‘गाईजात्रा’ विकृतिलाई व्यंग्य

विश्वनाथ खरेल
गाईजात्राको चलन नेवार समुदायमा मनाइने ठूलो पर्व हो । यो पर्व जहाँ जहाँ नेवारहरूको बसोबास छ, त्यहाँ विशेष रुपमा मनाइएको पाईन्छ । काठमाडौं उपत्यकामा यो पर्व ज्यादै रोचक तथा घोचक रुपमा मनाईन्छ । यो पर्व श्रावण पूर्णिमाको भोलिपल्ट भाद्र महिनाको परेवाका दिन पर्दछ । यस पर्वकादिन वर्ष दिन भित्र जस–जसको घरबाट मानिस मरेको छन् उस्को सम्झनामा घरबाट गाईजात्रा निकाल्ने चलन रहि आएको छ । गाईजात्राको दिन गाई घुमाउनुको अर्थ हो मरेका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो हुन्छ र यमराजले पनि स्वर्गको ढोका खोलीदिन्छ भन्ने जनधारणा रहेको छ । यस दिन गाई निकाल्ने घरमा आफ्नो छोरीबेटी, इष्टमित्र, गाउँटोलका सम्पूर्ण मानिसलाई बोलाई भोज खुवाउने गरिन्छ । काठमाडौं टोल टोलमा पु¥याएर नाच्दै–घुमाउँदै आफ्नो घरमा फर्कने गर्दछन् । यस दिन स्वर्गको ढोका खुला हुन्छ । गाईलाई यसरी घुमाउनाले मृतक स्वर्ग जान सक्छ भन्ने जनधारणा रहेको छ ।
    गाईजात्राको शुरुवात कहिले देखि नेपालमा भयो भन्ने कुराको चासो हुनु स्वाभाविकै छ । ऐतिहासिक पृष्टभूमिलाई हेर्दा भक्तपुरका मल्ल राजा जगतप्रकाश मल्लको पाला देखि यो पर्व चलेको पाइन्छ । तत्कालिन मल्ल राजाले जनताको अभिब्यक्ति के कस्तो किसिमको छ ? भन्ने कुरा जान्नको लागि यो चलन चलाएका रहेछन् । त्यसपछि राजाले गाईजात्रा महोत्सव चलाई जनतालाई चित्त नबुझेका कुरा राजा, राज्य, शासन समाज आदिका समसामयिक विषयमा निर्धक्कसाथ बोल्न र हिड्न पाउने अधिकार दिए । यसप्रकार प्रजातन्त्रको आभास दिने खालको चलन राजा जगतप्रकाशले सुरुवात गरे । त्यस बेलादेखि जनताले गरेका आलोचनाहरू राजाका गुप्तचरहरूले बटुली राजासमक्ष पेश गर्दथे । त्यस बेलाका शासकहरूलाई आफूले गल्ती गरेको गलत कानून र शासनव्यवस्थालाई सुधार गर्दै लग्ने अवसर पाएका  थिए । यसबाट राजा र जनतामा राम्रो सम्बन्ध कायम भएको थियो । तसर्थ जनता र राजाका बीच सम्बन्ध सुमधुर भयो । पछि गएर राजा र जनताका बीच छलफलको लागि एक सन्देशमूलक रुपमा गाईजात्राको परम्परा सुरुवात भयो ।
अन्त्यमा भन्नुपर्दा हाम्रो समाजमा विभिन्न प्रकारका पर्वहरू छन् । त्यसमध्ये गाई जात्रा पनि एक हो । नेवारी समुदायमा अहिलेसम्म पनि एउटा लोकप्रिय जात्राका रुपमा यसलाई मनाइँदै आएको छ । यो पर्व सर्वप्रथम प्रताम मल्लको पालादेखि चलेको हो । गाईजात्रा हामी नेपालीको पहिचान हो । पहिले यो नेवार समुदायमा मात्रै मनाउने गरिएकोमा अहिले अन्य समुदाय पनि विभिन्न क्रियाकलापमार्फत यसमा सहभागी हुन्छन् । त्यसमध्ये गाई जात्रा पनि एक हो । हाम्रो मुलुक पर्वै पर्वहरूको देश हो । गाईजात्राको अवसर पारेर थुप्रै कलाकारले विभिन्न हास्यव्यंग्य कार्यक्रम प्रस्तृत गर्छन । देशका विभिन्न क्षेत्रमा रहेका विकृति र विसंगतिमाथि व्यंग्य गर्दै सबै नेपालीलाई मनोरञ्जन प्रदान गर्छन ।
हाम्रा पुर्खाले गाईजात्रालगायतका अन्य थुप्रै संस्कृति र चाडवर्पको सुरुआत गरेर तिनको निरन्तरता एवं संरक्षण गर्न हाम्रा हातमा सुम्पिएका छन् । त्यसैले देशमा विदेशी भाषा, शैली र परम्परा भित्रियो भन्दैमा आफ्नो देशको धर्म, संस्कृति, भाषा र शैलीलाई चटक्क बिर्सिन हुँदैन । गाईजात्रा त हाम्रो संस्कृतिको एक नमुनामात्र हो । यस्ता जात्रा हाम्रो देशमा थुप्रै छन् र तिनको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । यहाँ छरिएर बसेका विभिन्न जाति जनजातिहरूले मनाउने पर्वहरूमा नेपाली रहनसहन, जीवनपद्धति, धार्मिक विश्वास र सहिष्णुता, सामाजिक परम्परा, आर्थिक सम्पन्नता आदिको चित्रण पाइन्छ । गाईजात्राले कुनै पनि सरकारको कार्यशैलीलाई जनमुखिरुपमा जस्ताको तस्तै रुपमा छर्लङ्ग उत्तानु नै वास्तविक हो । काठमाडौं उपत्यकाको नेवार समुदायमा हरेक वर्ष गाईजात्रा महोत्सव मनाउँदै आइरहेको छ । यस पर्वले सामाजिक एवं राजनीतिक विकृतिहरूलाई व्यंग्यत्मकरुपमा प्रस्तुत गरिन्छ । हाम्रो देशमा पञ्चायती व्यवस्था अन्त्य गर्न र लोकतान्त्रिक व्यवस्था स्थापना गराउन समेत गाईजात्रा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । अतः परापूर्वकालदेखि समाज, राष्ट्र, आदिलाई सचेत र सजग बनाउने कार्य गाईजात्रा परम्पराले गर्दै आएको कुरामा कसैको दुईमत नहोला ।
नयाँ बानेश्वर, काठमाडौं ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s