पुनर्निर्माणमा मुक्तिनाथ

शिव शर्मा
muktinatha temple

मुस्ताङ, असार २ – ढल्किएर भत्कने खतरामा रहेको प्रमुख धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ मन्दिरको  पुनर्निर्माण सुरु गरिएको छ । 

जगमा पानी पसेर  र्षौदेखि ढल्किएर कुनै पनि बेला भत्किने अवस्थामा पुगेको मन्दिरको संरक्षणका लागि सरकारले निर्माण अघि बढाएको हो । 

हिन्दु र बौद्धमार्गीको पवित्र स्थल दर्शन गर्न स्वदेशी र विदेशका विभिन्न स्थानबाट बर्सेनि लाखौं तीर्थयात्री आउँछन् । स्थानीय लामाले क्षमा पूजा गरी गत बुधबारदेखि मन्दिर भत्काएर निर्माण थालिएको छ । पुनर्निर्माणको जिम्मा पुरातत्व विभागले पाएको छ । मन्दिर चार महिनाभित्र पूरा गर्ने लक्ष्य विभागले  लिएको छ ।

‘मन्दिर कुनै पनि बेला ढल्ने अवस्थामा थियो,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘मन्दिर संरक्षण गर्न पुनर्निर्माण सुरु गरिएको हो ।’ उनका अनुसार यो वर्ष मन्दिर पुनर्निर्माणका लागि सरकारले १ करोड रुपैयाँ छुट्टयाएको बताए । हरेक वर्ष मन्दिरको पुनर्निर्माण हुने उनले जानकारी दिए ।  ठेक्का रफिना राज पञ्चली भैरव नामक कम्पनीले  लिएको छ । चार फिट गहिरो खाडल खनेर निर्माण सुरु गरिएको मन्दिरको जगमा पसेको पानी निकालेर ढुङ्गा र ग्रेबल भरिने दाहाले जानकारी दिए ।

करिब आठ वर्षअघि नै मन्दिर सामान्य रूपमा ढल्किएकोमा अहिले कुनै पनि बेला भत्कने अवस्था आएपछि पुनर्निर्माण सुरु भएको हो । मन्दिरको मुख्य मूर्ति बाहेक गजुर र संरचना सबै भत्काएर पुरानै ढाँचामा बनाउन थालिएको हो । ‘मन्दिर ढल्किएर चिरा परेकाले संरचना नै भत्काउनु परेको हो,’ विभागका इन्जिनियर नारायण बोहोराले भने, ‘जगमा पानी मिसिएको हिलो माटोले खोल्दै लगेकोले मन्दिर ढल्किएको हो ।’ उनले मूर्ति निकालेर निर्माणको काम छिटो सकिने भए पनि मूर्ति ननिकाली काम गर्दा लामो समय लाग्ने बताए । पुनर्निर्माणको काम गर्दा यहाँ आउने भक्तजनलाई पूजाका लागि कुनै समस्या नहुने बोहोराले जानकारी दिए । 

विसं १८७१  मा निर्माण भएको मन्दिर दिनहुँ सयौंको संख्यामा हिन्दु तथा बौद्ध धर्मावलम्बी दर्शन गर्न आउँछन् । संसारकै पाँच धाममध्येको एक मानिने मुक्तिनाथ मन्दिर थोरङगला हिमालको फेदीमा ३ हजार ७ सय १० मिटरको उचाइमा छ । मन्दिरमा भगवान विष्णु, देवी लामी र गरुड भगवनाको सुनको मूर्ति छ । मुक्तिनाथलाई हिन्दुले मुक्तिदाता र बौद्धहरूले छुमिङ ग्यासा (य धारा) का रूपमा आस्था राखी पूजा गदै आएका छन् । मन्दिरमा रहेको १ सय ८ धारा लोकपि्रय मानिन्छ ।

‘संसारमै ख्यातिप्राप्त धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथ क्षेत्रको संरक्षण हुनु जरुरी छ,’ मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा निमित्त प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले भने, ‘मन्दिर खतरामा परेपछि नै संरक्षणको काम सुरु भएको हो ।’
प्रकाशित मिति: २०६९ असार २ ११:००

Source :- See more at: http://www.ekantipur.com/np/2069/3/2/full-story/349586.html#sthash.k3OnssiQ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s