राजधानीमा फस्टाउदो कौसी खेती

 

काठमाडौं, कात्तिक १ गते । सानो जग्गामा घर बनाउने राजधानीवासीको अहिले कौसी खेतीतर्फ आकर्षण बढेको छ ।
कोसी खेतीतर्फ राजधानीवासी आकर्षित हुन थालेपछ िछतमै वाली, छतमै तरकारी भन्ने नाराले सार्थकता पनि पाउन थालेको छ ।
काठमाडौं महानगरपालिकाले यो वर्ष पाच सय घरमा कौेसी खेती गराउने लक्ष्य सहित यो कार्यक्रम अगाडि थियो । महानगरपालिकाका अनुसार हालसम्म एक सय ५० जनाले कौसी खेती सम्बन्धि तालिम लिइसकेका छन् ।
ललितपुरवासी पनि अहिले कोसी खेतीतर्फ आकर्षित भइरहेका छन् । ललितपुरमा कौसी खेती तालिम दिदै आएको नेप्को नेपालका अनुसार हालसम्म दुई सय जनाले यस सम्बन्धि तालिम लिइसकेका छन् ।
यो वर्षको दर्शैमा ललितपुरका सुरेन्द« आचार्यको छत फूलले नभएर तरकारीले लटरम्म सजिएको थियो । खाने मुखलाई जुगाले छेक्दैन भने उत्ति चार आना जग्गामा बनेको आचार्यको घरको छतमा फलेको तरकारीले स्पष्ट देखाउथ्यो ।
छतमा फलेको कारण आफू दशैमा तरकारी किन्नको लागि नै भनेर सधै बजार धाइरहनु नपरेको पनि आचार्यले सुनाउनुभयो ।
मुला, साग, धनिया, खुर्सानी, लौका जस्ता तरकारी किन्न उहॉलाई बजार धाइरहनु पर्दैन । त्यसैले अहिले ललितपुर ठैवमा रहेको आचार्यको घरको छतमा फलेको तरकारी र फलफूल देखेर त्यसको सीको गर्नेहरु पनि धेरै छन् ।
तरकारी मात्र हैन सानो जग्गामा बनेको घरको छतमा आचार्यले सुन्तला, अम्वा, आपजस्ता फलफूल पनि लगाउनुभएको छ ।
घरमा उत्पन्न भएका फोहोरलाई पनि आचार्यले मलको रुपमा त्यही छतमा प्रयोग गर्ने गरेको बताउदै भन्नुभयो, यस वर्षको दशै घरमा लगाएको तरकारीलेनै ट्रयो ।
आलुबाहेक अन्य तरकारी किन्न सधै बजार घाइरहनु नपरेको पनि आचार्यले सुनाउनुभयो ।
ललितपुरमा फोहोर ब्यवस्थापन गर्दै आउनुभएको नेप्को नेपालका अध्यक्ष आचार्यले आफूले भारतबाट सिकेर आएको यो सीप काठमाडौंमा घर भएका दुइ सय जनालाई दिइसकेको बताउनुभयो ।
अहिले ठैबका १५ वटा घरहरुमा यस्तो छतमा खेती गर्न थालिएको र काठमाडौंमा धेरैले यसबाट लाभ लिइरहेको आचार्यले जनाउनुभयो । काठमाडौं महानगरपालिकाका अनुसार यस वर्ष पाच सय घरमा कोसी खेती गराउने कार्यक्रम रहेको छ । अहिलेसम्म यो वर्ष १५० वटा घरका घर धनीले यस सम्बन्धी तालिम लिइसकेको पनि महानगरपालिका सम्बन्ध अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिका वातावरण ब्यवस्थापन महाशाखाका प्रमुख रविन्द«मान श्रेष्ठले यस कार्यक्रमले अर्गेनिक खेती, फोहोर ब्यवस्थापन र जलवायु परिवर्तन न्युनिकरण गर्न सहयोग पुग्ने बताउनुभयो ।
कोसी खेतीको लागि आफूहरुले हालसम्म १५० जनालाई तालिम दिइसकेको समेत जनाउदै श्रेष्ठले भन्नुभयो, अहिले रुफ टप गार्डेन निकै रुचाइएको छ ।

Source : http://www.gorkhapatraonline.com/

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s