आज गाईजात्रा(फोटो फिचर सहित)

काठमाडौ, भाद्र ६ – वर्षभरि मरेका आफन्तले मोक्ष पाउन भन्ने कामनाका साथ परिवारले गाईलाई नगर पक्रिमा गराई विहीवार गाईजात्रा पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्रकष्ण प्रतिपदाका दिन स-साना बालकलाई एकातिर गाईको अनुहार अंकित र अर्को तर्फ गणेशको चित्र राखेको पेरुंगाको टोपी लगाइदिएर तास वा कुनै राम्रो कपडाको चोलो र जामा लगाउनदिई पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाएर गाई बनाई नगर परिक्रमा गराइँछ ।

जात्रामा गाई, गाई र जोगीका भेष धारण गरेकालाई छत्रले ओडाई साथमा विभिन्न साँस्कृतिक बाजागाजा साथै बैण्ड बाजा बजाएर पनि नगर परिक्रमा गराउँछन् । त्यसरी परिक्रमा गर्ने गाइलाई बाटामा बसेर दिवंगतका नाममा रोटी फलफूल, दुध आदि वितरण गर्छन् ।

ललितपुरमा पाटनदरवार क्षेत्रस्थित कृष्ण मन्दिरअगाडि गाईजात्रामा भाग लिने सबै भेला भएर एकै पल्ट नगर परिक्रमा गराउँछन् । यस वर्ष पनि आयोजक कोही नभएकाले बासुदेव श्रीकृष्ण कै तर्फबाट गाईजात्राको आयोजना हुने हुंदा बिहीवार विहान १० बजे श्रीकृष्णमन्दिर मंगल बजारमा गाईजात्रामा भाग लिनेहरु भेला हुने भनी नगरावासीहरुलाई सूचना गरेको छ । त्यो सूचना गर्दा ‘नायखीं बाजा (कसाईं बाजा) बजाउर्दै नगर पिरिक्रमा गर्ने गर्छन् । दोबाटो र चौबाटोमा पुगेपछि बाजा बजाउन रोकी ठूलो स्वरले सूचना दिन्छन् । यो एक प्रकारका मल्लकालीन जनसंचार हो ।

उपत्यकामा बिहीबार मनाइदैं गरिएको गाइजात्राको केही झलक । तस्विरहरुः मकर श्रेष्ठ

 
 
 
 
 
 
प्रकाशित मिति: २०७० भाद्र ६ ११:२२
 
 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s