अनलाइन किनमेल

अनलाइन किनमेल

 

काठमाडौ, आश्विन १७ –
नेपालीहरूको चाड दसैं घरमा भित्रनै लागेका बेला राजधानीको खुलामञ्चसमेत दसैं बजारले यतिखेर गुल्जार छ । त्यहाँ ग्राहक-बिक्रेताबीचको मोलमोलाइ देख्दा दसंै संघारमै आइसकेको महसुस हुन्छ ।

अर्का थरी ग्राहक भने सामान किन्न बजारसम्म धाउँदैनन् । उनीहरू कम्प्युटरको किबोर्डमा औंला खेलाउँदै अनलाइनमार्फत घरबाटै सामानको अर्डर गर्दैछन् । भैरहवाका आशिष गौतमले दसैंमा विराटनगर जाने बुद्ध एयरको टिकट पेमेन्ट गेटवे ई-सेवामार्फत किने । उनलाई ई-टिकेट इमेलमै आइपुग्यो । ई-सेवाको वालेटबाट रकम भुक्तानी गर्दा उनले बजारमा टिकट किन्दाभन्दा निकै छुट पनि  पाए । ‘बजारमा एक त टिकट पाउनै समस्या, अर्को पैसा पनि बढी पर्ने,’ उनले भने, ‘ई-सेवाबाट किन्दा छुटमा सजिलै टिकट पाइयो ।’  ई-सेवाले दसंैमा घर र्फकने सर्वसाधारणलाई लक्षित गरेर अनलाइन टिकट किन्दा ११ प्रतिशतसम्म छुट दिइरहेको छ । ‘ई-सेवाबाट दैनिक १ लाख रुपैयाँ बराबर एयरलाइन्स टिकट खरिद भइरहेको छ,’ पेमेन्ट गेटवे सञ्चालक कम्पनी एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत असगर अलीले भने । दसैंका बेला बाहिरबाट ई-सेवामा आउने पैसाको मात्रासमेत बढेको उनले बताए । ई-सेवा मोबाइल वालेट हो । यसमा मोबाइलमै पैसा जम्मा गरेर किनमेलको भुक्तानी गर्न सकिन्छ ।

दसैंले नयाँ लुगा लगाउने, मीठो खाने चाडका रूपमा आफ्नो पहिचान कायमै राखेको छ । दसैंलाई मध्यम र निम्न वर्गीय उपभोक्ताले नयाँ लगाउने, ऋण गरेरै मीठो जुटाएर खाने चाडका रूपमा अद्यापि मनाइरहेका छन् । दसैंमा हरेक अभिभावकले आफ्ना परिवारका सदस्यलाई एकसरो कपडा किनिदिने गर्छन् । दसैंको चिनारी राम्रो लगाउने, मीठो खाने र मनोरञ्जन गर्ने चाडका रूपमा कायमै छ ।

दसैं स्वदेशमा बस्नेहरूलाई किनमेलको अवसरका रूपमा छँदैछ, विदेशमा बसेकाहरूले स्वदेशमा रहेका आफन्तहरूलाई खर्च, उपहार, आवश्यक सामग्री पठाउने बेला पनि हो । अमेरिकामा बस्ने छोराले स्वदेशमा रहेका आमाबाबुलाई दसैंमा लत्ताकपडा, खसी, चामल, चिउराको जोहो कसरी

गरिदिनेे ? अनलाइन किनमेलको सुविधा नभएको भए मनी ट्रान्सफरबाट खर्च पठाइदिनुको विकल्प हुने थिएन । अब कसैले चिन्ता लिनै पर्दैन । विदेशमा बसेकाहरूले घरमा सामान पठाउन अनलाइनकै प्रयोग गर्न सक्छन् । इन्टरनेट सचेत पुस्ता बढ्दै गएकाले नेपालमै पनि किनमेलमा अनलाइनको प्रयोग बढ्दै गएको ई-सेवाका अली बताउँछन् । नेपालमा रहेका जुनसुकै अनलाइन सपिङ साइटहरूमा लग-इन गरेर आफन्तलाई गिफ्ट पठाउन सकिन्छ ।

