संस्कृति मेलाको महिमा

कर मेलाको महिमा

काभ्रेको पनौतीमा माघे संक्रान्तिदेखि ऐतिहासिक बाह्रवर्षे मकर मेला प्रारम्भ भएको छ । एक महिनासम्म चल्ने यस मेलामा विदेशबाट समेत हजारौँ तीर्थयात्रीहरू आउँछन् । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिएको यस मेलाले स्थानीय जनताको सामाजिक-आर्थिक जीवनमा सकारात्मक प्रभाव त पार्ने नै छ, साथै पर्यटकीय हिसाबले पनि यस स्थानको प्रचार-प्रसारमा मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।

संस्कृति मेलाको महिमा

काभ्रेको पनौतीमा माघे संक्रान्तिदेखि ऐतिहासिक बाह्रवर्षे मकर मेला प्रारम्भ भएको छ । एक महिनासम्म चल्ने यस मेलामा विदेशबाट समेत हजारौँ तीर्थयात्रीहरू आउँछन् । धार्मिक तथा सांस् कृतिक दृष्टिले महत्त्वपूर्ण मानिएको यस मेलाले स्थानीय जनताको सामाजिक-आर्थिक जीवनमा सकारात्मक प्रभाव त पार्ने नै छ, साथै पर्यटकीय हिसाबले पनि यस स्थानको प्रचार-प्रसारमा मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।

नेपालका शक्तिपीठहरू

नेपाललाई शक्तिभूमि भनिन्छ। नेपालमा शक्तिस्वरूपा भगवतीका अनेकौं मन्दिर छन्। नेपालका प्रायः हरेक गाउँमा ग्रामदेवीका रूपमा प्रतिष्ठित विविध रूप र विशेषतायुक्त देवी मन्दिरहरू छन्। बडादसैंका अवसरमा ती सबै स्थानमा विशेष पूजा-आराधना गरिन्छ। यीमध्ये पनि शक्तिपीठ मानिने पुराणमा वणिर्त मन्दिरहरूलाई विशेष महत्व दिने गरिएको छ। हुन त सबै देवी मन्दिरहरू शक्तिपीठ नै हुन् तापनि सतीदेवीको अंग पतन भएर उत्पत्ति भएका मन्दिरलाई मात्र शक्तिपीठ भनिन्छ। स्कन्द पुराणअनुसार सत्ययुगमा भगवान् शंकरकी अर्धाङ्गिनी शक्तिस्वरूपा देवी सतीको मृत्युपछि शक्तिपीठहरू उत्पन्न भएका हुन्। पिता दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा आफ्ना पति महादेवको निन्दा गरिएपछि सहन नसकी सतीदेवीले यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरिन्। त्यसपछि महादेवले आफ्ना गणहरूद्वारा दक्षयज्ञ विध्वंश गराई दक्षलाई पनि सजाय दिएपछि मृत सतीदेवीलाई बोकेर यत्रतत्र हिँड्न थाले। यसरी हिँड्दा सतीदेवीका अंग विस्तारै झर्दै जान थाले र जहाँ-जहाँ सतीदेवीका अंग पतन भए त्यहाँ-त्यहाँ एक-एकवटा शक्तिपीठ, महादेव तथा योगिनी उत्पत्ति भए। विश्वभरिमा यस्ता शक्तिपीठ ५२ वटा रहेको बताइन्छ।

नेपालका शक्तिपीठहरू

श्री गुह्येश्वरी ः सतीदेवीको गुह्य पतन भएको विश्वास गरिने गुह्येश्वरीको मन्दिर काठमाडौंको बाग्मती नदी किनारमा छ। यो स्थानमा सर्वप्रथम तेत्तीस कोटी देवी-देवताले आराधना गरेको विश्वास छ। बडादसैंको अवसरमा घटस्थापनाको दिनदेखि नै विशेष पूजाआजा हुने यो शक्तिपीठमा अन्य समयमा पनि भक्तजनहरूको भीड लाग्ने गरेको छ। यहाँ देवीको कुनै मूर्ति छैन। सतीदेवीको गुह्य पतन भएको ठाउँमा मन्दिरको गर्भगृह छ जहाँ एउटा सानो प्वाल मात्र छ। त्यही ठाउँमा श्रद्धालुहरूले भक्तिपूर्वक पूजा-आराधना गर्छन्।

