नेपालमा माग अनुसार आँपको उत्पादन बढेन

विश्वनाथ खरेल ,

    फलफूलमा आँप सबैभन्दा राम्रो फलफूल मानिन्छ । यसले शरीरको लागि आवश्यक तत्व प्रदान गर्दछ । विभिन्न फलफूलमा आ–आप्mनै किसिमको खाद्य तत्वहरु पाइने हुन्छ । यसमध्ये आँप पनि एक हो । देशको भौगोलिक विविधताले गर्दा ठाउँअनुसार विभिन्न जातका आँपहरु लगाउन सकिने अवस्था रहेको सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ रहेको पाइन्छ । हाम्रा देशका किसानहरुलाई आँप लगाउन सिकाउने र सरकारी अनुदान  दिने हो भने प्रत्येक वर्षको बैशाखदेखि कात्तिकसम्म आँप उत्पादन गर्न सक्ने भौगोलिक वातावरणले युक्त रहेको पाइन्छ । उदाहरणको लागि सुर्खेतको रामघाटको दशहरी आँप असोजमा खानयोग्य हुन्छ । त्यस्तै गरी फलफूल लगायत उच्च मूल्यका कृषि उपजहरु विश्वमै तुलनात्मक रुपमा लाभ हुने गरी उत्पादन गर्न सक्ने हो भने आन्तरिक र बाह्य बजार प्रशस्त पाउन सकिने सम्बन्धित क्षेत्रका विश्लेषकहरुले बताएका छन् ।

  मुलुकमा आर्थिक वर्ष २०६७÷०६८ सम्ममा नेपालमा ७९ हजार १ सय ८४ हेक्टर जमिनमा आँप खेती भएको अनुमान थियो । त्यस्तै गरी आर्थिक वर्ष २०६८÷०६९ मा ३ दशमलव १ प्रतिशतले वृद्धि भई ८१ हजार ६ सय २५ हेक्टरमा फलफूल खेती भएको कृषि विकास मन्त्रालयले जनाएको छ । त्यसै गरी उत्पादन भने आर्थिक वर्ष २०६७÷०६८ ८ लाख ३१ हजार ५ सय ७६ मेट्रिक टन भएको अनुमान थियो भने आर्थिक वर्ष २०६८÷०६९ मा भने ६ दशमलव ५ प्रतिशतले वृद्धि भई ८ लाख ८५ हजार ५ सय २१ मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । त्यस्तै गरी उत्पादकत्व दरमा पनि २ दशमलव ४३ प्रतिशतबाट ३ दशमलव ३ प्रतिशतले वृद्धि भएको अनुमान छ ।  प्रतिवर्ष सयदेखि तीन सय हेक्टरमा आँप खेती विस्तार भइरहेको छ ।  नेपालको सिराहा, सप्तरी, धनुषा, महोत्तरी लगायत जिल्लामा आँपको बढी खेती हुने गरेको पाइन्छ । त्यसमध्ये पुरानो बोटबाट करिब दुई तिहाई पुरानो बोटबाट करिब १ लाख २२ हजार मे.टन. आँप उत्पादन भएको थियो । काठमाडौं उपत्यका, मनाङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट र बाजुरा गरी दश जिल्लाहरुमा आँपको व्यावसायिक रुपमा खेती गरिएको पाइँदैन । बाँकी ६५ जिल्लाहरुमा भने आँपको खेती हुने कृषि विकास मन्त्रालयको आँकडाले देखाएको पाइन्छ ।