दसैं सुरु हुनु महिना पहिल्यै अनलाइन किनमेल साइटहरूले आफ्नो पेजमा घरघरमा आवश्यक गर्ने सामग्री राखिसकेका छन् । एसकान्तिपुरमार्फत फेन्सी ड्रेसदेखि, चस्मा, टीभी, पि|mज, मोबाइल, वासिङ मेसिन, मदिरालगायत अनगिन्ती सामग्री अनलाइनबाट किन्न पाइन्छ । यस साइटमा सपिङ गर्दा हेलो पैसा मोबाइल एकाउन्टबाट भुुक्तानी गर्न सकिन्छ ।

मुन्चाले दसैं स्पेसल भनेर कपडा, जुत्ता, मोबाइल, इलेक्ट्रोनिक्स, मदिरादेखि आँगनका मिठाईसम्म अनलाइनमा राखेको छ । मुन्चाको आफ्नै पेमेन्ट गेटवे आइपे छ । यसले अनलाइन सपिङ ई-टिकेटिङको बिल तिर्न सघाउँछ । ठमेल डटकमको अनलाइनबाटै दसैंका लागि खसीसमेत किन्न सकिन्छ । उसले दसैंका लागि आवश्यक लत्ताकपडा, जुत्ता, मदिरा, पूजा सामग्रीलगायत अनलाइनमै राखेको छ । विदेशमा रहेका नेपालीले पेपलबाट रकम भुक्तानी गरेपछि आफूले अर्डर गरेको सामान डेलिभरी नभएसम्म अनलाइन ट्रयाकिङ गर्न सक्छन् ।

भाटभटेनी डिपार्टमेन्टल स्टोरले भाटभटेनीअनलाइन डटकमले पेपल, ई-सेवा, इन्भेस्टमेन्ट बैंक, कुमारी बैंकलगायतको अनलाइनमार्फत भुक्तानी लिएर सामान डोरस्टेपमै डेलिभरी दिन्छ । यीबाहेक अनलाइन किनमेलको सुविधा हरिलो डटकम, ईझोला डटकम, रोजेको डटकम, ईस्टोर डटकम, ईभण्डार डटकमलगायतका साइटसमेतले उपलब्ध गराउँदै आएका छन् ।

अनलाइन किनमेल गर्दा इन्टरनेट प्रयोगकर्ताहरूले दोहोरो फाइदा लिन सक्छन् । पहिलो त भीडभाडमा सामान किन्न पसल चहार्ने झन्झटबाट उनीहरू मुक्त हुन्छन् । दोस्रो सामान किन्दा उनीहरूले निश्चित रकम छुटसमेत पाउँछन् । अनलाइन सपिङ गर्न सम्बन्धित साइटमा गएर पहिले आफूलाई रजिस्टर्ड गर्नुपर्छ । रजिस्टर्ड र्फम भरेपछि सम्बन्धित साइटले इमेलबाट कन्र्फमेसन पठाउँछ । त्यसपछि साइटमा राखिएका सामान माउसले छान्दै बास्केटमा हाल्नुपर्छ । ती सामानको भुक्तानी बैंक वा पेमेन्ट गेटवे कुन माध्यमबाट गर्ने रोज्नुपर्छ । भुक्तानी सफल भएको जानकारी तपाईंलाई तत्काल उपलब्ध हुन्छ । त्यसपछि सम्बन्धित कम्पनीले तपाईंकै दैलोमा सामान ल्याइदिन्छ ।  

अनलाइन किनमेललाई बैंकहरूले प्रदान गर्ने अनलाइन सेवाले पनि सघाएको छ । अधिकांश बैंकहरूले अनलाइनको प्रयोग गरेर रकम अर्काको खाता ट्रान्सफर गर्ने, मोबाइल वालेटमा पैसा पठाउने, विभिन्न ई-कमर्श साइटहरूलाई भुक्तानी दिने, पेमेन्ट गेटवेमा जम्मा गर्ने सुविधा उपलब्ध गराउँदै आएका छन् । कतिपय बैंकले सञ्चालन गरेको मोबाइल बैंकिङ सुविधाले मोबाइललाई वालेटका रूपमा प्रयोग गर्दै त्यसैबाट किनमेलको भुक्तानी गर्न सकिन्छ । घरमै बसीबसी अनलाइन सपिङ गर्ने कि !

