प्याजको बढ्दो मूल्य र घट्दो आपूर्ति

विश्वनाथ खरेल ,
  कृषि प्रधान मुलुक त्यो पनि पहाडदेखि तराईसम्म सजिलै उत्पादन गर्न सकिने प्याजको मूल्यले आकास छोएको छ । तर पनि हामी प्रत्येक वर्ष यस्तै समस्या झेल्न विवश छौं । कृषि विज्ञहरुले प्याजको आयातलाई रोक्न र मूल्य वृद्धिबाट बच्नका लागि बेमौसमी प्याज खेतीतर्फ राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । भारतबाट दैनिक एक सय ५० मेट्रिक टन भित्रिने गरेको प्याज हाल दैनिक राजधानीमा ४५ मेट्रिक टन आउने गरेको छ । देशको मागअनुसार स्थानीयस्तरबाट उत्पादन हुन नसक्दा प्याज भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ । भारतमा पनि बढी प्याज उत्पादन हुने क्षेत्रमा लगातार वर्षा भएकोले प्याजको उत्पादनमा कमी आई भारतमा नै मूल्य वृद्धि भएको छ । भारतीय बजारमा पनि मुस्लिम पर्व रमजानयता प्याजको मूल्य ३० प्रतिशतसम्म बढेको छ ।
  नेपाल भारतसँग प्याजमा भर पर्नु परेकाले आयात कम भएपछि मूल्यमा वृद्धि हुने हो र प्याज उत्पादनका लागि अहिले सिजन नभएको र मुलुकमा उत्पादन भएको प्याजलाई भण्डारण गर्ने प्रविधिको अभाव र भारतबाट आयात हुने प्याज पनि कम हुने भएकोले हाल प्याजको भाउ निकै उच्च भएको हो । नेपालमा प्याज खेती हिउँद लागेपछि मात्रै सुरु हुने भएकाले मूल्य आफैं अकासिने सम्भावना छ । आजकाल प्याज मासु लगायत हरेक किसिमका तरकारीका लागि अनिवार्य जस्तै हुँदै आएको छ । यो अवस्थामा मूल्य बढ्नुको साथै बजारमा जहाँ तही नपाइँदा उपभोक्ताले अप्ठ्यारो महसुस गर्नु स्वाभाविक हो । यसको अर्थ सरकार अब चुप लागेर बसोस् भन्ने होइन । खानाका लागि अनिवार्य सर्त बनिसकेको प्याज सस्तो मूल्यमा उपलब्ध गराउन सरकार प्रतिबद्ध हुनुपर्छ । यदि, तेस्रो मुलुकमा सस्तो दरमा पाइन्छ भने त्यतातिर पहल गर्नु सरकारको कर्तव्य हो ।     तर पछिल्ला केही घटनाक्रमलाई हेर्दा लाग्छ, हाम्रो सरकारलाई जनताको समस्याले पटक्कै पिरोल्दैन । मूल्य पाँच गुणाले बढेकाले प्याजको महँगीका विषयमा हंगामा मच्चिएको हो । हरेक भान्साको लागि प्याज पनि एक किसिमको मसलाजन्य वा तरकारीको रुपमा प्रयोग गरिने गरिन्छ । यो बालीको खेती देशको हिमाल, पहाड र तराई सबै क्षेत्रमा गरिने गरिन्छ । हाल आएर देशको बजार क्षेत्रमा प्याजको मूल्य प्रतिकिलो खुद्रा न्यूनतम मूल्य एक सय २० रूपैयाँ छ । यहाँको उत्पादन सामान्य चैतपछि मात्रै बजारमा आउने भएकाले यतिबेला भारतीय उत्पादनमै निर्भर हुनुपर्छ । गत वर्ष कालिमाटीमा बिक्री भएको प्याजमध्ये झन्डै ९७ प्रतिशत प्याज भारतबाट आएको थियो । प्याज दैनिक भान्सामा नभै नहुने मसलादारको रुपमा प्रयोग हुने एक प्रकारको मसला हो । यसको खास गरीकन तरकारीको रूपमा वा मसलाको रुपमा प्याजको प्रयोग गरिँदै आएको छ । भान्साको अत्यावश्यक वस्तु प्याजको मूल्य गत वर्ष यही सिजनभन्दा पाँच गुणा बढेको छ ।        गतवर्ष साउनमा १९ रूपैयाँ प्रतिकिलो थोक कारोबार भएको  प्याज गत साउन ३० गते मुलुककै प्रमुख तरकारी बजार कालीमाटीमा ९२ रूपैयाँमा किनबेच भएको छ । यो ३ सय ८४ दशमलब २१ प्रतिशत वृद्धि हो । खुद्रा बजारमा भने एक सय २० रूपैयाँभन्दा बढी छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार प्याजको थोक मूल्य प्रतिकिलो १९ बाट बढे्र साउन पहिलो साता ४९ रूपैयाँ पुगेको थियो । एक महिना नबित्दै दोब्बरले बढेर अहिले प्रतिकिलो ९२ रूपैयाँ पुगेको हो । नेपालमा विक्री हुने अधिकांश प्याज भारतबाट आयात हुन्छ । प्याजको आयात ९५ प्रतिशत भारतबाट हुन्छ भने हाम्रो देशको उत्पादनले पांच प्रतिशतमात्र हुने गरेको छ ।
