घरको सरसफाइ

पालीहरूमा दिनप्रतिदिन व्यस्तता बढ्दो छ। व्यस्तताले गर्दा आफ्ना लागि त समय छुट्याउन कठिन छ भने अरू कुरा सोच्नेसम्म फुर्सद हुँदैन। यस्तोमा बेलाबेलामा आउने चाडपर्वले मानिसलाई सुस्ताउने वातावरण तयार गरी दिन्छ। मानिसलाई आफ्ना लागि खर्च गर्ने समय पनि यही अवसरमा प्राप्त हुन्छ। किनमेल, सरसफाइ, खानपान तथा घुमघाम यो अवसरका मुख्य विषय हुन पुग्छन्। घर वरिपरि झाँगिएका बुट्यान, पातपतिङ्गर सोर्ने समय पनि यही हो भने घरलाई सफा बनाई नयाँ रूप दिने अवसर पनि यही हो। यही अवसरमा सहर-बजारतिर घरको गेटदेखि चारै कुना तथा भित्तामा रंगरोगन गर्नेदेखि आन्तरिक सजावटमा मानिसको ध्यान केन्दि्रत हुन्छ भने गाउँघरमा घर वरिपरि थुप्रिएका फोहोर व्यवस्थापन गर्ने, बाटोघाटो सफा गर्ने तथा घर लिपपोत गर्ने काम हुन्छ। सहरका घरबाट यो समयमा पुराना डोरम्याटदेखि लिएर कार्पेट, पर्दा तथा अन्य सरसामानको थुप्रो निकालिन्छ र नयाँ सामग्री लगाइन्छ। कसै-कसैले त दसैंमा सम्पूर्ण घर नै पखाल्छन्। त्यसपछि मात्र रंगरोगनको काम हुन्छ। घरमा भएका सम्पूर्ण सामग्री नफेरे पनि यतिबेला सबै सामान सफा र शुद्ध बनाउने काम हुन्छ।

रूपा आचार्य पेसाले लेक्चरर हुन्। अघिपछि कोठा सफा गर्ने पनि फुर्सद हुँदैन उनलाई तर दसैंको लामो छुट्टीमा उनको आधाभन्दा बढी समय घरको सरसफाइमै बित्छ। आचार्य भन्छिन्-किनमेलका लागि एकदिन निस्कन्छु भने घर सफाइमा एक हप्ता खर्चिन्छु। दसैंमा प्रयोग गर्न मिल्ने सबै सामग्री सफा पार्न मन लाग्छ। म हरेक ३ वर्षमा घरमा प्रयोग हुने सबै सामग्री फेर्छु। यो वर्षको दसैंमा कार्पेट, पर्दादेखि लिएर भान्साका सामानसम्म नयाँ किन्ने सोचमा छु।

हिजोआज घर सरसफाइ गर्न पहिले जस्तो गार्‍हो छैन। डिटरजेन्ट, ब्रस, मफ, कोलिन आदि सफाइका अनेकन सामग्री बजारमा उपलब्ध छन्। काठमाडौंको न्यूरोडस्थित मुन्चा हाउसले घर सरसफाइका लागि आवश्यक सम्पूर्ण सामग्री ग्राहकको सेवाका लागि उपलब्ध गराएको छ। एन्टिक पिस, सेरामिक शो पिस, मिरर, ग्लासका सामग्री, सफा गर्न चाहिने लिक्विडदेखि ठूला-ठूला कपडा धुन चाहिने स्ट्रङ डिटरजेन्ट पाउडर अनि बाथरुम र कोठालाई फ्रेस राख्ने ओडोनिल तथा इयर फ्रेसनरसम्म त्यहाँ पाइन्छ। कार्पेट सफा गर्न विभिन्न शोरुम तथा डिपार्टमेन्ट स्टोरमा भ्याकुम क्लिनर उपलब्ध छन्।

स्टाफनर्स मन्दिरा महर्जनका अनुसार ठूला घर हुनेहरूका लागि सरसफाइका सामग्री पनि धेरै चाहिन्छन्। कतिपयलाई किन्ने ठाउँको जानकारीको अभावमा वर्षभरि घर सुन्दर पार्न देखेको सपना साकार नहुन सक्छ। त्यसैले यस विषयमा बुझ्न र सामान खरिद गर्न केही समय लिनु बुद्धिमानी हुन्छ। महर्जन भन्छिन्-घरको सरसफाइ चाडपर्वको प्रमुख विषय हो। दसैंमा हरेकले आफ्नो घरलाई स्वर्गजस्तो बनाउन चाहन्छन् ताकि आफूकहाँ आउने आगन्तुक नाक खुम्च्याएर नफर्किऊन्। जुन अपेक्षा लिएर उनीहरू आएका हुन्छन् त्यो भन्दा बढी खुसी बनाएर पठाउन पाइयोस्। उनको विचारमा घर सफाइको पहिलो चरण भनेको सम्पूर्ण घरलाई पखाली रंगरोगन गर्नु हो। त्यसपछि मात्र घरभित्र र बाहिरका अन्य सरसफाइ तथा सजावट गर्नुपर्छ अन्यथा सफा गर्नुको परिणाम गलत हुन्छ। पहिले भित्रका सामानको सरसफाइ गरी रंग लगाउन थालियो भने ती सबै सामग्री पुनः दोहोर्‍याएर सफा गर्नुपर्छ। यस्तो झन्झटबाट मुक्त हुन समयमै सावधानी अपनाउनुपर्छ। .

ध्यान दिनुपर्ने कुरा

–    घरको भित्री र बाहिरी भागमा रंग लगाइसकेपछि मात्र अन्य सरसफाइको काम सुरु गर्नुपर्छ।

–    कार्पेट सफा गर्दा सकेसम्म एकदिन डिटरजेन्ट -सर्फ) पानीमा भिजाएर छोडिदिनुपर्छ। भोलिपल्ट त्यसलाई फिँजाएर ब्रसले घोट्नुपर्छ। पखाल्दा ठाडो पारेर पखाल्नुपर्छ।

–    तामा वा पित्तलका भाँडाकुँडालाई कागती पानीमा डुबाएर केही समय छोडिदिनुपर्छ। त्यसपछि ् क्लिन्जिङ पाउडरले मस्काउने हो भने भाँडाको दाग सजिलै  जान्छ।

–    सिसाका सामग्री सफा गर्दा हातमा ग्लोब्स लगाउनुपर्छ। यस्ता सामग्रीलाई ठूलो प्लास्टिकको भाँडामा राखिएको पानी डुबाएर सफा गर्नुपर्छ। यसो गर्दा भाँडा चिप्लिएर खसे पनि फुट्ने वा काट्ने डर हुँदैन।

–    दराज, पलङ, टेबल वा अन्य काठका सामानको सरसफाइमा पातलो मलमलको कपडालाई डिटरजेन्ट पानीमा भिजाएर सलक्क पुछ्नुपर्छ। त्यसपछि पुनः सादा पानीमा कपडा डुबाई निचोर्दै पुछ्नुपर्छ। यसरी सफा गरिएका काठमा सामानलाई केही बेर घाममा राख्नु राम्रो हुन्छ।

–    फ्रिज, ओभन, टोस्टर आदि भान्साका सामान सफा गर्दा प्लगमा ध्यान दिनुपर्छ। प्लग जोडिएर अन भएको अवस्थामा सरसफाइ गर्दा करेन्ट लाग्ने डर हुन्छ। त्यसैले स्विच अफ गरी प्लग निकालेर मात्र ती सामग्रीको भित्री भाग एक-एक गर्दै बाहिर झिकेर सफा गर्नुपर्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s