प्रकाशित मिति: २०७० आश्विन १८ १०:४८

 

गुगल प्लेमा नेपाली एप्स

लीलानाथ घिमिरे

काठमाडौ, आश्विन १० –
सर्च इन्जिनमा बजार कब्जा जमाएको गुगलको मोबाइल अपरेटिङ सिस्टम -ओएस) एन्ड्रोइड बजारमा आएको ६ वर्ष नबित्दै लोकपि्रय छ । कम्प्युटर चलाउनेहरूबीच माइक्रोेसफ्टले बजार पिटेजस्तै स्मार्टफोन अपरेटिङ सिस्टममा एन्ड्रोइडले सबै प्रकारका ओएसलाई पछि पारेको छ । पुराना सेट फेर्दै ग्राहक एन्ड्रोइड सेट किन्न थालेका छन् । गुगल इन्कले मोबाइल सेट उत्पादकलाई निःशुल्क उपलब्ध गराउने भएकाले एन्ड्रोइडको प्रयोग बढ्दो छ । जुनसुकै मोबाइल सेट उत्पादकले यसलाई आफ्नो अनुकूलको बनाएर प्रयोग गर्न पाउँछन् ।

यसलाई यति लोकपि्रय गराउने भूमिका एप्सको छ । एन्ड्रोइड एक प्रकारको प्लेटर्फम हो, जसमा मोबाइल प्रयोगकर्ताले आफूलाई चाहिएको एप्लिकेसन्स -एप्स) प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्छन् । डेभलपरहरूले आफूले डेभलप गरेको एप प्ले स्टोरमा राख्न सक्छन् । एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरमा सयौं नेपाली एप्स पाउँछन् । जसले हाम्रो दैनिकीमा सघाउँछन् । नेपालबाट टप प|mी एन्ड्रोइड एप्स सर्च गर्दा टप फाइभभित्रै नेपाली एप्प आउँछ । यस साता टप फाइभमा नेपाली एप क्यास अन एड परेको छ । यसको विकासकर्ता क्यास अन एडका अनुसार यस एप्पलाई दैनिक ३ हजार ५ सय जनासम्मले डाउनलोड गरिरहेका छन् । यस एप्पअघि नम्बर १ देखि ४ सम्म विश्वव्यापी लोकपि्रयता हासिल गरेका एप्स क्रमशः फेसबुक, भाइबर, ओपेरा मिनी बेब ब्राउजर र स्काइप परेका छन् ।

यसैगरी अन्य टप एप्समा नेपाली लोड सेडिङ, नेपाली पात्रो क्रमशः सातौं र आठौं स्थानमा छन् । अरू विदेशीसँगै टप एप्समा नेपाली लाइभ टिभी, अफलाइन नेपाली

इङ्लिस डिक्सनरी, हाम्रो पात्रो, ई-सेवा, नेपाली इङ्लिस डिक्सनरी, नेपाली डेट कन्भर्टर, गोल नेपाल, पाणिनी किप्याड नेपाली आईएमई, नेपाली लोकगीत, नेपाली पात्रोलगायतका एप्स क्रमशः छन् ।  विभिन्न बैंकको मोबाइल बैंकिङलगायत ५० भन्दा बढी एप्स विकास गरेको एफवन सफ्टका अध्यक्ष विश्वास ढकालका अनुसार नेपालमा एन्ड्रोड मोबाइल प्रयोगकर्ताको संख्या ८ लाख ८० हजार रहेको अनुसन्धानले देखाएको छ ।

हाम्रो पात्रो र अफलाइन डिक्सनरीका डेभलपर शंकर उप्रेतीका अनुसार एप्पल स्टोरमा एउटा एप्प राख्न वर्षको १ सय डलर तिर्नुपर्छ । त्यस्तै नोकियाको विन्डोज स्टोरमा धेरै एप्स नभएकाले त्यति लोकपि्रयता हासिल गर्न सकेको छैन ।

