योग र जीवन : जमराको अमृत रस बनाउने विधि

शिव मुखिया

लोकनाथ खनाल, योग प्रशिक्षक, पतञ्जली योग समिति

–    प्रकृतिको सर्वसुलभ अमृत गहुँको जमरा उमार्न राम्रो बीज छनौट गर्नुपर्छ।

–    यसलाई उमार्न गमला वा टपरी वा कुनै भाँडो वा भूमिकै प्रयोग गर्न सकिन्छ।

–    जमरा उमार्ने ठाउँ खुला अर्थात् हावा प्रवाह हुने खालको हुनुपर्छ, तर घामको सीधा प्रकाश पर्नुहुँदैन।

–    रासायनिक मल तथा विषादी रहित माटो प्रयोग गर्नुपर्छ।

–    स्थानीय गाई वा गोरुको शुद्ध गोबरको मल उपयुक्त हुन्छ।

–    कम्तीमा एक चौथाइ गोबर मल चाहिन्छ।

–    गहुँको दाना गमलामा उमार्नुभन्दा पहिले बाहिर अंकुरित गर्नुपर्छ।

–    नियमित सेवनका लागि सातवटा भाँडामा सातवटा बारका लागि जमरा उमार्ने।

–    प्रत्येक गमला वा भाँडामा छुट्टाछुट्टै बारको नाम लेखे सजिलो हुन्छ।

–    आठौं दिनदेखि सेवन गर्ने।

–    जाडोको समयमा जमरा तयार हुन ९-१० दिन लाग्न सक्छ।

–    पुनः उमार्न माटो तथा मल परिवर्तन गर्ने।

–    ६-७ इन्च लामो जमरा काटेर शुद्ध पानीले पखालेर सिलौटा वा मिक्चरमा पिसेर रस निकाल्ने।

–    १ सय ग्राम जमराको रस ३० ग्राम जति हुन्छ, जुन सामान्य व्यक्तिलाई पर्याप्त हुन्छ।

–    विशेष रोगीलाई थप आवश्यक हुन सक्छ।

–    शिशुलाई १-२ चम्चा पर्याप्त हुन्छ।

‍-    स्वस्थ व्यक्ति यसको नियमित प्रयोगद्वारा सदा स्वस्थ रहन सक्छ।

–    धेरै दिनको जमरामा पोषकताको कमी हुन्छ।

–    गहुँको जमरा खाएको १ घन्टा सम्म केही पनि खानु हुँदैन।

श्रीदुर्गासप्तशती पाठको महत्त्व

हिन्दू धर्मसंस्कृतिमा चार नवरात्रमध्ये दुई नवरात्र -आश्विन शुक्लमा पर्ने शारदीय नवरात्र तथा चैत्रशुक्लमा पर्ने वासन्तिक नवरात्र) लाई महत्त्वपूर्ण मानिन्छ। यसमध्ये पनि शारदीय नवरात्र शक्ति आराधनाका लागि सर्वाधिक महत्त्वपूर्ण मानिएको छ। शिव पनि शक्तिद्वारा शक्तिमान् हुन्छन्। सूर्य, चन्द्र, वायु सबै शक्तिद्वारा सञ्चालित छन्। त्यसैले आद्यशक्ति, शक्तिस्वरूपिणी देवी दुर्गाको उपासना गर्नुपर्छ। यो अवस्थामा श्री दुर्गा सप्तशतीको पाठ मात्र गर्नाले पनि जगन्माता दुर्गा प्रसन्न भै शक्तिको प्राप्ति र कामना पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ।

शक्ति उपासनाका लागि विभिन्न ग्रन्थ उपलब्ध भए पनि श्री दुर्गा सप्तशती मुख्य ग्रन्थ हो। बोलीचालीको भाषामा चण्डी नामले चिनिने यो ग्रन्थ मार्कण्डेय पुराणअन्तर्गत पर्छ। १३ अध्याय र ७ सय श्लोकको यो ग्रन्थ शक्ति महात्म्यले युक्त छ। पुजनयोग्य श्री दुर्गासप्तशती श्रद्धापूर्वक पाठ गर्नाले प्रत्यक्ष फल प्राप्त हुन्छ भनिएको छ। हामी शारदीय नवरात्रमा आफैँ वा ब्राम्हणद्वारा दुर्गासप्तशतीको एकावृत्ति, तीन, सात वा नवावृत्ति पाठ गराउँछौं, तर सिद्धि प्राप्तिका लागि एकाग्र भै विधिपूर्वक सप्तशती पाठ गर्नुपर्छ। यसका लागि लगाव आवश्यक छ। सप्तशती स्तोत्र पाठ पनि लगनशील भई एकाग्रचित्तले श्रद्धा विश्वास राखेर गर्नुपर्छ। यो ग्रन्थ यसका मन्त्र तथा श्लोक -कथा) को अर्थ र आशय बुझेर पाठ गर्नुपर्छ।

