निजामती दिवस

कतै उत्साह, कतै बहिष्कार

नेपालगन्ज, भाद्र २२ –
वर्षभरि सर्वसाधारणको सेवामा जुट्ने निजामती कर्मचारी शनिबार भने आफ्नै हक अधिकार र राम्रो सुविधाको वकालतमा व्यस्त रहे । र्‍याली र सभामात्र भएनन्, मनोरञ्जनका लागि खेलकुद लगायतका विविध कार्यक्रम भए । तर, निजामती पुरस्कार छनोटमा कर्मचारी संघ-संगठनको विरोधले अघिल्ला वर्षका तुलनामा सहभागी भने कम देखिए ।

बाँकेका निजामती कर्मचारीहरूले अहिले पनि आफूहरू असुरक्षित रहेको बताएका छन् । गाविसमा कार्यरत सचिवहरूलाई नेताहरूले जबरजस्ती गर्नै नहुने र नमिल्ने काम गर्न बाध्य पार्दै आएको भन्दै सुरक्षा माग गरेका छन् । शनिबार निजामती सेवा दिवसका अवसरमा जिल्लाभरबाट भेला भएका कर्मचारीले असमान तलब भत्ताका कारण निम्नस्तरका कर्मचारी समस्यामा पर्दै आएको बताए ।

सुशासन र सदाचार, निजामती सेवाको आधार भन्ने नाराका साथ दिवस मनाइरहेका कर्मचारीहरूले बाँके जिल्लाबाट यो वर्ष अवकाश प्राप्त २६ जना कर्मचारीलाई सम्मान समेत गरे । कार्यक्रममा जिल्लाका सुरक्षा अधिकारी, न्यायाधीश, चिकित्सकहरू भेला भएका थिए । तीजको रमझम छाडेर आएका महिला कर्मचारीले हक अधिकारको माग र शोषणको विरोध गरे  ।

हुम्लामा बहिष्कार

हुम्ला -कास)- निजामती कर्मचारीले निजामती सेवा दिवसका कार्यक्रम बहिष्कार गरेपछि सिमकोटमा निकालिएको र्‍यालीमा निजामती कर्मचारीभन्दा बढी सेना, प्रहरी र संघ-संस्थाका कर्मचारी देखिएका छन् ।

कार्यालय प्रमुखलगायत एक दर्जन कर्मचारीभन्दा बढीको उपस्थिति थिएन । निजामती सेवा दिवसको अवसरमा दिइने पुरस्कार निष्पक्ष नभएको भन्दै निजामती कर्मचारीले केन्द्रको निर्देशन भन्दै बहिष्कार गरेको एक कर्मचारीले बताए । माथिल्ला निकायले बहिष्कार गरेपछि जिल्ला तहमा पनि त्यसको असर परेको हो ।  

सीडीओ टोलीलाई खसी

प्यूठान -कास)- निजामती सेवा दिवसको अवसरमा शनिबार आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रमुख जिल्ला अधिकारीको समूह प्रथम भएको छ । प्रथम हुने समूहलाई जिल्ला विकास समितिले प्रमाणपत्र र एउटा खसी पुरस्कार प्रदान गरेको छ । डोरी तान्ने प्रतियोगितामा नेपाली सेनाका सेनानी धनबहादुर महर्जनको समूह विजयी भएको छ ।

दुई सय मिटर महिला दौड प्रतियोगितामा प्रथम जवुना साउत, द्वितीय जिविसमा कार्यरत बालिका केसी, तृतीय जिविसका सामाजिक परिचालक पि्रयंका आचार्य र सान्त्वना जिल्ला बाल कल्याण समितिका बाल अधिकृत सुशीला सिंखडा भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूलाई क्रमशः एक हजार पाँच सय, एक हजार, पाँच सय र तीन सयसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

कर्मचारी सम्मानित

जाजरकोट -कास)- निजामती सेवा दिवसको अवसरमा जिल्लामा कार्यरत चार कर्मचारी सम्मानित भएका छन् । कार्यसम्पादनका आधारमा उत्कृष्ट नम्बरमा रहेका ती कर्मचारी सम्मानित भएका हुन् । जिल्ला ऊर्जा अधिकृत धर्मराज बगाले, जिल्ला वन कार्यालयका नायब सुब्बा ऋषभदेव खनाल, जिल्ला प्रशासन कार्यालयकी खरिदार भवानी रावत र सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी यज्ञबहादुर डाँगी सम्मानित भएका छन् । अनुशासित, नियमित र जेवाफदेही रूपमा जनताको सेवा प्रवाह गरेकाले बागेश्वरी असल शासन क्लब जाजरकोटले उनीहरूलाई सम्मानित गरेको अध्यक्ष रेशमबहादुर शाहीले बताए ।

प्रकाशित मिति: २०७० भाद्र २३ ११:४३

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=304546

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s