एन्ड्रोइड लिनक्समा आधारित अपरेटिङ सिस्टम भएकाले सबैले एप्स डाउनलोड गरेर सजिलै राख्न सक्छन् । ‘डेभलपर एकपटक २५ डलर तिरेर रजिस्टर्ड भएपछि जति एप्स पनि स्टोरमा राख्न सक्छ,’ आइटीका लागि चर्चित सहर सिलिकन भ्यालीमा कार्यरत उप्रेतीले भने, ‘त्यसैले प्ले स्टोरमा एन्ड्रोइड एप्स धेरै छन् ।’ एन्ड्रोइडलाई लोकपि्रयताको शिखरमा पुर्‍याउन सामसुङले सघाएको छ । नेपालमा स्मार्टफोनको मार्केट लिडर सामसुङ नै छ । अरू बान्डेड सेटहरू एलजी, मोटोरोला, एचटीसी, सोनीलगायतका मोबाइल सेटले पनि यही ओएस प्रयोग गरेका छन् । एन्ड्रोइडको लोकपि्रयता बढाउन सस्ता सेटको भूमिका त्यतिकै छ । कलर्स, जी फाइभ, कार्बन, स्पाइस, माइक्रोम्याक्स, ओलिभ, लाभालगायतका चिनियाँ ब्रान्डेड एन्ड्रोइड सेटले एन्ड्रोइडलाई उकासेको पाइन्छ ।

नेपाली एप्पबीच टपमा हाम्रो पात्रो, नेपाली न्युज, नेपाली फन्नी जोक, नेपाली भिडियो, रेडियो नेपाली सङ, नेपाली उखान टुक्का, नेपाली रेडियो, लिपिकार नेपाली, नेपाली सङ्स, नेपाली एफएम रेडियो, नेपाली रेसिपी, नेपाली नेसनल एन्थम, नेपाली लोडसेडिङ, थ्रीडी फ्ल्याग, नेपाली अडियो बुक, युआर नेपाली इफ, लोडसेडिङ, नेपाली पप सङ, नेपाली लोकगीतलगायतका एप्स टप लिस्टमा छन् । यी अधिकांश एप्स स्टोरमा प|mी उपलब्ध छन् ।

गुगल प्लेमा केही पेड -सशुल्क) नेपाली एप्स पनि छन् । थ्रीडी नेपाली फ्ल्याग -१.३३ डलर), लिपिकार नेपाली किबोर्ड -१.५९ डलर), डिस्कोभर नेपाल -०.९९ डलर), आइनेप्लिज -२.९९ डलर) लगायत छन् । नेपालमा इन्टरनेसनल पेमेन्ट गेटवेको सुविधा नभएकाले नेपालीले पैसा तिरेर एप्स प्रयोग कमै गर्ने गरेको डेभलपर उप्रेती बताउँछन् ।

प्ले स्टोरमा युटिलिटिज,  इन्टरटेनमेन्ट, सोसियल डेभलपमेन्ट, बिजनेस एन्ड फाइनान्सियल सर्भिसलगायतका एप्स छन् । नेपालीको दैनिकीमा एकाकार भइसकेको लोडसेडिङबारे जानकार दिने एप्सदेखि हँसाएर मनोरञ्जन गराउने जोक, उखान टुक्का, गीत संगीतलगायत खोजेजस्ता सबै एप्स स्टोरमा उपलब्ध छन् । एप्स स्टोरमा कति नेपाली एप्स छन् भन्ने यकिन तथ्यांक छैन । खोज्दा भेटिएका एप्सका आधारमा हजारौंको संख्यामा नेपाली एप्स रहेको अनुमान लगाउन सकिन्छ । 
प्रकाशित मिति: २०७० आश्विन ११ १०:२२

नेपाल खोज्दै नेपालमा !

धीरेन्द्र प्रेमषिर्

काठमाडौ, आश्विन १८ –
नेपालमा राज्यले कुना-काप्चाका जनतालाई कानुन दियो, ऐन दियो तर खास वर्गबाहेक अरूलाई माया पटक्कै दिएन । प्रायः यस्तै विभेदपूर्ण तथा पक्षपाती र विरोधाभाषी परिस्थितिका बीच नेपालमा राष्ट्रियता वा नेपालीपन जन्माइएको छ । प्रेमपूर्ण वा द्विपक्षीय मञ्जुरीको सहवासबेगर जन्मेकोले नै होला- नेपाली राष्ट्रियता सुकेनासले ग्रस्त छ । राज्यको रजमा विविधताको वीर्य समाहित गरेर देशले राष्ट्रियता जन्माएको भए आज नेपालीपन हाम्रा लागि अन्वेषण वा प्रतिष्ठापनको विषय नभई मात्र गुण र गौरवको विषय हुन्थ्यो ।