मुलुकमा गत वर्षको तुलनामा यस वर्ष आँपको मूल्य वृद्धि भएको छ । आँपको बजारको माग दिनप्रतिदिन बढ्दै गएको छ । तर, उपभोक्ताको माग बमोजिमको  आपूर्ति कम हुन गएको कारणले गर्दा नै मूल्य वृद्धि भएको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । यसमा स्वदेशी आँपको आपूर्तिमा कमी भएको कारणले गर्दा छिमेकी मुलुकहरुबाट आउने आँपको मूल्य बढी हुने गरेको पाइन्छ । यसअर्थ स्वदेशमा उत्पादन हुने आँप घट्न थालेपछि भारतीय आँप बजारमा आउन थालेकाले मूल्य वृद्धि भएको हो । गत वर्ष पनि आँपको मूल्य अहिलेकै जसरी घटबढ भएको थियो । मुलुकमा गत जेठको पहिलो साता प्रतिकिलो ६० रुपैयाँ थोक मूल्य रहेको आँपको आपूर्ति बढेपछि असार पहिलो सातामा प्रतिकेजी थोक मूल्य ६५ रुपैयाँमा पुगेको थियो । आँपको मौसम सुरु भएकाले जेठदेखि नै मूल्य बढेको थियो । स्वदेशमा उत्पादन हुने आँप घट्न थालेपछि भारतीय आँप बजारमा आउन थालेकोले मूल्य वृद्धि भएको हो । गतवर्ष पनि आँपको मूल्य अहिलेकै जसरी घटबढ भएको थियो । गतवर्ष बैशाखमा औसत ६५ रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको आँप  यस वर्षको जेठमा ७० र असारमा ७५ रुपैयाँमा बिक्री भएको थियो । यो मूल्य बढेर गतवर्षको साउनमा ९० रुपैयाँ प्रतिकेजी पुगेको थियो भने यस वर्ष भने १०० रुपैयाँभन्दा बढी नाघिसकेको छ ।
  समग्रमा भन्नुपर्दा गतवर्ष कालिमाटी तरकारी बजार र अन्य बजारमा गरी दैनिक सरदर ४० मेट्रिक टन आँप आएको थियो । त्यस्तै गरी गतवर्ष मोटामोटी रुपमा हेर्ने हो भने ८ हजार मेट्रिक टन आँप काठमाडौंमा भित्रिएको थियो । त्यस्तै गरी यस वर्षलाई पनि करिब ८÷१० हजार मेट्रिक टन  आँप आवश्यक पर्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरुले बताएका छन् । यसको सरदर थोक मूल्य ५५ का दरले थोक भाउ राख्दा पनि ६० करोड मूल्य बराबरको हुन आउँछ ।  आँपलाई अन्य फलफूलको दाँजोमा अति उत्तम मानी राजा फलफूलको रुपमा संज्ञा दिइएको छ । यो मानव शरीरलाई पनि निकै नै फाइदाजनक हुने हुँदा यो फलफूल सबैलाई मनपर्ने गर्छ । दिनप्रतिदिन बढ्दो जनसंख्याको कारणले गर्दा राजधानीमा अहिले दैनिक ५० हजार केजीसम्म आँप भित्रिने गरेको व्यवसायीहरु बताउँछन् ।
  यस मौसममा ६० लाख केजीभन्दा बढी आँप राजधानी भित्रिइसकेको फलफूल तथा तरकारी थोक व्यवसायी संघले जनाएको छ । गतवर्ष यो मौसममा ४४ लाख ५१ हजार ७ सय केजी आँप राजधानी आएको थियो । राजधानीको आँपका उपभोक्ताहरुले विशेष रुपमा मनपराउने माल्दा, कलकत्तिया, किसनभोग, दशहरी, बम्बई लगायत आँपको बिक्री हुने गरेको छ । यहाँ केही  अधिसम्म ६० देखि ६५ रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको आँप हाल आएर ८५ देखि १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ । यस वर्ष काठमाडौंको बजारमा ८ हजार मेट्रिक टन आँप भित्रिएको व्यवसायीहरुको  अनुमान रहेको छ । अहिले बजारमा तराईको आँप सकिन लागेको छ भने भारतीय आँप आउन सुरु गरेको छ र केही दिन पछाडि गएर विभिन्न पहाडी भेगमा फलेका आँपहरु पनि राजधानीमा आउँदा मूल्यमा धेरै नै वृद्धि हुने व्यवसायीहरु बताउँछन् । यस वर्षको आँपको सिर्जन पनि समाप्त हुन लागेकोले पनि आँपको आपूर्तिभन्दा माग बढी भएकाले गर्दा बजारमा आँपको आपूर्तिमा कमी आएको हो ।  यस कारणले गर्दा आँपको मूल्यमा पनि दिनहूँ आकाशिँदै गएको छ । देशमा आँपको आपूर्ति खास गरी छिमेकी देश भारतबाट आउने गरेको पाइन्छ । 

  हाम्रो देशमा कृषि विकासको जिम्मा लिएको कृषि विकास मन्त्रालयले स्वदेशमा नै आँपमा आत्मनिर्भर हुने हो भने तराईका बीस जिल्लाहरुलाई पकेट आँपको खेती रुपमा विस्तार गर्नुपर्ने हुन्छ । त्यसको लागि सरकारले आवश्यक पर्ने बेर्ना, बीउ, मल, सिँचाई, प्राविधिक सहयोग, ऋण, उन्नत औजारहरुको व्यवस्था गर्नुपर्ने एकातिर छ भने अर्कोतिर मुलुकका साना खाले कृषकहरुको  व्यवसायमा पनि वृद्धि भई रोजगारीको अवसर प्राप्त हुने कुरामा कसैको पनि दुईमत नहोला ।    

Source: http://www.aarthikdainik.com.np/news_details/700430

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s