भाद्र २४ – एमाले नै बढी समावेशी

भदौ २२, २०७० को कान्तिपुरमा ध्रुव सिम्खडाको ‘प्रमुख दलहरू कति समावेशी ?’ भनी लेखिएको लेख छापियो । निर्वाचनको मुखमा प्रकाशित यस्तो लेखले चुनावी मसला तयार हुने र निर्वाचनलाई नै प्रभाव पार्ने भएकाले एउटा अनुसन्धानकर्ता र राजनीतिक कार्यकर्ताका नाताले वास्तविकता के हो भनेर केही तथ्यसहित प्रस्तुत भएको छु । हुन त सिम्खडाजीले उक्त तथ्याङ्क विश्लेषणको आधार वैकल्पिक सदस्य नराखेको भनी प्रस्तुत गर्नुभएको छ । तर वैकल्पिक सदस्य नराख्ने हो भने पनि एमालेमा हाल ८१ जना पूर्ण सदस्य छन् र बुटवल महाधिवेशनबाट निर्वाचित पूर्ण सदस्यको संख्या ८६ रहेको थियो । तर उहाँले एमालेका ७३ पुरुष र ११ महिला गरी ८४ जना केन्द्रीय सदस्यको मात्र तथ्याङ्कको खण्डीकरण र विश्लेषण गर्नुभएको छ । हुन त तथ्याङ्क विश्लेषणका आ-आफ्ना आधारहरू हुन्छन्, सिम्खडाजीले कुनै आधारबाट तथ्याङ्कको विश्लेषण गर्नुभएको होला । तर एमालेले आफ्ना वैकल्पिक सदस्यलाई पनि केन्द्रीय सदस्यकै मान्यता दिने भएकाले उहाँले सवै सदस्यको तथ्याङ्कको विश्लेषण गर्नुभएको भए राम्रो हुने थियो ।

एमालेको २०६५ फागुन ५-१४ सम्म बुटवलमा सम्पन्न महाधिवेशनले ११६ जनाको केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । तर मनोनीत गरेर हाल केन्द्रीय कमिटीको संख्या ११७ पुर्‍याएको छ ।

बुटवलमा सम्पन्न आठौ महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनको पृ. ११४-१२२ सम्म राज्यको पुनःसंरचना, संघीय इकाइको निर्माण, शासन प्रणाली, मातृभाषा र भाषा प्रयोगको नीति, समावेशी लोकतन्त्रसम्बन्धी पार्टी नीतिबारे प्रस्ट उल्लेख गरेको छ । यो प्रतिवेदनले समावेशीकरणको अर्थ राजकीय तथा सार्वजनिक मामिलाहरूमा समावेश नगराइएका वा समावेश हुन नसकेका सामाजिक तथा सांस्कृतिक समूह, वर्ग लिङ्ग तथा क्षेत्रका मानिसहरूलाई नीति निर्माण तहमा सहभागी हुने अवस्था सिर्जना गर्नु हो भनेको छ । र यो प्रतिवेदनले दलित, महिला, आदिवासी, जनजाति, वर्गीय रूपमा शोषण र उत्पीडनमा परेका श्रमजीवी वर्ग र आर्थिक रूपले विपन्न समुदाय, पिछडिएको क्षेत्रलाई समावेश गर्नुपर्ने पक्ष किटान गर्दै उनीहरूको प्रतिनिधित्व र भूमिकालाई आत्मसात् गरेको छ ।

सिम्खडाजीको उक्त लेखमा विभिन्न दलका केन्द्रीय कमिटीको संख्यालाई आधार मानेर जातीय बनावट र प्रतिनिधित्वको ब्याख्या गर्ने कोसिस गरिएको छ । यहांँ उहाँले प्रस्तुत गर्नुभएका अन्य दलका तथ्याङ्कबारे हाम्रो टाउको दुखाइ होइन । हाम्रो सरोकार एमालेभित्रको समावेशीकरणको हो । उहाँले एमालेमा जातिगत जनसंख्यालाई बाहुनहरूको ५३.५७ प्रतिशत, क्षत्रीको १३ प्रतिशत, जनजातिको १०.७१ प्ा्रतिशत, दलितको ३.५ प्रतिशत, दसनामीको ० प्रतिशत, मुस्लिमको १.१९ प्रतिशत, थारुको ७.१४ प्रतिशत देखाउनुभएको छ । आखिर एमालेभित्र समावेशीको वास्तविकता के हो ? उहाँंको लेखमा एमालेको केन्द्रीय कमिटीमा १०.७१ प्रतिशत जनजाति रहेको देखाउनुभएको छ । तर हाल केन्द्रीय कमिटीमा रहेका जातिगत संख्यालाई तलको तालिकाबाट बुझ्न सकिन्छ ।

तालिकामा उल्लेखित तथ्याङ्कहरूमा पनि तराई दलित मिलाउँदा दलितहरूको संख्या ८ हुन आउँछ । यसरी हेर्ने हो भने एमालेमा ६.८४ प्रतिशत दलितहरूको प्रतिनिधित्व रहेको छ । त्यस्तै ठकुरीलाई पनि क्षत्री जातिकै अनुसूचीमा राख्ने हो भने एमालेमा ११.११ प्रतिशत ठकुरीसहित क्षत्रीहरूको प्रतिनिधित्व रहेको छ । समावेशी सिद्धान्तलाई आधार मान्ने हो भने एमालेले पछाडि पारिएको क्षेत्रबाट समेत प्रतिनिधित्व गराउँदै आएको छ । हाल यो क्षेत्रबाट केन्द्रीय कमिटीमा कर्णबहादुर थापाले प्रतिनिधित्व गर्छन् ।

कुल ११७ जना केन्द्रीय कमिटीमा २८ जना जनजाति छन् । त्यसमा पनि जनजातिहरूकै प्रतिनिधित्वलाई मात्र आधार बनाउने हो भने कुल जनजातिहरूमा नेवारको २८.५७ प्रतिशत, भुजेल र तामाङको ३.५७, लिम्बुको १०.७१, राईको १४.२८ प्रतिशत र अन्य जनजातिहरू जस्तै सुनुवार, गुरुङ, तामाङ र सवै जनजातिको प्रतिनिधित्वलाई हेर्ने हो भने कुन जातिका कति भनेर थकाली, चौधरी आदिको प्रतिनिधित्व रहेको छ । त्यस्तै तराई दलितदेखि दुर्गम क्षेत्रको समेत केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराइनुले एमाले आफैमा समावेशी अभ्यासलाई प्राथमिकता दिने सवैभन्दा पहिलो पार्टी हो ।

सातौं महाधिवेशनबाट निर्वाचित हुँदा एमाले केन्द्रीय कमिटीको संख्या ५९ थियो र ६ जना महिला सदस्यहरू थिए, प्रतिशतका हिसाबले त्यतिबेला एमालेमा ३.५४ जना सदस्यहरू थिए । तर बुटवल महाधिवेशनबाट २१ जना महिला आए र प्रतिशतमा यो १८.१० प्रतिशत थियो । हो निश्चित रूपमा नेपाली कांग्रेसको ८१ जना केन्द्रीय सदस्यमा महिलाहरूको संख्या १७ छ । सानो कमिटीमा प्रतिशतका हिसाबले हेर्ने हो भने प्रतिशतका आधारमा महिला समावेशीकरणमा कांग्रेस अगाडि देखिएला, तर संख्यात्मक आधारले हेर्ने हो भने कांग्रेसभन्दा एमाले नै अगाडि देखिन्छ ।

– कल्याण रोका

सदस्य, एमाले संघीय मामिला केन्द्रीय विभाग

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=304638

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s