श्री दन्तकाली ः दन्तकाली देवीको मन्दिर सुनसरी जिल्लाको धरानमा छ जहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम गङ्गा आदि नदीहरू आई पूजा-आराधना गरी वरदान प्राप्त गरेको उल्लेख शास्त्रहरूमा पाइन्छ। दन्तकालीमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुने गरेको छ।

श्री वागेश्वरी ः बाँके जिल्लाको नेपालगञ्जमा वागेश्वरी देवीको मन्दिर छ। त्यहाँ सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम किन्नरहरू आई आराधना गरेको विश्वास गरिन्छ। एउटा ठूलो तलाउको किनारमा अवस्थित यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपाल अधिराज्यमा गाभिएपछि मात्रै पत्ता लागेको हो। वागेश्वरीमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ।

श्री कमलाक्षी ः सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षी देवीको मन्दिर छ। यहाँ सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम योगमार्गीहरूले आराधना गरी योगसिद्धि प्राप्त गरेको विश्वास गरिन्छ। एउटा पहाडका रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देख्न सकिन्छ। कमलाक्षीमा पनि घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा गरिन्छ।

श्री छत्रेश्वरी ः सल्यान जिल्लाको छायाक्षेत्रमा छत्रेश्वरी देवीको मन्दिर छ। यहाँ सतीदेवीका शेष रहेका सम्पूर्ण अंग पतन भएको विश्वास गरिन्छ। भगवान् शंकरले विशेष पूजा-आराधना गरेको विश्वास रहेको हुँदा यो स्थानमा कुनै पनि अवसरमा बलि चढाइँदैन। नेपाल अधिराज्यभित्र यो मात्र त्यस्तो शक्तिपीठ हो जसमा बलि निषेध छ।

श्री भैरवी ः काठमाडौं जिल्लाको गोकर्ण क्षेत्रमा भैरवी देवीको मन्दिर छ जहाँ सतीदेवीको बायाँ कान पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम विष्कुम्भहरू आई पूजा गरेको विश्वास छ। भैरवी मन्दिरमा पनि घटस्थापनका दिनदेखि नै विशेष पूजाआजा हुन्छ।

श्री ज्वालादेवी ः दैलेख जिल्लाको सदरमुकाम नजिक नाभी र छामगाड खोलाको किनारमा ज्वालादेवीको मन्दिर छ। यो स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम हनुमानले पूजा-आराधना गरेको विश्वास गरिन्छ। ज्वालादेवीमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ।

श्री जालपादेवी ः नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली र तादी नदीको दोभान देवीघाटमा जालपादेवीको मन्दिर छ। यो स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम कामधेनु गाईले पूजा-आराधना गरेको विश्वास छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिर नजिकै दोभानमा गरिएकाले नेपालको इतिहासमा यो मन्दिरको विशेष स्थान छ।

श्री गलेश्वरी ः म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा गलेश्वरी देवीको मन्दिर छ। उक्त स्थानमै भएको गलेश्वर महादेवको मन्दिर पनि निकै प्रसिद्ध छ। एउटै परिसरमा शक्ति र शिवको मन्दिर रहेकाले पनि यो स्थानको विशेष महत्व छ जहाँ सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको विश्वास छ।

नेपालका केही प्रमुख देवी मन्दिरहरू

 

श्री तलेजु भवानी ः काठमाडौं उपत्यकाको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु वा तुलजा भवानीको मन्दिर यसकारण पनि प्रसिद्ध छ कि यो वर्षको एकदिन अर्थात् शारदीय नवरात्रको महानवमीका दिन मात्र खुल्छ। उपत्यकाका तीनै सहरमा अवस्थित तलेजु भवानीलाई सिम्रौनगढबाट ल्याइएको हो। मल्लकालदेखि नै राजाहरूका इष्टदेवीका रूपमा पूजा गरिने यी देवीलाई नेवारहरूले समेत इष्टदेवी मान्ने गरेका छन्। यी देवीसित जोडिएका अनेक किंवदन्ती प्रचलित छन्। उपत्यकाका तीन सहरबाहेक नुवाकोट, बनेपा, दोलखा, नाला आदि स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ।