देशका विविध जाति, क्षेत्र, समुदायमा यस्ता अनेकौं सकारात्मकताहरू छन् वा हुन सक्दछन्, जसलाई आत्मसात् गरेर नेपालीपन फराकिलो र फरासिलो हुन सक्दछ । यस क्रममा मिथिलाको मात्र कुरा गर्ने हो भने पनि हामीले त्यहाँ अनेकौं वैज्ञानिक एवं लोककल्याणकारी सांस्कृतिक परिपाटीहरू पाउन सक्छौं । त्यस्तो संस्कृति अंगीकार गरेर राज्यले मिथिलावासीलाई देशको ऐनामा उनीहरूको सुकिलो अनुहार देखाउनुका साथै देशलाई पनि सबलता र सफलतातर्फ डोर्‍याउन सक्छ । सागै-सिस्नु खाएर बाँच्नुपरे पनि मातृभूमिप्रति अगाध श्रद्धा-सम्मान गर्नु मैथिल समुदायको पारम्परिक विशिष्टता हो । मैथिलहरूले आपmनो परम्परागत जातीय चरित्र तथा विशिष्टतालाई प्रस्ट्याउने अनेकौं लोकगीतहरू आपmनो जीवनमा समाहित गरेर कण्ठबाट प्रवाहित गरिरहेको हामी यत्र-तत्र पाउन सक्छौं । यसरूपमा नजानिँदो पाराले मैथिल राष्ट्रियताको दियो मिथिलावासीहरूले शासन-सत्ताद्वारा चलाइएको विनाशकारी हुन्डरीका बीच पनि जोगाइराखेका छन् र अद्यापि गाइरहेको छन्-  

सागपात खोंटी-खोंटी दिवस गमेबै हे हम मिथिलेमे रहबै

हमरा ने चाही दोसर ठाम हे हम मिथिलेमे रहबै

मातृभूमिप्रति यस्तो अगाध श्रद्धा राख्ने मिथिलाका मानिसले मिथिलाको भूभागलाई वर्तमान नेपालले आफूमा मिसाएको साढे दुई शताब्दी बितिसक्दा पनि भित्रैबाट सिङ्गो नेपालप्रति यस उचाइको श्रद्धा किन व्यक्त गर्न नसकेका होलान् ? यस कुराको भावनात्मक पक्षमा गएर हामीले कहिल्यै मनन गरेनौं । छातीमा कुँदिएको आत्मपहिचानको गौरवलाई शासनको सनासोले समातेर उखेल्न सकिन्न, त्यस पहिचानलाई नै सादर सम्मान दिएर त्यसैभित्र आपmनो पनि स्थान बनाउन सकिन्छ । आज हामीले आपmनै संस्कृतिको ऐनामा राष्ट्रिय चमकका साथ जनतालाई आपmनो अनुहार नियाल्ने अवसर जुराइदिएको भए खाडीको मरुभूमिमा हरियाली छर्न जुटेका नेपाली हातहरू आपmनै देश मरुभूमिकरण भइरहेको टुलुटुलु हेरेर पक्कै बस्दैनथे ।

हामीकहाँ जहिले पनि सत्ता र शक्तिको प्रयोगबाट राष्ट्रियता, नेपालीपन निर्माण गर्ने प्रयत्न गरियो । यसले गर्दा देखावटी नेपालीपनको महल ठड्याउन त हामी फल भयौं, तर यथार्थमा त्यो घरीघरी तासको महल साबित हुने गरेको हामी स्वयंले नै महसुस गरिसकेका छौं । त्यसले इतर समुदायको हृदयमा भित्रैबाट उर्लिने देश प्रेमको भाव जगाउन सकेन, राष्ट्रगान भन्नासाथ सबै जनतामा आपmनो ठाउँबाट जुरुक्क उठ्न मन लाग्ने तरङ्ग उमार्न सकेन । मैथिली भाषामा आपmनो राष्ट्रियता र माटोबारे माथि उल्लेख गरिएजस्तो भावविभोर पार्ने गीतहरू सँगालेको मिथिलाले नेपालीमा वा नेपाललाई सम्बोधन गरेर किन एउटै पनि गीत दिन नसकेको होला ? यसका बारेमा राष्ट्रको पुनर्संरचना गर्ने कसरत निरन्तर चलिरहेको वर्तमान अवस्थामा देशभन्दा फराकिलो छाती पारेर सोच्नु आवश्यक छ । तर दुर्भाग्य के छ भने मिथिला-मधेसको टुटुल्को छाम्दै त्यसको खिसी गर्ने काममा देशको पत्रकारितादेखि कलाकारिता जगत्समेत उद्यत रहे पनि मिथिलाका सकारात्मकताहरूलाई पहिल्याएर त्यसलाई निरन्तरता दिने मैथिलहरूको पिठ्युँमा धाप मार्ने काम कहिल्यै कसैले गरेनन् ।