– रत्नबहादुर बस्नेत

ग्रेटिङ टिप्स

–    चाडपर्वका अवसरमा आफन्त, साथीभाइ एवं मान्यजनसँग शुभकामना आदान-प्रदान गर्न सकिन्छ। यसले एक-अर्काको सम्बन्ध थप सुमधुर बनाउन सहयोग मिल्छ।

–     दसैं सांस्कृतिक पर्व हो। यसको आफ्नै सामाजिक महत्त्व छ। त्यसैले यतिबेला दसैंको सामाजिक तथा सांस्कृतिक महत्त्वलाई पनि जोडेर शुभकामना पठाउनु उपयुक्त हुन्छ।

–     सु-स्वस्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरेर शुभकामना पठाउन सकिन्छ।

–    शुभकामना सन्देशका लागि अब समय र श्रम खर्च गरिरहनु पर्दैन। जमाना इन्टरनेटको छ। त्यसैले आफूले खोजेजस्तै ई-ग्रेटिङ कार्ड पठाउन सकिन्छ।

–     सबैतिर मोबाइल उपलब्ध भएकाले एसएमएसमार्फत पनि शुभकामना आदान-प्रदान गर्न सकिन्छ।

सपिङ टिप्स

–    सपिङ गर्नुअघि के-कति सामग्री खरिद गर्ने हो ? सूची बनाउनुपर्छ।

–     सहज, सस्तो र स्तरीय सामग्री पाइने स्थानलाई सपिङ गन्तव्य वनाउनु उपयुक्त हुन्छ।

–     सकेसम्म धेरै भीडभाड नहुने, घर पायक स्थानमा सपिङ गर्नु उचित हुन्छ।

–     चाडपर्वको मौकामा व्यापारीले कतिपय सामग्रीको मूल्य बढाउन सक्छन्। त्यसैले सामग्री खरिद गर्नुअघि मूल्यका लागि बार्गेनिङ गर्न सकिन्छ।

–     एकैपटक धेरै पैसा बोकेर सपिङमा निस्कनु हुँदैन। कतिपय सपिङ सेन्टरमा एटिएम कार्ड प्रयोग गर्न सकिन्छ। त्यस्तो सुविधा उपलब्ध भएको स्थानमा पैसाभन्दा एटीएमको प्रयोग बढी सुरक्षित हुन सक्छ।

–     सपिङ गर्दा सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्छ। सस्तो भन्दैमा गुणस्तरहीन सामग्री खरिद गर्नु आफ्नै नोक्सानी हो।

टिकेटिङ टिप्स

–    दसैंमा घर र्फकने, आफन्तकहाँ जाने र घुमघामको योजना बनाएकाहरूले यात्रा गर्ने दिन एवं मिति निश्चत गरेपछि टिकटको व्यवस्था गर्नुपर्छ।

–    यतिवेला दलालहरूको चलखेल बढी हुने भएकाले यातायातको टिकेटिङमा ठगिने सम्भावना हुन्छ। त्यसैले सम्बन्धित र भरपर्दो निकायबाट मात्र टिकट खरिद गर्नु उपयुक्त हुन्छ।

–    टिकटमा आफू पुग्ने स्थान, यात्रा गर्ने दिन, गाडी छुट्ने समय, गाडीको नाम, नम्बर स्पष्ट खुलाइएको छ/छैन ? हेर्नुपर्छ।

–    टिकट लिइसकेकाहरूले आफूलाई बताइएअनुसारको गाडी, सिट नम्बर छ/छैन ? बुझ्नुपर्छ।

ट्राभल टिप्स

–    गाडी तथा हवाईजहाज छुट्ने निर्धारित समयभन्दा अघि नै सम्बन्धित ठाउँमा पुग्नुपर्छ।

–     यात्रा गर्नुअघि आफू चढ्ने गाडीको कन्डिसन कस्तो छ जानकारी लिनुपर्छ।

–     यात्राका क्रममा लाग्ने अनुमानित खर्चको व्यवस्था गर्नुपर्छ।  

–     र्फमल, फिटिङ्स एवं जिन्सभन्दा आफूलाई सहज लाग्ने पहिरन लगाएर यात्रा गर्नु बढी सुबिधाजनक हुन्छ।

–     रोगी, गर्भवती, स-साना बालबालिका एवं बूढाबूढीलाई लामो दूरीको यात्रा गराउनु सहज हुँदैन। यदि यात्रा गर्नैपर्ने अवस्था छ भने सुविधायुक्त सवारी साधनको व्यवस्था मिलाउनुपर्छ।

–     बाटोमा जथाभावी खानेकुरा किनेर खाए, स्वास्थ्य गडबड हुनसक्छ।

Source : http://www.ekantipur.com/saptahik/article/?id=12273

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s