श्री चण्डेश्वरी ः काभ्रे पलाञ्चोक जिल्लाको बनेपास्थित चण्डेश्वरीलाई स्थानीय बासिन्दाहरू शक्तिपीठ नै मान्छन्। बडादसैं र चैतेदसैंका अवसरमा भक्तजनको घुइँचो लाग्ने यो मन्दिरप्रति स्थानीय जनताको विशेष श्रद्धा रहिआएको छ।

श्री पाथीभरा ः ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा १२ हजार फिटको उचाइमा अवस्थित पाथीभरा मन्दिर नेपालका हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि उत्तिकै आस्थाको केन्द्र बनेको पाइन्छ। यहाँ श्रीभवानीको ठूलो मन्दिर छ।

श्री सिंहवाहिनी ः तेर्‍हथुम र पाँचथर जिल्लाको सीमाक्षेत्र यासोकमा सिंहवाहिनी देवीको मन्दिर छ। यो मन्दिर परापूर्व कालमा बटुवाहरूले पत्ता लगाएको विश्वास गरिन्छ। बडादसैंको अवसरमा यो मन्दिरमा श्रद्धालुहरूको घुइँचो देख्न सकिन्छ।

श्री कन्काई माई ः यो मन्दिर झापा जिल्लाको कन्काई नदीको किनारमा छ। झापा जिल्लाका आदिवासी राजवंशीहरूकी आराध्यदेवी कन्काई माईले रोगव्याधिबाट रक्षा गर्छिन् भन्ने जनविश्वास छ।

श्री छिन्ताङ भगवती ः यो मन्दिर धनकुटाको छिन्ताङ गाविसमा छ। श्रीभवानीका सहस्रौं स्वरूपमध्ये एक छिन्ताङ भगवती लिम्बू समुदायकी आस्थाकी प्रतीक मानिन्छिन्।

श्री कमलामाई ः विष्णु पुराणको मिथिला माहात्म्यमा समेत वणिर्त कमलामाईको मन्दिर सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीबाट ११ किलोमिटर दक्षिणमा छ। यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको पाइन्छ।

श्री तौथलीमाई ः सिन्धुपाल्चोक जिल्लाको पूर्वी भेगमा रहेको तौथलीमाई मन्दिरमा दसैंका दिन ठूलो मेला लाग्छ।

श्री मैदी भगवती ः यो मन्दिर धादिङ जिल्लामा छ। महिषासुरको विनाशपछि सिंहवाहिनी देवीले विश्राम लिएको विश्वास गरिने यो मन्दिरमा पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएकाले यसको ऐतिहासिक महत्व छ।

श्री विन्ध्यवासिनी ः कास्की जिल्लाको पोखरामा अवस्थित विन्ध्यवासिनीलाई नेपालमा आगन्तुक देवी मानिन्छ। पुराणमा वणिर्त कथाअनुसार श्रीभवानी दक्षिण भारतको विन्ध्याचलबाट हिमालयतर्फ जाने क्रममा यहीँ आएर रोकिएकी हुन्। बडादसैंको अवसरमा यो मन्दिरमा दर्शनार्थीहरूको भीड लाग्छ।

श्री कालिकादेवी ः लमजुङ जिल्लाको बेसी सहरमा अवस्थित कालिकादेवी शाहवंशीय राजाहरूकी आराध्यदेवी हुन्। द्रव्य शाहले गोर्खा राज्यको स्थापना गरेपछि यिनै कालिकादेवीको प्रतिरूपलाई गोर्खा राज्यमा स्थापित गरेका थिए।

श्री अर्घाकोटदेवी ः चौबीसे राज्यहरूमध्ये एक अर्घा राज्यका सेन राजाहरूकी आराध्यदेवी अर्घाकोट देवीको मन्दिर अर्घाखाँची जिल्लाको अर्घाकोटमा छ।

