कुमारीजात्राको रौनक (फोटो फिचर)

काठमाडौ, आश्विन २ – इन्द्रोत्सवको तेस्रो दिन बुधबार राजधानीको तल्लो टोलहरूमा कुमारीजात्रा सकियो ।

 जीवितदेवी कुमारीका रूपमा शाक्य जातकी एक बालिका तथा गणेश र भैरवका रूपमा शाक्य जातकै दुई बालकलाई वसन्तपुरस्थित गद्दी बैठक अगाडि बेग्लाबेग्लै रथमा आरोहण गराई रथयात्रा सुरु गरिएको थियो ।

देवी र देवताहरू कुमारीघरको श्रीखण्ड तरुमूल महाविहारतर्फको ढोकाबाट भुइँमा कपडा बिछ्याएर पञ्चेबाजा बजाउँदै बाहिर ल्याई रथारोहण गराएका थिए ।

त्यस अवसरमा देवी र देवताहरूको दर्शनार्थ

राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मन्त्रीगण तथा अन्य विशिष्ट व्यक्तिहरू गद्दी बैठकमा उपस्थित भएका थिए ।

रथारोहणपछि गणेश, भैरव र कुमारीको रथलाई मानिसहरूले तानेर राजधानीका तल्लो टोलहरू मरु, चिकंमुगल, मजिपाट, बोशीदेवल, ज्याबहाल, लगन, ब्रह्मटोल, हृयुमतः, क्वहिटी, भीमसेनस्थान भएर पुनः वसन्तपुरमा नै पुगेपछि जात्रा सकिएको थियो ।

जात्रामा सांस्कृतिक बाजागाजाहरू, पञ्चेबाजा, गुरुजुको पल्टन, सैनिक बैन्डबाजा, पञ्च बुद्ध (बैरोचन, अक्षभ्य, अमोघसिद्धि, अमिताभ र रत्नसम्भव) ले पनि नगरपरिक्रमा गरेका थिए । कुमारीको रथमा कुमारीको खड्ग र राजप्रतिनिधिका रूपमा राजखड्ग राखिएको थियो ।

  त्यस अवसरमा हल्चोकको आकाश भैरव (सव भकु), मजिपाः लाखेनाच, किलाघःका पुलुकिसी (ऐरावत हात्ती), भक्तपुरको महाकाली नाच पनि नचाउँदै नगरपरिक्रमा गराइएको थियो ।

रथलाई तान्दै लगिंदा ह्युमतः टोलमा पुग्दा त्यहाँ एकछिन रथलाई रोकेर जीवित देवीदेवतालाई ह्युमतः-घुमाइएको बत्ती) र जोशीदेवल पुग्दा त्यहाँ डबलीमा किलागलका ज्यापू समुदायद्वारा प्रस्तुत भइरहेकी देवी देखाइएको थियो ।

यात्रामा पर्ने बाटाका ठाउँठाउँमा राखेका भैरवका मूर्तिहरू नेपालभाषामा (हाथु द्य) मा जडित नलीबाट जाँडरक्सीको धारा बगाई देवीदेवतालाई चढाइएका थिए ।

बौद्ध धर्मावलम्बीहरूले यसै वर्षभरि दिवंगत भएका आफन्तका नाममा रथजात्रा गरेकै बाटामा स्तोत्रपाठ र दीप दान गर्दै नगरपरिक्रमा गरेका थिए ।

रथजात्रा सकी कुमारीलाई कुमारीघर भित्र्याएपछि इन्द्रको आमा भनिने डागीं निकाली बाजागाजाका साथमा नगरपरिक्रमा गराइएको थियो । डागींका साथ मृतकहरू स्वर्ग गएको हेर्न जाने भनी मृतकका आफन्तहरू पनि बाटाभरि सत्बीज छर्दै नगरपरिक्रमा गरेका थिए । त्यसको केहीबेरपछि उनीहरूको बाटो हेर्न जाने भनी नर्कटका लामो सर्पाकार बनाई त्यसमा पंक्तिबद्ध गरी बलेका दियोहरू राखी नगरपरिक्रमा गराएका थिए । नेपालभाषामा यसलाई ‘बौ मतः’ भन्ने गरिन्छ । डागींले नगरपरिक्रमा गरिसकेपछि यस वर्ष दिवंगत भएका आफन्तहरू डागींसँगै थानको ततिर अवस्थित इन्द्रदह (यूकी दह) मा स्नान गर्न जाने चलन छ । त्यहाँसम्म पुग्न नसक्नेहरूले इन्द्रदहकै पानी आइरहेको विश्वासले मरु हिटी (ढुंगे धारा) मा स्नान गर्ने गरिन्छ । हनुमानढोका परिसरमा गत सोमबार बिहान ७.१५ को शुभसाइतमा इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि साताव्यापी इन्द्रोत्सव सुरु भएको हो ।

भाषावंशावलीअनुसार इन्द्रोत्सवको अवसरमा यसरी कुमारीको रथयात्रा गर्ने परम्परा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल (वि.सं.१७९३-१८२५) ले चलाएका हुन् ।

 
 
 
 
 
 
 
 
प्रकाशित मिति: २०७० आश्विन २ ०८:४६
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s