टीकाको उत्तम साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार २६ गते शनिबार महाअष्टमी र कालरात्रि पूजा तथा २७ गते आइतबार महानवमीको पूजाको साइत छ। आश्विन २८ गते सोमबार विजयादशमीका दिन बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन गर्ने साइत छ भने बिहान ९ बजेर ५७ मिनेट जाँदा टीकाको उत्तम साइत जुरेको छ। विजयादशमीको दिन बिहान देवी अपराजिताको पूजा गरी नवदुर्गा विसर्जन गरेर गुरु, पिता, माता तथा मान्यजनहरूबाट टीका ग्रहण गर्नु उत्तम हुन्छ। यद्यपि यसपटक उक्त दिन टीका लगाउन साइत नै पर्खनु नपर्ने पनि समितिले जनाएको छ।

नवदुर्गा भवानीको पूजा विसर्जन गर्दा पढ्नुपर्ने मन्त्र

ॐ जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।

जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते।।

नवरात्रिभरि स्थापना गरिएको कलशको जलले अभिषेक गरी पढ्नु पर्ने वैदिक मन्त्र-

ॐ श्रीर्वर्चस्वमायुष्मारोग्यमा भिधात्पवमानं महियते ।

धनं धान्यं पशंु बहुपुत्र लाभं सतम् संवत्सरं दीर्घमायुः ।।

ॐ मन्त्रार्थाः सफला सन्तु पूर्णा सन्तु मनोरथाः ।

शत्रुणां बुद्धि नाशोऽस्तु मित्राणामुदयस्तव ।।

अव्याधिना शरीरेण मनासाच निराधिना ।

पूरयन्नर्थिनामाशस्त्वं जीव शरदां शतम् ।।

मान्यजनले टीका लगाई दिँदा पढ्नुपर्ने मन्त्र

आयुर्दरोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।

ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्ती सुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसिदतु ।

 तुष्यन्तु मां सदा देवाः संपद सन्तु सुस्थिराः।।

दसैंको वैकल्पिक सदुपयोग

 

दसैंको परम्परागत प्रक्रिया सबैलाई थाहा छ। टिका टाँस्ने, दक्षिणा दिने, माइत जाने, दही-च्युरा खाने, नयाँ लुगा लाउने, मामाघर धाउने, पिङ् खेल्ने, खसी काट्ने, शुभ कामना साट्ने आदि-इत्यादि। यी पुराना गतिविधिसँगै केही नौलो तरिकाले पनि दसैंको सदुपयोग गर्न सकिन्छ। आउनोस्, यसको गजुरियल बिश्लेषण गरौं।

सत्यानाशी साहित्यको अध्ययनमा सहभागी हुनोस् ः सत्यानाशी साहित्यका पाठकहरू संसारभर छन्। चलनचल्तीको भाषामा ‘तास’ भन्निए पनि सत्यानाशी साहित्यको व्यापक अर्थ छ। तास खेलिरहँदा पनि म तास खेलिरहेको हैन, ५२ पत्ती सत्यानाशी पुस्तक पढिरहेको छु भन्ने भावसहित खेल्नोस्, गहिरो आनन्दानुभूति हुनेछ। यो पुस्तकको अध्ययनले क्षणभरका लागि भए पनि तपाईंको मानसिक तनाव हट्नेछ। आर्थिक अभाव घट्नेछ। पारिवारिक कचकचबाट मुक्ति मिल्नेछ, तर यो साहित्यको नसा लाग्यो भने यौन साहित्य पनि फिका पर्न सक्छ। यो साहित्यको अध्ययनले मानिसको खल्ती खलाँस्, प्रतिष्ठा समाप्त तथा नैतिकता चेट हुने भएकाले रमाइलोका लागि मात्र पढ्नु उपयुक्त हुन्छ।

चियोचर्चो कलाका सेलिब्रेटी बन्नोस् ः जसरी सत्यानाशी साहित्यले पुरुषहरूलाई प्रभाव पार्न सक्छ, त्यसैगरी चियोचर्चो गर्ने कलामा महिला दिदी-बहिनीहरू चाँडै पोख्त हुन्छन्। चोकमा, चौतारोमा, कौसीमा, बैठकमा, भान्सामा, टिभी हेर्दै, खाना पकाउँदै जस्तो बेलामा पनि यो कलाको विकास गर्न सकिन्छ। कसको श्रीमान्ले कस्तो जुत्ता लगाएको छ? कसकी श्रीमतीले कत्रो तिलहरी लगाएकी छे ? कसले कति कोसेली ल्यायो ? दक्षिणा धेरै दिनेमा को पर्‍यो ? मासुका चोक्टा साना थिए कि ठूला ? केराको कोसाको साइज कत्रो थियो जस्ता विशिष्ट विषयमा कुरा गरेर दसैंको बिदालाई सदुपयोग गर्न सकिन्छ।