श्री खैराबाङ ः सल्यान जिल्लाको सदरमुकाम खलङ्गा बजारबाट २० किलोमिटर दक्षिणमा खैराबाङ भगवतीको मन्दिर छ। यो मन्दिरमा घटस्थापनादेखि पूणिर्मासम्म विशेष पूजाआजा हुन्छ।

श्री देउती बज्यै ः सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरबाट २ किलोमिटर पूर्वमा अवस्थित देउती बज्यैलाई बालबालिकाहरूकी संरक्षिका मानिन्छ। दसैंमा यो मन्दिरमा विशेष पूजाआजा गरिन्छ।

श्री त्रिपुरासुन्दरी ः डोल्पा जिल्लाको उत्तरपश्चिम क्षेत्रमा सानी भेरी नदीको किनारमा अवस्थित त्रिपुरासुन्दरी देवीलाई दानवराज मयकी आराध्यदेवी मानिन्छ। त्रिपुरासुन्दरी देवीको अर्को प्रसिद्ध मन्दिर धादिङ जिल्लामा छ। यी दुवै मन्दिरमा दसैंमा विशेष पूजा हुन्छ।

श्री बडीमालिका ः बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट तीन दिन पैदल यात्रा गरेपछि पुगिने यो मन्दिर समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ। बडादसैं र चैतेदसैंमा ठूलो मेला लाग्ने यो मन्दिरमा भक्तहरू मालिकादेवीकी आमाको पूजा गर्छन्। मालिकादेवीको मन्दिर पनि बाजुरामै १४ हजार ४ सय फिटको उचाइमा छ।

श्री वरदादेवी ः अछाम जिल्लाको सदरमुकाम मंगलसेन नजिकै गाजरा भन्ने ठाउँमा वरदादेवीको मन्दिर छ। रामारोशन पहाडको फेदीमा अवस्थित वरदादेवीको यही मन्दिरमा जुम्लाका प्रसिद्ध राजा जितारी मल्लले आफ्नो राज्य विस्तारका क्रममा विशेष पूजा-आराधना गरेको जनविश्वास छ।

श्री सखडा भगवती ः सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा सखडा भगवतीको मन्दिर छ। छिन्नमस्ता भगवती समेत भनिने यो मन्दिरमा दसैंमा विशेष पूजा-आराधना हुन्छ।

श्री उग्रतारा ः डडेलधुरा जिल्लाको सदरमुकामस्थित श्री उग्रताराको मन्दिरमा वर्षैभरि श्रद्धालुहरूको भीड लाग्छ। स्थानीय बासिन्दाहरू उग्रतारालाई सबै किसिमका विघ्नहर्ताका रूपमा पूजा गर्छन्।

श्री महाकाली ः कन्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरस्थित महाकालीलाई स्थानीय जनता भारतको पूर्णगिरिमा रहेको शक्तिपीठको एउटा खण्डका रूपमा पूजा गर्छन्। नेपालको पश्चिमी सीमा महाकाली नदीको नामकरण यिनै देवीको नामबाट गरिएको विश्वास छ।

श्री तालबाराही ः कास्की जिल्लाको पोखरास्थित फेवातालमा रहेकी तालबाराहीलाई सबै किसिमका तालतलाउहरूकी स्वामिनीका रूपमा पूजा गरिन्छ। दसैंमा यो मन्दिरमा दर्शनार्थीहरूको ठूलो घुइँचो हुन्छ।

श्री गढीमाई ः बारा जिल्लाको सदरमुकाम कलैया बजारदेखि दक्षिणमा पर्ने गढीमाई स्थानीय जनताको ठूलो आस्थाकेन्द्र हो। हरेक ५ वर्षमा ठूलो मेला लाग्ने यो मन्दिरमा नेपाल अधिराज्यमै सबैभन्दा बढी बलि चढाइन्छ। दसैंमा गढीमाईमा विशेष पूजाआजा हुन्छ।

