कानका रोगी बढ्न थाले

Rajdhani Daily -राजविराज, ३० साउन । चार वर्षअघि स्थापना भएको सप्तरीको मलेठ गाविसस्थित प्राथमिक कान उपचार केन्द्रबाट हालसम्म १८ हजार ३८ जनाले सेवा लिएका छन् । बर्सेनि कानको उपचार गराउन जाने बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको केन्द्रका कान सहायक कुलेश्वर माझीले जानकारी दिनुभयो । इम्प्याक्ट नेपालद्वारा ०६६ जेठ १८ गतेदेखि सञ्चालित सो प्राथमिक कान उपचार केन्द्रमा दैनिक ४० देखि १०० जनासम्म आउने गरेको अस्पतालले जानकारी दिएको छ । आव २०६९÷७० मा ६ हजार ९३६ जना नयाँ र ९८६ जना पुराना बिरामीले स्वास्थ्य उपचार गराएको उपचार केन्द्रका कान सहायक नरेशकुमार यादवले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०६८÷०६९ मा पाँच हजार ९२६ जना नयाँ बिरामी र एक हजार १७९ जना पुराना बिरामीले सेवा लिएका थिए । यादवका अनुसार गत वर्ष ४३२ जनाको श्रवण शक्ति जाँच, १०० जनाको शल्यक्रिया, ५० जनाको एम प्लास्टिक, १० जनाको एमआरएम गरिएको छ । कानको जालीमा पानी जमेका १५ जना, कानमा मासु बढेको १० जना र अन्य २५ जना बिरामीले गत वर्ष उक्त केन्द्रबाट सेवा लिएका छन् भने श्रवणयन्त्रको लागि १० जनालाई केन्द्रले लहान सिफारिस गरेको थियो । यसैबीच, केन्द्रले जिल्लाको रम्पुरा मल्हनिया र बसबिट्टीलगायतका गाविसमा कान रोगसम्बन्धी घरदैलो अभियान सञ्चालन गरेको छ । स्वास्थ्यकर्मी, सहजकर्ता घरघरमा गई कानको जाँच तथा रोगको रोकथामको बारेमा जानकारी दिँदै आएको केन्द्रले जनाएको छ । रासस

Source: http://www.rajdhani.com.np/en/component/content/article/39-recent-rews/12933—-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s