को कहाँबाट लड्दै छन् ?

leaders

काठमाडौ, भाद्र १७ – संविधानसभा चुनावका लागि निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्न करिब तीन साता बाँकी रहँदा राजनीतिक दलका नेताहरू उठ्ने क्षेत्रबाट धमाधम नाम सिफारिस हुन थालेको छ । दलहरूले प्रत्यक्षका लागि असोज १० गते आयोगमा उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।

एमाओवादी शीर्ष नेताहरू अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं १० र धुनषाबाट, बाबुराम भट्टराई गोरखाबाट र नारायणकाजी श्रेष्ठ उपत्यकाबाट उठ्ने भएका छन् ।

यस्तै कांग्रेसका सभापति सुशील कोइराला बाँके १ र ३ बाट, उपसभापति रामचन्द्र पौडेल तनहुँ २ बाट र महामन्त्री प्रकाशमानसिंह काठमाडौं १ बाट सिफारिस भएका छन् ।

वरिष्ठ नेता शेरबहादुर देउवाको क्षेत्रबारे पार्टीले खुलाइसकेको छैन ।

एमाले अध्यक्ष झलनाथ खनाल इलाम १ र काठमाडौं ९ बाट, वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट १ र काठमाडौं २ बाट, नेता केपी ओली झापा ७ बाट र संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका एमाले नेता सुवास नेम्वाङ इलाम २ बाट उठने तयारीमा छन् । मधेसी दलहरूका शीर्ष नेताहरू प्रायः अघिल्लो पटककै क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मोरङको कुनै एक र सुनसरी ५ बाट, फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदार सुनसरी ३ र अन्य कुनै एक क्षेत्रबाट, तमलोपा अध्यक्ष महन्थ ठाकुर सर्लाही ६ बाट र फोरम नेपाल अध्यक्ष महेन्द्र राय यादव सर्लाही ४ बाट उठ्ने पक्कापक्की छ ।

यस्तै सदभावना अध्यक्ष राजेन्द्र महतो सर्लाही ४ बाट, राष्ट्रिय मधेस समाजवादी अध्यक्ष शरतसिंह भण्डारी महोत्तरी ६ बाट, तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी नवलपरासी ६ बाट र तमलोपा नेपालका उपाध्यक्ष अलाउद्दिन अन्सारी नवलपरासी ५ बाट चुनाव लड्ने तयारीमा छन् ।

एमाओवादीले जुन क्षेत्रको जिम्मा त्यही क्षेत्रको उम्मेदवार बनाउने तयारीसहित प्रमुख नेताको कार्यविभाजन हेरफेर गर्ने भएको छ । तर कार्यविभाजनमा नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएपछि आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठकसमेत स्थगन भएको छ । निर्वाचनमा अध्यक्ष दाहाललाई मिथिला, भट्टराईलाई अवध, श्रेष्ठलाई उपत्यका, पोस्टबहादुर बोगटीलाई थारूवान, वर्षमान पुनलाई पूर्वी, कृष्णबहादुर महरालाई मगरात, टोपबहादुर रायमाझीलाई पश्चिम जिम्मा दिनेबारे आइतबार बैठकमा छलफल भएको छ ।

एमाओवादीका बोगटीलाई थारूवानको कुनै क्षेत्र र नुवाकोटबाट र पुनलाई पूर्वबाट उठाउने तयारी छ । एमालेबाट आएका रामचन्द्र झालाई मधेसको इञ्चार्ज बनाइँदै छ भने उपत्यका संयोजक देवेन्द्र पौडेल काठमाडौं ९ बाट उठ्ने तयारी छ ।

प्रवक्ता अग्नि सापकोटाले २ सय ४० निर्वाचनबाट आएको रिपोर्टअनुसार निर्वाचनका लागि कार्यविभाजन अघि बढाइएको बताए ।

एमाले स्रोतका अनुसार यसअघि निर्वाचित भएको इलाम १ बाट नाम सर्वसम्मत हुन नसकेपछि अध्यक्ष खनालले राजधानीबाट समेत प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् । इलाम १ बाट खनालसहित काजीमान कागते, वीरबहादुर लाप्चा, खिनु लङवा र रत्न अधिकारीको नाम पनि सिफारिस छ । इलाम ३ मा पनि सहमति नजुटेपछि महेश बस्नेत, भक्त केसी, टेकबहादुर राई, कृष्ण श्रेष्ठ र पदम भण्डारीलाई सिफारिस गरिएको छ । काठमाडौं ९ बाट पनि अध्यक्ष खनालसँगै पार्टीका उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठ र महिला सदस्य शोभा सापकोटाको नाम सिफारिस छ । अघिल्ला निर्वाचनमा त्यस क्षेत्रमा श्रेष्ठले उम्मेदवारी पाएका थिए ।

कांग्रेसका अनुसार बाँके १ र ३ मा कोइरालाको नाम सर्वसम्मत भएको हो । अघिल्लो संविधानसभा चुनावमा बाँके ३ बाट पराजित भएका कोइरालालाई पार्टीको सुरक्षित क्षेत्र भन्दै क्षेत्र नं. १ बाट पनि सिफारिस गरिएको हो । कांग्रेस उपसभापति पौडेल भने आफ्नो गृहक्षेत्रबाट समेत सर्वसम्मत हुन सकेनन् । तनहुँ २ बाट पौडेलका साथमा तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ, ध्रुव वाग्ले र रामचन्द्र पोखरेलको नाम पनि सिफारिस भएको छ ।

तनहुँ १ बाट कांग्रेसमा भ्रष्टाचारको आरोप खेपिरहेका पूर्वमन्त्री गोविन्दराज जोशी, युवा नेता शंकर भण्डारी, रघुनाथ पौडेल र गोविन्द भट्टराईको नाम आएको छ । कांग्रेसमा काठमाडौं २ बाट उपेन्द्र कार्की, लोकश ढकाल, दीपक कुइँकेल र क्षेत्र ४ बाट गगनकुमार थापा, चिरञ्जीवीनिधि तिवारी, न्युछेमान श्रेष्ठ सिफारिसमा परेका छन् ।

क्षेत्र ५ बाट नरहरि आचार्य, रमेश खडका, श्यामबहादुर खड्का, क्षेत्र ६ बाट सुवुव बानियाँ, भीमसेनदास प्रधान, इन्द्रमान महर्जन, क्षेत्र ८ बाट मोहनबहादुर बस्नेत, नवीन्द्रराज जोशी र कृष्ण अमात्य सिफारिसमा परेका छन् । यस्तै क्षेत्र नं ९ बाट ध्यानगोविन्द रञ्जित, धर्मराज गौतम र तीर्थराम डंगोल तथा क्षेत्र १० मा राजन केसी, राजकुमार नकर्मी र धनश्याम गिरी सिफारिस भएका छ् ।

यस्तै ललितपुरमा क्षेत्र १ बाट मथुरा घिमिरे, मीनकृष्ण महर्जन, केवलबहादुर लामासहित १२ जनाको र क्षेत्र २ बाट रामकृष्ण ताम्राकार, जगतराज शाक्य र चन्द्र महर्जनको नाम कांग्रेसले पाएको छ ।
प्रकाशित मिति: २०७० भाद्र १७ ०८:३५

Source :- See more at: http://www.ekantipur.com/np/2070/5/17/full-story/375081.html#sthash.PY6xRAF1.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s