श्री डिंग्रे भगवती ः रुकुम जिल्लाको सदरमुकाम मुसिकोटस्थित यी भगवतीलाई स्थानीय बासिन्दाहरू सन्तानेश्वरी देवीका रूपमा पूजाआजा गर्छन्। बडादसैंको अवसरमा यो मन्दिरमा ठूलो घुइँचो लाग्छ।

श्री नैनादेवी ः कैलाली जिल्लाको सदरमुकाम धनगढीमा अवस्थित नैनादेवी मन्दिरको सम्बन्ध भारतको नैनीतालस्थित नैनादेवीसँग रहेको स्थानीय जनविश्वास छ। बडादसैंको अवसरमा बलि चढाइने यो मन्दिरप्रति स्थानीय जनताको ठूलो आस्था छ।

श्री दक्षिणकाली ः काठमाडौं उपत्यकाबाट २१ किलोमिटर दक्षिण शेषनारायण गाविसमा यो मन्दिर छ। हरेक समय उत्तिकै भीड लाग्ने यो मन्दिरमा शनिबार र मंगलबार विशेष घुइँचो हुन्छ। नवरात्रिका अवसरमा विशेष रूपले पूजा हुने यो मन्दिर निकै प्रसिद्ध छ।

श्री शोभाभगवती ः काठमाडौं उपत्यकामा विष्णुमती नदीको किनारमा अवस्थित यो मन्दिर उपत्यकाको प्राचीन एवं प्रसिद्ध मन्दिर हो। दसैंमा यो मन्दिरमा भक्तजनको ठूलो भीड लाग्छ।

श्री मैतीदेवी ः काठमाडौं उपत्यकाको मैतीदेवीमा अवस्थित यो मन्दिर उपत्यकाको प्राचीन एवं प्रसिद्ध मन्दिर हो। मैतीदेवी भन्ने स्थानको नाम यिनै देवीको नामबाट रहेको हो। बडादसैंका अवसरमा यो मन्दिरमा भक्तजनको ठूलो भीड लाग्छ।

श्री भद्रकाली ः श्रीमद्भागवत महापुराणमा समेत उल्लेख भएको भद्रकाली मन्दिर काठमाडौं उपत्यकाको केन्द्रमा छ। यो निकै प्रसिद्ध मन्दिर हो। अन्य समयमा पनि श्रद्धालुहरूको कमी नहुने यो मन्दिरमा दसैंमा भक्तजनको ठूलो भीड लाग्छ।

दसैंको सामाजिक, सांस्कृतिकं एवं आर्थिक महत्व

अधिकांश नेपालीको प्रमुख पर्व हो-दसैं। यो शरद ऋतुको आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म मनाइए पनि मुख्यतः १० दिन मनाइन्छ, जसमध्ये विशेष महत्त्वका साथ मनाइने अवधिलाई नौरथा भनिन्छ। नौरथाभित्र गरिने विविध क्रियापलापले नै दसैंको सार रूप इ·ति गर्छ। जनस्तरमा हर्ष र उमंगको वर्षा गराउने दसैंको धार्मिक एवं सांस्कृतिक महत्व त छँदै छ त्यसबाहेक सामाजिक एवं आर्थिक रूपले पनि यसले उत्तिकै महत्त्वपूर्ण प्रभाव पार्ने गरेको छ। विशेषगरी यो पर्वको प्रकट र लुप्त गरी दुई प्रकार्य हुन्छ भन्छन् पद्मकन्या बहुमुखी क्याम्पसका समाजशास्त्रका सह-प्राध्यापक नेत्र ओझा। उनका अनुसार दसैंमा राम्रो लुगा लगाउने, पूजापाठ गर्ने, टीका लगाउने, आफन्तकहाँ जाने, विभिन्न प्रकारका पौष्टिक पदार्थ खानेजस्ता क्रियाकलाप प्रकट हुने प्रकार्य हुन्। सरसर्ती हेर्दा यी क्रियाकलापलाई निश्चित समुदायको धार्मिक परम्परासँग जोडिए पनि यी प्रकट कार्यमा लुप्त अर्थ अर्थात् निहीतार्थले मानवका सामाजिक, आर्थिक, शारीरिक आदि पक्षलाई समेटेका हुन्छन्। शारदीय पूजापाठले मानिसमा आध्यात्मिक भाव वृद्धि गर्छ, सत्मार्गमा हिँड्न प्रेरित गर्छ अनि वर्षभरि काम गर्दा लागेको थकाइबाट मुक्त गरी मानसिक एवं शारीरिक रूपमा तरोताजा बनाउँछ। टीका लगाउन इष्टमित्रकहाँ जाने प्रचलनले मानिसलाई लामो समयदेखि भेट हुन नसकेका तथा अन्य समयमा खासै नगइने आफन्तकहाँ पुर्‍याउँछ। यसबाट सामाजिक व्यवहार चल्छ। एकता अनि अपनत्वको भाव विकसित हुन्छ। त्यसैगरी दसैंमा खाइने मासुजन्य तथा अन्य पौष्टिक पदार्थभित्र पनि शारीरिक स्वास्थ्यसँग सम्बन्धित अर्थ लुकेको छ। नेपाल कृषिप्रधान देश हो र यहाँका किसानहरूले वर्षामा बालीनाली लगाइसकेपछि काम गर्दा लागेको थकाइ तथा अत्यधिक परिश्रमबाट शरीरमा आएको कमजोरी भगाउन यस्ता पौष्टिक पदार्थ सेवन गर्छन्। यसरी दसैंसँग धेरै कुरा एकसाथ जोडिएर आएको पाइन्छ।  

