयपत्रीको पात र फूलको रस पकाएर महका साथ खाँदा खोकी, चिसो तथा श्वासको समस्या ठीक हुन्छ।

–    सयपत्रीको पातको काँडा बनाएर कुल्ला गर्दा दाँतको पीडामा आराम मिल्छ।

–    सयपत्रीको पातको रस २-२ थोपा हाल्दा कानको पीडा ठीक हुन्छ।

–    सयपत्रीको बीउको चूर्ण बनाएर बराबर मात्रामा मिश्री मिसाएर दिनको ३ पटक एक-एक चम्चा खाँदा दम तथा श्वास प्रश्वासको समस्या हल हुन्छ।

–    सयपत्रीको पात पिसेर काटेको घाउ वा अरू कुनै घाउमा लगाउँदा सन्चो हुन्छ।

–    सयपत्रीको पात तथा फूल पिसेर सुन्निएको ठाउँमा लेप लगाउन सकिन्छ।

–    पत्थरीको समस्या हुनेहरूले सयपत्रीको पातको काँडा बनाएर दिनमा २-३ पटक खानु लाभादायक हुन्छ।

–    पिसाबसम्बन्धी समस्या हुँदा सयपत्रीको पातको रस मिस्रीमा मिसाएर खाँदा फाइदा हुन्छ। यसबाट तुरतुरे अर्थात् बारम्बार पिसाब लाग्ने समस्या पनि ठीक हुन्छ।

–    पाइल्स -हर्सा, बबासिर)को समस्या हुनेहरूले सयपत्री फूलको रस ५-१० ग्राम दिनमा २-३ पटक खाँदा दिसामा रगत आउन बन्द हुन्छ।

घर सजावट

तिहारमा अझ विशेषतः लक्ष्मी पूजाको दिन सबै हिन्दूधर्मावलम्बीले आफ्नो घरलाई बत्ती एवं फूलले सजाउँछन्। लक्ष्मीपूजाको दिन आफ्नो घरलाई यसरी सजाउन सकिन्छ ः

–    लक्ष्मीपूजाको दिन घरलाई सफा राख्न कौसी देखि बाहिरी ढोकासम्म पानी हाली कुचोले बढार्नुपर्छ। झ्याल र ढोकाका सिसा पानी लगाएर पुछ्नुपर्छ।

–    घरमा काम नलाग्ने सामग्रीहरू फ्याँक्नुपर्छ भने कतिपय काम लाग्ने सामग्रीले पनि घरको सौन्दर्यमा ह्रास ल्याउने हुँदा त्यस्ता सामग्रीलाई व्यवस्थित गर्नुपर्छ।

–    सफा गरिएको घरमा बिजुली बत्ती, दियो वा मैन बत्तीले झिलीमिली पर्दा घरको आकर्षण अझ बढ्छ। सकिन्छ भने तिहारअघि घरको रंगरोगन गर्नु राम्रो हुन्छ।

–    दियो र मैनबत्ती बाल्दा होसियारी अपनाउनुपर्छ। झ्याल, ढोका वा काठले छुने स्थानमा दियो तथा मैनबत्ती बाल्नु हँुदैन। बिजुली बत्ती बाल्दा पनि होसियारी अपनाउनुपर्छ। असावधानीमा करेन्ट लागेर कुनै दुर्घटना हुने सम्भावना हुन्छ।

–    घरको मूल ढोका तथा बरन्डामा सयपत्रि फूलको माला सजाउँदा घरको सौन्दर्य वृद्धि हुन्छ।

–    घरको मूल ढोकामा प्राकृतिक बिरुवाहरू राख्दा राम्रो देखिन्छ भने घरको बाहिरी भागमा सुगन्धित धूप बाल्नु उपयुक्त हुन्छ।

–    घरमा प्रयोग गरिने बिजुली बत्तीको सजावटका लागि इलेक्टि्रसियनको परामर्श लिनु राम्रो हुन्छ।

मिठाई टिप्स

तिहार झिलीमिलीको पर्व मात्र नभएर गुलिया खानेकुरा खाने पर्व पनि हो। गुलिया खानेकुरा सबैलाई मनपर्छ तर गुलिया खानेकुरा धेरै खाँदा स्वास्थ्यलाई फाइदा भन्दा बेफाइदा नै बढी हुन्छ। त्यसैले तिहारमा मिठाई खाँदा होसियारी अपनाउनुपर्छ।

