घर देखियोस् नयाँ

लिभिङ रुम ः यो कोठा घरको त्यो स्थान हो जहाँ घरमा आएका हरेक पाहुना सबैभन्दा पहिले पुग्छन्। त्यसैले यहाँको सजावट सबैभन्दा विशेष हुनुपर्छ।

–    सबैभन्दा पहिले लिभिङ रुममा राखिएका अनावश्यक सामग्री बाहिर निकाल्नुपर्छ। रुम जति खाली हुन्छ त्यति नै ठूलो देखिन्छ। तुरुन्तै परिवर्तन चाहने हो भने लिभिङ रुमको लाइट बदल्नुपर्छ। लिभिङ रुममा हेलोजिन, डिम वा आफ्नो रोजाइको कुनै ड्रामेटिक लाइट राख्न सकिन्छ।

–    यसैगरी लिभिङ रुमको एउटा भित्तामा आफ्नो रोजाइको वालपेपर प्रयोग गरी त्यसलाई नयाँ लुक दिन सकिन्छ। एउटा भित्तामा फरक-फरक प्रकारको आर्टवर्क वा तस्बिर सजाएर पनि लिभिङ रुमलाई नयाँ लुक प्रदान गर्न सकिन्छ।

–    यदि नयाँ फर्निचर खरिद गर्ने चाहना छ भने पुरानाको मेकओभर गरी लिभिङ रुमको सुन्दरता बढाउन सकिन्छ। यसका लागि पुरानो सोफामा नयाँ कभर लगाउनुपर्छ भने नयाँ कुसन कभर खरिद गरी सोफालाई नयाँ रूपमा सजाउनुपर्छ।

–    झ्यालमा नयाँ पर्दा लगाएर लिभिङ रुमको सुन्दरतामा निखार ल्याउन सकिन्छ। यसैगरी पुरानो फ्लोरिङ परिवर्तन गर्नुको साटो त्यसमा नयाँ कार्पेट ओछ्याउनुपर्छ। यसबाट लिभिङ रुमको लुक परिवर्तन हुन्छ।

–    पुस्तकप्रति रुचि छ भने ग्लासका बुक सेल्फ लिभिङ रुमको शोभा बढाउन उपयुक्त हुन्छन्। नयाँ-नयाँ प्लान्ट्स राखेर पनि लिभिङ रुमको रौनक बढाउन सकिन्छ।

बेडरुम ः यो घरको त्यस्तो ठाउँ हो जहाँ दिनभरिको थकानपछि साँझ आनन्दपूर्वक आराम गर्न सकिन्छ। बेडरुमको मेकओभरले मुड बदल्न सहयोग गर्छ।

–    सबैभन्दा पहिले बेडसिट, पिलो कभर र पर्दा बदल्नुपर्छ। त्यसपछि केही क्षणमै बेडरुमको लुक बदल्न सकिन्छ।

–    आवश्यकतानुसार बेडरुमलाई पनि कुनै थिममा सजाउन सकिन्छ। बेडरुमका लागि फ्लोरल प्रिन्ट छनोट गर्नुपर्छ। बेडरुमलाई ताजा फूलले सजाउनुपर्छ। यसैगरी अरू कुनै थिम पनि छनोट गर्न सकिन्छ।

–    बेडरुमलाई रोमान्टिक लुक दिन कोठामा क्यान्डल, ल्याम्प वा अलग-अलग प्रकारका सफ्ट लाइट्स राख्नुपर्छ।

–    बेडरुमको एउटा भित्तामा आफ्नो र पार्टनरको रोमान्टिक तस्बिर सजाउन सकिन्छ।

–    बेडरुमलाई लग्जरियस लुक प्रदान गर्न सिल्कका पर्दा, बेडसिट, पिलो कभर आदि प्रयोग गर्नुपर्छ।

बाथरुम ः बाथरुमलाई नयाँ लुक प्रदान गर्दा त्यो घरको अन्य कोठासित मिल्दोजुल्दो होस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ।

–    एक्रेलिक बाथटब वा बास वेसिनको स्थान परिवर्तन गरी बाथरुमलाई नयाँ लुक प्रदान गर्न सकिन्छ।

–    नयाँ सावर लगाएर बाथरुममा नयाँ लुक दिन सकिन्छ। बाथरुमको लाइट बदल्नुपर्छ। यदि बाथरुममा ह्वाइट लाइट छ भने त्यसलाई परिवर्तन गरी एलो लाइट प्रयोग गर्नँपर्छ, यसो गर्नाले बाथरुममा परिवर्तन आएजस्तो लाग्छ।

–    नयाँ टाबेल, सावर, बाथमेट आदि प्रयोग गरी बाथरुमलाई नयाँ लुक दिन सकिन्छ।

–    ठूलो ऐना राख्दा बाथरुम नै ठूलो देखिन्छ।

–    ठूलो टाइल्स लगाउँदा पनि बाथरुम ठूलो देखिन्छ।

–    बाथरुमका लागि एसेसरिज छनोट गर्दा एलो, ओरेन्ज ओलिभ गि्रन, रोयल ब्लुजस्ता फ्रेस कलरलाई प्राथमिकतामा राख्नुपर्छ।

किड्स रुम

–    बालबालिकाको कोठा भरसक खाली राख्नुपर्छ जसले गर्दा कोठामा उफ्रने, खेल्ने ठाउँ पर्याप्त होस्।

–    यसैगरी बालबालिकाको कोठाका लागि फर्निचर, डेकोरेटिभ आइटम्स, पेन्ट आदि छनोट गर्दा उनीहरूको राय लिनुपर्छ। यसो गर्नाले बालबालिकाहरूको आत्मविश्वास र निर्णय लिने क्षमता बढ्छ। .

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s