ओझाले भने झैं दसैंका दुई प्रकार्य हुन्छ भन्छिन्-सह-प्राध्यापक मोनिका तिमल्सेना। आसाममा जन्मे-हुर्किएकी मोनिका विवाहपछि नेपाल आएकी हुन्। आसाम र बंगालको दसैं मनाउने चलनसँग सुपरिचित मोनिका नेपालमा दसैंका बेला अत्यधिक बलि दिइने र बढी मासु खाने चलन उता भने नभएको बताउँछिन्। अन्य कुरामा भने दसैं मोटामोटी रूपमा सबैतिर उस्तै हो भन्ने उनको अनुभव छ। प्रकट क्रियाकलापमा स्थानअनुसार केही फरक देखिए पनि दसैंको मूल मर्म भने एउटै छ र त्यो हो असत्यमाथि सत्यको विजय। दसैंलाई उनी मिलनको पर्व भन्न रुचाउँछिन्। मोनिकाका अनुसार दसैंमा निधारभरि रातो अक्षता लगाउने चलन नेपालीहरूको मौलिक परम्परा हो। कुनै बेला निधारमा रातो टीका लगाउने चलन कहाँ-कहाँ छ भन्ने कुरा हेरेरै त्यति भू-भागलाई नेपाल भनेर चिनिन्थ्यो भन्छिन् उनी। दसैंमा तीजमा जस्तो परिवर्तनको प्रभाव नपरे पनि समयअनुसारको विश्वव्यापीकरणको प्रभाव परेको कुरा बताउँदै मोनिका भन्छिन्, अहिले त स्काइपीबाट टीका लगाउने चलन समेत आइसकेको छ। मोनिकाका अनुसार समयको गतिसँगै परिवर्तन हुँदै गएपछि दसैंले समाजमा छुट्टै तर· पैदा गर्छ र उत्सवमय वातावरण सिर्जना गर्छ।