  समग्रमा भन्नुपर्दा प्याज सबैको भान्सामा नभई नहुने महत्वपूर्णको मसलादार अर्थात तरकारीको रुपमा प्रयोग गरिन्छ । प्याजको मूल्य केही दिनयता अत्यधिक वृद्धि भएको छ । दुई साताअधिसम्म प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा पाइने प्याजको मूल्य अहिले बढेर थोक बजारमै प्रतिकिलो ९५ देखि ११० रुपैयाँ पुगेको छ । नेपाली उत्पादनको प्याजले आन्तरिक खपत नधान्ने र भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा भारतबाटै मूल्य बढेपछि नेपालसम्म आइपुग्दा प्याजको मूल्य अत्यधिक बढेको हो । एक्कासी प्याजको मूल्य बढेपछि सर्वसाधारण उपभोक्ता मात्रै नभई प्याज व्यवसायीहरु पनि यसको मारमा परेका छन् ।
  पहिले ५० किलोको बोरा किन्ने ग्राहकको अहिले ढक, धार्नी, किलो र एक पाउ किन्ने अवस्थामा पुगेका छन् । यस्तै अवस्था रहिरहे दशैं र तिहारजस्ता प्याजको माग उच्च हुने चाडपर्वको बेला मूल्य अझ बढ्ने दाबी व्यवसायीहरुले गरेका छन् । स्वदेशमा यसको उत्पादन बढाउने उद्देश्यले सरकारले जिल्लामा लागू गरेको प्याज अभियान कार्यक्रम प्रभावकारी हुन नसक्दा बर्सेनि ठूलो परिमाणमा भारतबाट प्याजको आयात हुने गरेको छ । प्याज उत्पादन वृद्धि गर्न मन्त्रालयले आर्थिक वर्ष २०६४÷०६५ देखि बारा र पर्सा लगायत तराईका १० जिल्लामा प्याज अभियान कार्यक्रम सञ्चालन गरेको थियो । 
    यसका लागि गत आर्थिक वर्षमा सरकारले एक करोड ९२ लाख लगानी गरेको तथ्यांक छ । कालीमाटी तरकारी बजार विकास समितिले उपत्यकामा दैनिक एक सय ८० मेट्रिकटन प्याज बिक्री हुने गरेको जनाएको छ । यस्तै बीरगन्जमा पनि अत्यधिक मात्रामा प्याजको भाउमा वृद्धि भएको छ । माग अनुसार उत्पादन हुन नसक्दा बीरगन्जका नाकाबाट गत आर्थिक वर्षमा १५ करोड ५६ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको १२ हजार ३ सय ३६ मेट्रिक टन प्याज नेपाल भित्रिएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय बीरगन्जले जानकारी दिएको छ । वैध र अवैध रुपमा आयात गरिने प्याजको मूल्यलाई संयोजन गर्दा यो नाकाबाट मात्रै करिब १८ करोड रूपैयाँ भन्दा बढीको प्याज आयात भएको अनुमान गरिएको छ । सीमावर्ती क्षेत्रबाट अबैध रूपमा नेपाल भित्रिएको प्याज वीरगन्ज हुँदै देशका विभिन्न भागमा आपूर्ति हुने गरेको छ ।  अब सरकारले जनतालाई राहत दिने हो भने देशमा चिनियाँ प्याज अर्थात तेस्रो मुलुकहरुको आयातलाई अगाडि बढाउनुपर्ने देखिन्छ । त्यसको लागि सरकार यथाशिध्र लागि पर्नुपर्ने देखिन्छ । अबका दिनमा भारतबाट प्याज आपूर्तिमा कमी आएपछि सरकारले नेपाली व्यापारीहरुलाई  चीनबाट प्याज आयात गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । 
    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चीनबाट प्याज आयात गरी आपूर्ति गर्दा ठूलो रकम घाटा वेहोर्नुपरेको एकातिर बताएका छन् भने अर्कोतिर भारतबाट पनि खुला सिमानाका कारण वैध अवैध रुपमा बढी मूल्य तिरी प्याज औैपचारिक रुपमा आउन सक्छ त्यसको लागि सरकारले बेलैमा होस पु¥याएर जनतालाई राहत दिने कार्यको थालनी गर्नुपर्ने देखिन्छ । अतः स्वदेशमै धेरै प्याज उत्पादन गर्न सकिन्छ, यसका लागि योजना बनाइहाल्नु जरुरी छ । तराईका १० जिल्लामा केही वर्षअधि प्याज मिसन कार्यक्रम सुरु गरेको सरकारले कार्यक्रम सफल नभएको भन्दै यसपालिदेखि स्थगन गर्ने निर्णय गरेको छ । यो हाहाकारको स्थितिबाट पाठ सिकेर प्याज मिसन सुरु गर्ने हो भने फेरी यस किसिमको संकट नआउने पो थियो कि !

Source : http://www.aarthikdainik.com.np/news_details/700502.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s