‘यही हो मेरो मिथिला, धरती शस्य-श्यामला’ भन्दै राष्ट्रकवि माधव घिमिरेबाहेक अरूस्रष्टा-सर्जकहरूले स्वतःस्फूर्त रूपमा पहाडीपन मात्र नेपाल हो भन्ने भावनाबाट बाहिर गएर एक सिन्कोसम्म भाँचेको खासै देखिएको छैन । मधेसीहरू पहिचानका लागि ज्यान गुमाइरहेका हुन्छन्, नेपालीत्वका ठेकेदारहरू अरूको इसारामा नाचेको लख काट्छन् । जनआन्दोलन भाग २ मा कवि-कलाकारहरू जनअधिकार बहालीका निम्ति ज्यान फालेर लागेका थिए, तर सोही आन्दोलनको मर्म बोकेर बढेको मधेस आन्दोलनमा तिनै कवि-कलाकार पनि प्रतिगामी कित्तामा उभिएजस्ता देखिए । नेपालीपनको अपेक्षा सधैं, सबैबाट गरियो तर हातमा संयन्त्र हुनेहरूको व्यवहार नेपालीपनलाई परिपोषित गर्ने खालको देखिएन । यो कुरा झिना-मसिनादेखि ठूल्ठूला विषयसम्ममा पाउने गरिन्छ । जहाँ पसिना मात्र होइन, रगतमा समेत बेइमानी होस्, त्यहाँ सबल राष्ट्रियता वा नेपालीपनको कल्पना पनि कसरी गर्न सकिन्छ ! प्रायः ब्रह्मले देखेको भनिहाल्ने बानी भएका विचारक तथा राजनीतिज्ञ प्रदीप गिरिले मधेस आन्दोलनको समयमा कुनै शायरका पङ्क्तिहरू यसरी सुनाउने गरेका थिए—

तुम्हारा प्यार प्यार है, हमारा प्यार कहानी है !

तुम्हारा खून खून, हमारा खून क्या पानी है ?

यी सबै विगतका कुरा हुन्, अब नयाँ सोच आउँदै छ भनेर सन्तोष मान्ने अवस्था पनि छैन । देशमा लोकतन्त्र र गणतन्त्रको अभ्यास हुन लागेको पौने दशक बितिसकेको परिप्रेक्ष्यमा अब कम्तीमा नेपाली-नेपालीबीच अपरिचय र असम्मानको वातावरण रहेन होला भन्ने बुझाइ परिपक्व हुँदै गएको थियो । तर हिमाल-पहाड-तराई, कोही छैन पराईजस्ता आदर्श वाक्य त फगत नारा मात्र रहेको कुरा अहिले पनि विभिन्न सन्दर्भमा प्रमाणित हुँदै आएको छ । यसको एउटा दरो उदाहरणका रूपमा हामी साफ फुटबल प्रतियोगितामा नेपाल र भारतबीच भएको प्रतिस्पर्धाका क्रममा दर्शकदीर्घामा सुनिएका र त्यसपछि फेसबुकमा गरिएका टिप्पणीहरूलाई लिन सक्छौं । आपmना खेलाडीलाई हौस्याउन भनेर भारतलाई लक्षित गरी जुन किसिमको नश्लभेदी नारा लगाइएको थियो, त्यसले आपmनै देशका झन्डै आधा जनसङ्ख्यालाई देशको जितमा उल्लासित हुने मौकासमेत दिएन । मधेसीहरू नेपालको जितमा खुसी हुनुपर्ने तर जसरी ‘धोती हार्‍यो’ जस्ता टिप्पणी सुन्नुपर्‍यो, त्यसले गर्दा उनीहरूलाई आपmनै खेलाडीले आपmनै पोस्टमा गोल छिराएभन्दा ठूलो पीडा बेहोर्नुपर्‍यो । तर दुर्भाग्य के भयो भने ती उरन्ठेउला हुटिङबाजहरूको अराजक उत्साहलाई महिमामण्डन गरेर मिडिया, विश्लेषकहरूले पनि बाँदरलाई लिस्नु लाइदिने काम गरे । कसैले पनि यस्ता क्रियाकलापबाट आपmनै देशको ठूलो आवादीको भावना आहत भएकोतर्फ बोल्ने, कलम चलाउने आवश्यकता देखेनन् । के यसरी नै निर्माण हुन्छ बहुसांस्कृतिक नेपालको राष्ट्रियता ?