दसैंमा गरिने पूजा वा साधनाभित्र एक प्रकारको संस्कृति नै समाहित भएको छ। नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गर्ने तथा दसौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलनमा धार्मिक पक्ष मात्र नभै आफूभन्दा ठूला मानिसका हातबाट टीका र जमरा लगाई आशीर्वाद लिने संस्कृतिकै विकास भएको छ र यो नेपालको मौलिक संस्कृति हो। महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर जन्मजन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने विश्वासले नेपालीहरुको मनमा विशेष सांस्कृतिक प्रभाव पैदा गरेको छ। पौराणिक साहित्यहरूमा वर्णन गरिएअनुसार पनि राम, कृष्ण आदिले शक्ति प्राप्त गर्न देवीकै आराधना गरेका थिए। त्यसका साथै मातृशक्तिका रूपमा पूजा गरिने देवीहरूको पनि कल्पना गरिए वा ती त्यतिबेला मातृसत्तात्मक परिवार रहेका बेलाका शक्तिशाली लोकमाताहरू थिए। यसरी कल्पना गरिएका देवीहरू पनि मातृत्व, र्ऊवरता वा सिर्जनशीलताका कारण सम्मानित भएका थिए। र्ऊवरा शक्ति एवं धैर्य, सहनशीलताजस्ता स्वभावका कारण नारीलाई पृथ्वीसित तुलना गरेर पूजा गरिने गौरवमय आर्य संस्कृति दसैंका माध्यमबाटै जीवित रहन सकेको धारणा छ संस्कृतिविद् प्रा.डा. वीणा पौड्यालको। नत्र त मानव जातिको आजसम्मको इतिहास हेर्दा नारीहरू गौण रूपमा वा पुरुष जातिको स्वार्थसिद्धिका साधनका रूपमा रहेका पाइन्छन् तथापि दसैंले धेरै हदसम्म नारी जातिको इज्जत वा प्रतिष्ठालाई सर्वोपरि मान्न सिकाएको उनको ठहर छ। नारी मातृदेवता हुन् वा ‘मातृ देवो भवः’ भनेर सिकाउने संस्कृतिका अनुयायी हौं हामी। हाम्रो संस्कृतिले नारी जातिलाई माताका रूपमा स्थापित गरेर यो रहस्य उद्घाटन गरेको छ कि नारीजाति पुरुषको कामोपभोगका वस्तु होइनन्, अपितु वन्दनीया एवं पूजनीया हुन्। त्यसैले पनि मानव धर्मशास्त्रमा जननीको गौरव गुरुभन्दा लाख गुना र पिताभन्दा हजार गुना बढी मानिएको छ। नारीलाई सदा अबध्या बताइएको छ, कुनै पनि वर्गकी, सम्प्रदायकी वा कुनै पनि प्रकारकी नारी सदैव पूजनीया हुन्छिन् किनभने नारीका अ·अ·मा देवताको बास हुने कुरा शास्त्रमा उल्लेख छ जुन कुरा हाम्रो संस्कृतिको अंग बनेर विभिन्न चाडपर्वका रूपमा प्रस्फुटित भैरहेका छन् र दसैं त्यसैको ज्वलन्त उदाहरण हो भन्छिन् डा. प्रा. पौड्याल। उता लोकसाहित्यका मूर्धन्य अध्येता प्रा. डा. मोतीलाल पराजुली दसैंले मान्यजनलाई आदर एवं सम्मान गर्ने संस्कृति सिकाएको धारणा व्यक्त गर्छन्। दसैंका बेला जसरी भए पनि मान्यजनका हातबाट टीका थाप्ने चलनले आफूभन्दा ठूलाको आशीर्वाद लिन सिकाएको छ। ठूलाबडाको आशीर्वादले आत्मबल वृद्धि हुने र सत्मार्गतिर लाग्ने प्रेरणा समेत प्राप्त हुन्छ जुन दसैंका माध्यमबाट सम्भव हुन्छ। डा. पराजुलीका अनुसार दसैंले नारीशक्तिलाई पूजा गर्ने संस्कृति विकास गरेको छ। हामीकहाँ जीवित देवीका रूपमा कुमारीको पूजा गर्ने चलन अद्यावधि छँदै छ  जसले नारीशक्तिलाई सम्मान गर्न सिकाउँछ। यसैगरी हरेक शुभकार्य गर्दा कन्या पूजा गरिने तथा दसैंका बेलामा नवदुर्गा भवानीको प्रतीक मानेर नवदेवीहरूको पूजा गर्ने परम्परा छ। लोकसमाजतिरै दृष्टि दिने हो भने पनि कुनै घर बिग्रनु र सप्रनुमा नारीकै हात रहेको देखिन्छ। नारीहरूले संरक्षण गरिदिँदा पुरुष समृद्ध हुने र नगरिदिँदा कंगाल हुने कुरा लोक व्यवहारबाटै पुष्टि भएका वा हुने कुरा हुन्। नारीले आँटे एकैछिन, पुरुषले आँटे वर्ष दिन भन्ने उखान त्यसै चलेको होइन।