बिर्सने बानी बिकास गर्नोस् ः आफू भलो त जगत् भलो, आफू गोरु त जगत हलो भन्ने गजुरियल धारणालाई पछ्याउनु राम्रो हुन्छ। हामी गोरु भयौं भने जगत्ले हामीलाई जोत्ने भएकाले भलो हुने प्रयास गरौं। सके साँच्चिकै भलो बनौं, नसके भलो भएको ढोंग गरौं। ढोंगी हिसाबले भलो बन्ने गजुरियल सिद्धान्तलाई कहिल्यै नबिर्सौं। लंगुरबुर्जा खेल्दै बसौं, तर युवाहरू पथभ्रष्ट भएकोमा चिन्तित रहेको कुरा गर्न नछोडौं। म्यारिजको मज्जा लिऊँ, तर विसंगतिले समाज स्वाहा पारेको विचार राख्न जारी राखौं। मदिरापान गर्दै बसौं तर देशको कानुनलाई पनि गाली गरिरहौं। पशुबलिलाई पनि नछाडौं तर महात्मा गान्धीको बढाइ-चढाइ गरिरहुँ। निधारमा चामल टाँस्दै आर्थिक मन्दीप्रति आक्रोशित हौं। त्यसो गर्नाले अरूका नजरमा निकै सचेत नागरिक भएको भ्रम पनि बढ्ने भयो, आफ्नो कमजोरी पनि नदेखिने भयो। दसैंको शुभ कामना।

सफल भविष्य वक्ता बन्नोस्ः संसारमा भविश्यवाणी गर्नेहरूको पेसा राम्रोसँग चलेको छ। नेपालमा पनि सुगालाई खाम टिपाएर भाग्य र भविष्य बताउने दोकान राम्रोसँग चलेको छ। तपाईं पनि यस पटकको दसैंलाई आफू भविष्यवक्ता बन्ने अवसरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ। किनभने दसैंमा तपाईंले धेरै थरीका मानिससँग साक्षात्कार गर्नुहुनेछ। यो वर्षको दसैंमा तपाईंले दसैंभन्दा बढी चुनावसम्बन्धी प्रश्न सुन्नुपर्नेछ- ‘साँच्ची, मंसिर ४ गते चुनाव हुन्छ त ?’ मानिसअनुसारको जवाफ दिनोस्। सर्वसाधारणलाई ‘हुँदैहुदैन’ भनेर निश्चित पार्नोस्। ‘बौद्धिक’ भनिनेहरूलाई ‘होला जस्तो छ’ भनेर आशावादी बनाउनुहोस्। पार्टी कार्यकर्ताहरूलाई ‘हुनैपर्छ’ भनिदिनोस्। कोही नेता आफन्त परे भने उल्टै प्रतिप्रश्न गर्नोस्- ‘होला कि नहोला ?’ उनको जवाफलाई आफ्नो बनाउनुहोस्। त्यही आधारमा सचेत जनताका बीच राजनैतिक विश्लेषकको रूपमा चिनिनोस्, सर्वसाधारणमा भविष्यवाणीकर्ताका रूपमा स्थापित हुनोस्। यो कलालाई पेसा पनि बनाउन सकिन्छ ।

गाली कलाको विकास गर्नोस्ः जो खानपिनको सौखिन हुनुहुन्न उहाँहरूले यो दसैंलाई आफ्नो गाली कलाको विकास गर्ने अवसरका रूपमा सदुपयोग गर्नोस्। जो पाहुना आए पनि राजनैतिक कुरा झिकिहाल्नोस्। जसकोमा गए पनि नेताको कथा निकालिहाल्नोस्। प्रचण्डको जुँगामा अल्भिmनोस्। माधव नेपालको उचाइलाई उडाउनोस्। सुशीलको शब्द, देउवाको आवाजमाथि टिप्पणी गर्नोस्। अरूको खिल्ली उडाउनोस्। घरको सिन्को नभाँच्नोस्। परिवारलाई पूरै बिर्सिदिनोस्। सामाजिक दायित्वप्रति मतलब नगर्नोस्। केवल नेतालाई गाली गरेर दसैं बिताउनोस्। तपाईंको दमित भावनाबाहिर निस्किएर आनन्दको अनुभूति हुनेछ। दसैंको हार्दिक शुभकामना।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s