–     तिहारमा मिठाईको माग अत्यधिक हुने हुँदा बजारवाट खरिद गरेर ल्याइने मिठाईमा मिसावटको मात्रा बढी हुन सक्छ। त्यसैले सकभर चिनेजानेको पसलबाट मिठाई खरिद गर्नुपर्छ।

–    बजारमा पाइने मिठाईलाई आकर्षक बनाउन विभिन्न किसिमका रंग तथा केमिकलहरू प्रयोग गरिन्छ। अखाद्य रंगको प्रयोग भएका मिठाईको सेवनले शरीरलाई प्रतिकूल असर गर्छ। त्यसैले आफूले खाने मिठाई आकर्षकभन्दा पनि स्वास्थ्यवर्द्धक हुनुपर्छ।

–    बजारमा पाइने मिठाईमा वनस्पति घ्यू, धेरै पटक  पकाइएको तेल तथा बोसोको प्रयोग भएको हुन सक्छ। यस्ता मिठाई सेवन गर्नु हुँदैन।

–    तिहारमा प्रयोग हुने मिठाई सकभर आफ्नै घरमा निर्माण गर्नु स्वास्थ्यका दृष्टिले उपयुक्त हुन्छ।

–    मधुमेहका रोगीहरूले तिहारको अवसर मानेर मिठाईको सेवन बढाउनु हँुदैन। यसले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर गर्छ। यस्तो अवस्थामा मिठाईलाई प्रसादका रूपमा खानु राम्रो हुन्छ भने चिनी कम हालेर घरमै मिठाई तयार गरी सेवन गर्नु -स्वास्थ्यका लागि) राम्रो मानिन्छ।

–    मिठाईको सेवनले दाँतमा पनि समस्या देखा पर्छ। दाँतमा कीरा परेका व्यक्तिहरूले मिठाईको सेवन पछि मुख कुल्ला गर्नु वा ब्रस गर्नु राम्रो हुन्छ। बालबालिकाका लागि मिठाई सबैभन्दा प्रिय खानेकुरा हो। बालबालिकालाई मिठाईको सेवनपछि ब्रस गर्न लगाउनुपर्छ।

–    मिठाई सेवन गर्नुअघि पानी सेवन गर्नु फाइदाजनक हुन्छ। यसले गुलियो पदार्थलाई सजिलै घुलाउँछ भने मिठाईमा भएका चिल्लो पनि कम गर्न सहयोग गर्छ।

देउसी-भैलो

तिहारको एउटा महत्त्वपूर्ण पक्ष देउसी-भैलो पनि हो। विभिन्न व्यक्तिको घरमा गएर खेलिने हुनाले देउसी-भैलो खेल्नेहरूले विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ।

–     परम्परागत रूपमा चल्दै आएका कारण देउसी-भैलो खेल्नेहरूले यो परम्परालाई निरन्तरता दिने सोचाइ बनाउनुपर्छ।

–     देउसी-भैलो कुनै तडकभडकबिना संयमित एवं मर्यादित ढंगले खेल्नुपर्छ।

–    देउसी-भैलो खेल्नुको उद्देश्य पैसा कमाउने भन्दा पनि आशिक वचन दिने हुनाले मर्यादित शब्द एवं भाका प्रयोग गर्नुपर्छ।

–     देउसी-भैलो खेल्ने घरमा नसोधी पस्नु भन्दा मर्यादित ढंगले प्रवेश गनुपर्छ। आफू देउसी खेल्न आएको जानकारी गराएर देउसी-भैलो खेल्नु राम्रो हुन्छ।

–     देउसी-भैलो खेल्ने क्रममा घरभित्र प्रवेश गरेपछि उक्त घरका फूलहरू टिप्ने, दक्षिणा दिन ढिलाइ भए चिच्याउने, घरका सदस्यहरूलाई अमर्यादित वचन लगाउने जस्ता काम गर्नु हँुदैन।

–     देउसी-भैलो राति खेलिने हुनाले कतिपय घरमा वृद्धवृद्धा वा बालबालिका सुतेका वा बिमारी अवस्थामा हुन सक्छन्। यो कुरा ख्याल राखेर खेल्दा देउसी-भैलो मर्यादित हुन्छ।

Source : http://www.ekantipur.com/saptahik/article/?id=12460

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s