‘नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे’ गीतले जसरी हामीलाई नेपाली बनिरहन प्रेरित गर्छ त्यसैगरी हाम्रा शिक्षा, सञ्चार र व्यवहारले पनि सबै पक्षलाई आफू जे छौं त्यही रहौं, त्यसलाई समेटेर हामी नेपालीपन बनाउने छौं भन्ने भावनाको प्रवाह गर्न सक्नुपर्छ । र नागरिकले पनि अर्कासँग प्रमाणित गराउने मोह छोड्नुपर्छ । हामी आफैं जे हौं, त्यसलाई चिन्न र त्यसमाथि गर्व गर्न सकौं । त्यही हो नेपालीपन । तर यस्तो हुन नसक्नुमा अहिले पनि राज्यकै संकुचित एवं असहिष्णु चरित्रले नेपालीपनलाई खस साँगुरोपनमा सीमित पार्ने काम गरेको छ । बेलाबेला तराई-मधेस-मिथिलालगायत पहिचान र सम्मान खोजिरहेका सम्पूर्ण समुदायमा देखिन खोजेको सांस्कृतिक वा राजनीतिक अराजकता भनेको आपmनो स्वत्व गुमाउनुपर्दाको स्वाभाविक आक्रोश हो भन्ने बुझ्नुपर्छ । अहिले पनि मिथिलालगायत देशका यावत् वञ्चित र तिरस्कृत समुदायले राष्ट्रियता वा नेपालीपनको सन्दर्भमा यही गीतजस्तो गुनासो र आग्रह मात्र गरिरहेका छन् ।
प्रकाशित मिति: २०७० आश्विन १९ १०:१०

नेपाली फिल्मको आधा शताब्दी

कोसेली टिम

काठमाडौ, आश्विन १८ –
नेपाली फिल्मले आधा शताब्दीको इतिहास बनाएको छ । नेपालमा बनेको पहिलो फिचर फिल्म ‘आमा’को निर्माण सुरु भएको वर्ष २०२० लाई मानेर गन्दा यो वर्ष नेपालमा फिल्म बनेको पचास वर्ष पुगेको छ । तर, तथ्यहरूमा प्रायः विवाद पनि सँगै जोडिएर आउँछन् । यो पचास वर्षे उत्सवमा पनि अर्को एउटा ‘एंगल’ थपिएको छ, जसले नेपाली फिल्मले केहीअघि नै पचास वर्ष पूरा गरेको दाबी गर्छ ।

‘आमा’ बन्नुअघि नै राज महेन्द्रको जन्मोत्सवसम्बन्धी एउटा डकुमेन्ट्री २०१८ सालमै बनिसकेको थियो । यसलाई ‘आमा’ कै निर्देशक हिरासिंह खत्रीले बनाएका थिए । यसबाट गणना गर्दा यो वर्ष नेपाली फिल्म ५२ वर्षको भएको छ । संसारमा फिल्मको इतिहास फिचर फिल्मबाट नभई, एउटा फुटेजबाट गरिने भएकाले नेपालमा पनि डकुमेन्ट्रीबाटै गणना गर्नुपर्छ भन्ने मत छ । जे भए पनि, नेपालले फिचर फिल्म र डकुमेन्ट्री दुवैमा आधा शताब्दी कटाएकोमा भने कुनै विवाद छैन ।