दसैं सामाजिक गतिविधिका हिसाबले पनि महत्त्वपूर्ण छ। टाढाटाढा गएकाहरू समेत दसैंका लागि भनेर नै घर र्फकने र परिवार, गाउँ, टोल एवं छरछिमेकीसित भेटघाट गर्ने परम्पराका कारण दसैंले सामाजिक सम्बन्धलाई बढावा दिन उल्लेख्य भूमिका निर्वाह गरेको छ। त्यसैगरी बहुजातीय, बहुधार्मिक एवं बहुभाषिक नेपालमा सबैजसोले आपसी सद्भाव नबिथोली रमाइलो गर्छन्। तसर्थ दसैंको सामाजिक महत्त्व पनि कम छैन। उप-प्राध्यापक ओझाका अनुसार दसैंले नेपालीहरूबीचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउँछ। एकअर्कालाई शुभकामना आदानप्रदान गर्ने मात्र नभै एकअर्काकहाँ गएर खानपिन गर्ने, जमघट गरेर मनोरञ्जक क्रियाकलाप गर्ने जस्ता कार्यले आपसी सम्बन्ध प्रगाढ हुन्छ। यसरी दसैंको सांस्कृतिक परम्पराले सामाजिक सद्भावमा उल्लेख्य वृद्धि गर्छ। विदेशमा गएकाहरूले पनि त्यही जमघट अनि रमाइलो गरि दसैं मनाउँछन् । यसो गर्दा विदेशी भूमिमा पनि नेपालीहरूबीचको एकता प्रकट हुन्छ। यसरी दसैंले नेपालीहरू एक भएको सन्देश विश्वभर प्रवाहित गरिरहेको हुन्छ।  

दसैं आर्थिक क्रियाकलापका दृष्टिले पनि निकै महत्त्वपूर्ण पर्वका रूपमा परिचित छ। नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रमा लामो बिदा हुन्छ। दसैं मनाउन भनेर बिदा मात्र दिइँदैन, सबैजसो कार्यालयले कर्मचारीलाई बोनस पनि वितरण गर्छन्। दसैंका अवसरमा खाद्यान्न, वस्त्र आदि उपभोग्य सामग्रीहरूको व्यापार पनि उल्लेख्य वृद्धि हुन्छ। वर्ष दिनसम्म गरिएको दुःख भुल्न मानिसहरू दसैंमा कत्ति पनि नडराई खर्च गर्छन्। जस्तोसुकै सामान्य मानिसले पनि औसतभन्दा बढी खर्च गर्छन्। अझ हिजोआज त यही मौका छोपेर स्वदेश एवं विदेशको भ्रमणमा निस्कने चलन पनि बढ्दो छ। यसले गर्दा पर्यटकीय दृष्टिले पनि दसैंको समय राम्रो मानिन्छ। दसैंमा हुने अत्यधिक आर्थिक क्रियाकलापले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्छ।

अधिकांश नेपालीले मनाउने पर्व भएका  दसैंले नेपाली समाजमा प्रभावकारी उपस्थिति देखाउँछ। धार्मिक आस्था बोकेकाहरूले मनाउने र अरूले मनाउने तरिकामा फरक देखिन्छ दसैं। फेरि यही समाजमा बसेर दसैं नमनाउनेहरू पनि पर्याप्त छन् तिनलाई पनि दसैंले कुनै न कुनै रूपममा छोएको भने अवश्य छ। मनाउने तरिका, मनोरञ्जन गर्ने तरिका वा बलि दिने तरिकामा जे-जस्तो विविधता भए पनि दसैंभित्रको सन्देश यसलाई मनाउनेजति सबैले उस्तै वा उही रूपमा ग्रहण गरेका हुन्छन् जुन दसैंको सबैभन्दा ठूलो विशेषता मान्न सकिन्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s