अन्तर्राष्ट्रिय गहुँ वैज्ञानिकको भेला

मैना धिताल
delhi
नयाँ दिल्लीमा आयोजित ‘२०१३ बोर्लग ग्लोबल रस्ट इनिसिएटिभ-बीआरआई) टेक्निकल वर्कसप’ चार दिने अन्तर्राष्ट्रिय भेलाका सहभागी । तस्विरः मैना

नयाँ दिल्ली, भाद्र ६ – गहुँमा लाग्ने घातक रोग सिन्दुरेबाट गहुँ बाली संरक्षण गरी खाद्यान्नको दिगो उत्पानका लागि सहकार्य गर्न अन्तर्राष्ट्रिय गहुँविज्ञ र सरोकारवालाले आह्वान गरेका छन् ।

नयाँ दिल्लीमा सोमबारदेखि सुरु भएको ‘२०१३ बोर्लग ग्लोबल रस्ट इनिसिएटिभ (बीजीआरआई) टेक्निकल वर्कसप’ चारदिने अन्तर्राष्ट्रिय भेलामा उनीहरूले गहुँ उत्पादनमा हालसम्म भएका प्रगति र चुनौतीबारे छलफल गर्दै भावी रणनीति तय गर्दै छन् । बीजीआरआई र इन्डियन काउन्सिल अफ एगि्रकल्चरल रिसर्च

(आईसीएआर) ले संयुक्त रूपमा आयोजना गरेको यो कार्यक्रममा वैज्ञानिक, किसान, प्रफेसरलगायत करिव ४ सय प्रतिनिधि सहभागी छन् ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीले त्यसको उद्‍घाटन गर्दै खाद्यान्न उत्पादनको उल्लेख्य वृद्धिबाट मात्रै गरिबी निवारण, खाद्य अपर्याप्तताको समाधान र ग्रामीण रोजगारी सिर्जना तथा आय वृद्धिको अन्तरनिहित उद्देश्य पूरा गर्न सकिने बताए । गहुँमा लाग्ने सिन्दुरे रोग दिगो उत्पादनमा जहिले पनि चुनौती बनेको औल्याउँदै उनले थपे, ‘झन्डै ९० प्रतिशत गहँका जात विभिन्नखाले सिन्दुरे रोगको जोखिममा छन् ।’ यस्ता रोग प्रतिरोध गर्ने र उच्च उत्पादन दिने खालका गहुँका बीउको विकास गरेर हरित क्रान्तिका पिता डा. नर्मन बोर्लगले विश्वका मानिसलाई भोकमरी र उत्पीडनबाट बचाएको राष्ट्रपतिले उल्लेख गरे । यो वर्ष बोर्लगले भारतमा उच्च उत्पादकत्व भएका गहँु बाली सुरु गरेको ५० वर्ष पुगेको छ ।

कृषि तथा खाद्य प्रशोधन उद्योग मन्त्री शरद पवारले बोर्लगको योगदानका कारण भारतमा गहँु उत्पादन सन्् १९६० को दशकको तुलनामा हाल नौ दोब्बरले वृद्धि भई ९ करोड ५० लाख टन हाराहारीमा पुगेको जानकारी दिए । ‘सोही कारण भारतमा गहुँको सफलता निकै अगाडि बढिसकेको छ र हामी खाद्यान्नमा निर्भरमात्रै नभई खाद्यान्न र यसका उत्पादनको निर्यातकर्ता भएका छौं,’ उनले भने, ‘यो वर्ष भारतको कृषिजन्य वस्तुको निर्यात २ दशमलव ३२ लाख करोड भारु पुगेको छ ।’

बोर्लगले म्याक्सिकोबाट उच्च उत्पादकत्व र रोग प्रतिरोधात्मक गहुँको जात ल्याएर भारत र दक्षिण एसियामा त्यसलाई विस्तार गरेका

थिए । पहिलोपटक सन् १९६३ मा भारत आएका बोर्लगले भारतलगायत दक्षिण एसियाका मुलुकमा उत्पादन बढाउन थुप्रै काम गरे । भारत, पाकिस्तानलगायतका मुलुकको बढ्दो जनसंख्यालाई भोकमरीको अवस्थाबाट जोगाएर खाद्य सुरक्षा कायम गर्न बोर्लगको विशेष योगदान छ । नेपाल, बंगलादेश, भुटानजस्ता साना मुलुकमा पनि यो क्रान्तिको प्रभाव पर्न गयो । विश्वको खाद्य सुरक्षामा हरित क्रान्तिमार्फत उनले दिएको योगदानस्वरूप बोर्लगले नोबल शान्ति पुरस्कार पनि प्राप्त गरेका छन् ।

नार्कका कार्यकारी निर्देशक दिलबहादुर गुरुङले उच्च उत्पादकत्व भएका बीउका जात विकास गरी नेपालको खाद्यान्न उत्पादन वृद्धिमा बोर्लगको योगदान महत्त्वपूर्ण रहेको औल्याए । उनको अभियानअन्तर्गत थुप्रै वैज्ञानिकले प्रशिक्षण लिइसकेका छन् । नेपालले गहुँमा लाग्ने विभिन्न खाले सिन्दुरेरोग अवरोधक ३ दर्जनभन्दा बढी जात विकास गरिसकेको नार्कले जनाएको छ । पछिल्लो समय पहेंलो सिन्दुरे रोग अवरोधका लागि बीएल ३२३५ र ३५०३ उन्मोचनका लागि सिफारिस भएका छन् भने यूजी ९९ अवरोधक जात एनएल १०६४ र १०७३ पनि सिफारिसको तयारीमा रहेका छन् ।

गत वर्ष यूजी ९९ प्रतिरोधात्मक गहुँको बीउ विकास गर्ने नार्कका पाँच वैज्ञानिकलाई बीजीआरआईले ‘जिन स्टेवार्डसिप अवार्ड’ प्रदान गरेको थियो । सन् १९६५/६६ मा करिब १ लाख हेक्टरमा १ लाख १२ मेटि्रक टन गहुँ उत्पादन हुने गरेकोमा गत आवमा करिब ७ सय ६० हेक्टरमा झन्डै १९ लाख टन उत्पादन भएको छ । नेपालले निर्यात गर्ने मुख्य खाद्यान्न बालीमा गहुँ पनि पर्छ ।

विश्व खाद्य सुरक्षामा गहुँको महत्त्वपूर्ण योगदान रहे पनि यसमा लाग्ने विभिन्न खाले सिन्दुरे (रस्ट) रोग ठूलो चुनौतीको रूपमा देखिएका छन् । पहेलो सिन्दुरे (यलो रस्ट) ले समेत विश्वभरि नराम्ररी गहुँ बालीमा असर पुर्‍याइरहेको छ । यूजी ९९ को नामले चिनिने कालो सिन्दुरेको जोखिम उत्तिकै छ । 
प्रकाशित मिति: २०७० भाद्र ६ १०:१३

Source- See more at: http://www.ekantipur.com/np/2070/5/7/full-story/374426.html#sthash.moLFlqeJ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s