यो आधा शताब्दीको अवसर पारेर यसपालि हामीले नेपाली समाजका केही गन्यमान्य व्यक्ति र युवाहरूलाई नेपाली फिल्मसम्बन्धी पाँच प्रश्न गर्‍यो । यी प्रश्नको उत्तरको आधारमा हामीले एउटा सानो विशेषज्ञ सर्वेक्षण गरेका छौं, जसको नतिजा यो अंकमा प्रस्तुत गरिएको छ । यो सर्वेक्षणका लागि पचासजना व्यक्तिलाई निणर्ायक वा उत्तरदाताका रूपमा छनोट गरिएको छ । यसमा फिल्म, साहित्य, पत्रकारिता, चित्रकारिता, खेलकुद, व्यापार, व्यवसाय, पेसाकर्म, राजनीतिकर्म र फोटोग्राफीका व्यक्तिहरूलाई समावेश गरिएको छ । कुनै न कुनै रूपमा कला र समाजका विभिन्न आयमसँग जोडिएका यी व्यक्तित्वका जवाफलाई आधार मानेर केही तथ्यांक हामीले निकालेका छौं ।

पसास वर्षमा बनेका सबभन्दा राम्रा पचास फिल्मको सूची बनाउनु यो सर्वेक्षणको मुख्य लक्ष्य थियो । गैरफिल्मी क्षेत्रका व्यक्तित्वलाई पनि उत्तरदातामा समावेश गरिएकाले प्रत्येकसँग पचास फिल्मको सूची माग्नु व्यावहारिक देखिएन । यसैले हामीले सहभागीहरूसँग दस फिल्मको सूची माग्यौं । यसरी प्रत्येकले फरक-फरक फिल्मको नाम दिएको खण्डमा जम्मा ५ सय फिल्मले मत पाउँथे । तर, सहभागीहरूको रुचि मिलेको र कतिपयले दसैजनाको नाम नदिएकाले जम्मा ९३ फिल्मले मत पाए । सबभन्दा पछिल्लोपटक हेरेको फिल्मको छाप बढी बस्ने भएकाले हो वा अन्य कारणले पछिल्लो समयको चर्चित फिल्म ‘लुट’ले सबभन्दा बढी मत पायो । केही आपmनो समयका चर्चित र सफल फिल्मले एक मत पनि पाएका छैनन् । यसका बारे विस्तृतमा भित्रका पेजमा चर्चा गरिएको छ । यस्तै हामीले सहभागीहरूलाई मन पर्ने पाँच निर्देशक, अभिनेता र अभिनेत्रीका बारे पनि प्रश्न गरेका थियौं । निर्देशकमा तुलसी घिमिरे, प्रकाश थापा, शिव रेग्मी, निश्चल बस्नेत, नवीन सुब्बा र नीर शाहलाई धेरैले मन पराए । यो विधामा दुई सहभागीले कसैलाई पनि मत दिएनन् । अभिनेतामा राजेश हमाल, सरोज खनाल, भुवन केसी, सौगात मल्ल र शिव श्रेष्ठ धेरैको रोजाइमा परे भने अभिनेत्रीमा करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा, निरुता सिंह र रेखा थापाले धेरैको मन जितेको पाइयो । अभिनेता र अभिनेत्रीमा एक-एक सहभागीले कसैलाई पनि मत दिएनन् ।

सर्वेक्षणको अन्तिम तथा महत्त्वपूर्ण प्रश्न थियो- नेपाली फिल्मको स्तर बढिरहेको छ कि घटिरहेको छ ? अधिकांश सहभागीले फिल्मको स्तर बढिरहेको छ भन्ने मानेको पाइयो । तर, त्यसमा प्राविधिक रूपमा मात्रै बढेको छ भन्ने पनि पाइए । समग्रमै स्तर बढिरहेको छ भन्ने १८, प्राविधिक रूपमा मात्र बढेको छ भन्ने १४, विषयवस्तु र कलात्मक रूपमा कमजोर भइरहेको छ भन्ने १२ जना तथा स्तर घटिरहेको छ, नेपाली फिल्म खत्तम भइरहेको छ भन्ने ६ जना भेटिए ।

प्रकाशित मिति: २०७० आश्विन १९ १०:०३

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s