सोह्र श्राद्धको महत्व

Friday, 20 September 2013 01:05:58-700604
विश्वनाथ खरेल
विश्वको एक मात्र हिन्दू देश नेपाल हो । यो देश धर्म र संस्कृतिले धेरै धनी रहेको छ । प्रत्येक दिन जसो एक न एक पर्व परेकै हुन्छ । यसर्थ चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । यी नै चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आजको बढ्दो आधुनिकता कारणले गर्दा कतिपय व्यक्तिहरुलाई यो कुरा थाहा नहुन पनि सक्दछ । हरेक व्यक्तिको जिम्मेवरी बढ्दै गएको कारणले गर्दा आफ्नो संस्कार, मूल्य र मान्यतालाई विसिंदै गइरहेको छ । जबकी समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभइ नहुने बस्तुको अभाव हुँदै गएको छ ।
 परापूर्वकालदेखि चलि आएको सबै संस्कारहरु पुरा गर्न नसके पनि केही मात्रामा भए पनि आफ्नो धर्म र संस्कृतलाई जीवित राख्नु प्रत्येक  हिन्दूहरुको परम कर्तव्य हो । हामीले आफ्ना आमा बाबुबाट जीवन पाई पालन भई हुर्कने तथा शिक्षा आदि पाउने भएकोले हामी उनीप्रति ऋणी हुन्छौ । त्यस्तै गरी धर्मशास्त्र अनुसार प्रत्येक मान्छेले तीन किसिमका ऋण लागेको हुन्छ । पहिलो ऋण हो देव ऋण, दोस्रो ऋषि ऋण र तेस्रो पितृ ऋणबाट छुटकारा पाउँनका लागि आमाबुबा बाचँुन्जेल उनीहरुको सेवा सुश्रुषा पालन पोषण गर्ने र मृत्युपश्चात समेत उनीहरुको काजक्रिया गरी प्रत्येक वर्ष पितृ पक्षमा उनीहरुको नाम श्राद्ध गर्नु हाम्रो परम कर्तव्य हो । पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे” देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको नामोच्चारण गरी ब्राम्हणहरुलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यस बारे के प्रष्ट हुन्छ भने पितृहरुको उद्देश्यले गरिने कार्य श्राद्ध हो । श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ । श्राद्ध कर्मको विशेषता भनेको सुद्ध मन्त्र उच्चारण सहित श्राद्ध गर्नु हो किन कि भनिएको पनि छ । पितृहरुलाई शुद्ध मन्त्र शुद्ध वाक्य चाहिन्छ भने देवताहरुलाई भाव भए पुग्छ श्राद्धकल्पका अनुसार पनि – प्रेत र पितृलाई आपूmलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो । यस प्रकार आफ्ना पितृहरुको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ ।
हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तै गरी दोस्रो वार्षिक एकोदिष्टदिनैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचौ सपिण्डि श्राद्ध हो । छैठौं पार्वण श्राद्ध हो । सातौं गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौं पितृ तृप्ति विद्धानहरुको सुख प्राप्ति र शुद्धिका निमित गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो । नवौमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांङ्ग श्राद्ध हो । दशौं देबवताहरुको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा ध्यूले गरिने यात्राश्राद्ध हो । र बाह्रौमा शरीर स्वस्थ्य होस् भनि गरिने पुष्टिश्राद्ध हो । त्यस्तै गरी अर्को पाँच प्रकारको श्रद्धा रहेको छ । यो श्रद्धा भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्रद्धा हो । यी सबै मध्ये खास गरीकन हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृहरुलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ । त्यस्तै गरी सालको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खास गरी कन सोह्र श्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझनु पर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ ।  आफ्नो पितृहरुको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नु पर्छ । एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ ।
अन्त्यमा भन्नुपर्दा आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा बताउँदै श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत बताइएको छ । यस श्राद्धमा चार जना ब्राम्हण चाहिने भएकोले ब्राम्हणको प्रतीक स्वरुप कुशको ब्राम्हण थापिएको हो । पहिले पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राम्हण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राम्हण राखिएको हो । दुबै पट्टी दुई÷दुई ब्राम्हणलाई क्रमशः विश्रदेव र पितृब्राम्हण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव मनुष्य दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ । यसपछि प्रत्येक ब्राम्हणलाई निमन्त्रण गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअधि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरीकन अपराह्रनमा गर्नुभर्ने शास्त्रमा उल्लेख भएको भनाई पाइन्छ । अतः हिन्दू समाजमा सोह्र श्राद्धको आफ्नै महत्व राख्दछ । श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरुको उदार गर्ने कार्य हो । हाम्रो समाजको सबैभन्दा ठूलो पर्व दशैं तिहार हो यो पर्व मनाउनुभन्दा पहिले आ–आफ्नो पितृहरुलाई आदरसाथ श्राद्धपूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ । – Source : See more at: http://commanderpost.com/index.php?option=newsDetail&newsId=11268&catId=9#sthash.7rzf2OF8.dpuf
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s