छोराछोरी कसरी हुर्काउने ?

मीरा शर्मा बेडारी
आज हाम्रो समाजमा विकृतिको उदय र संस्कृतिको पतन हुँदै गइरहेको छ । संस्कृति र विकृतिलाई चिन्न सक्नु बुद्घमिानी ठहरिन्छ । तर यसलाई चिनेर पनि नराम्रो बाटो अँगाल्नुचाहिँ मानिसको कमजोरी हो ।

आज हामीले हाम्रा बालबालिकालाई जीवनमा आइपर्ने समस्याहरूसँंग संघर्ष गरेर आफ्नो चरित्रमा अडिग रहनका लागि उनीहरूलाई विवेकशील बनाउनु हामी बाबुआमाको कर्तव्य हुन्छ । हाम्रो समाजमा आएको विकृतिहरू ‘टेक्नलोजी’को विकासबाटै सुरु भएको छ । जस्तो- टेलिभिजन, कम्प्युटर, इन्टरनेट, मोबाइल फोन यसका केही उदारणहरू हुन् । हुन त यिनीहरूलाई हामीले विकृतिका उदाहरण भन्न मिल्दैन, किनकि यिनीहरूबाट हाम्रो समाजले कति समयको बचत गरेको छ र कति अप्ठ्यारा समस्याहरूको सजिलै समाधान पनि गरेको छ । यसका फाइदाहरू अनगिन्ती छन्, तर यिनीहरूलाई विकृतिका रूपमा त्यसबेला लिइन्छ, जब यिनै ग्याजेटहरूको दुरुपयोग गरिन्छ । आज आम्रा कैयौं बालबालिका यिनै ग्याजेटहरूका दुरुपयोगबाट आफ्नो जीवन बरबाद गरिरहेका छन् । जून २६, २०१३ को एक दैनिक पत्रिकाअनुसार ड्रग प्रयोग गर्नेहरूको संख्या एक लाख पचास हजारभन्दा बढी छ र यो बढ्दो स्थितिमा छ । सेन्ट जेभियर्स कलेजका एमएसडब्लुका विद्यार्थीले गरेको अनुसन्धानअनुसार नेपाली किशोर-किशोरीहरू आजकल कलिलो उमेरमै आफ्नो कौमार्य गुमाउन थालेका छन् । प्रत्येक वर्ष ७०,००० अवैधानिक गर्भपात गरिन्छ ।

इन्टरनेटको सबैभन्दा डरलाग्दो दुरुपयोग दुइटा कुरामा छ । पहिलो, ज्यादाभन्दा ज्यादा केटाकेटी -१३ देखि १९) हरूले आफ्नो परिवारको आँखा छलेर पोर्नोग्राफी हेर्ने बानी बसालेका छन् । घरमा इन्टरनेट नभएमा इन्टरनेट क्याफेमा गएर यी सबै हेर्छन् । यसले बालबालिकामा नकारात्मक परिवर्तन ल्याउँछ । यसरी पोर्नोग्राफी हेर्नाले दिमागमा यिनै कुरामात्र दोहोरिरहन्छन् । इन्टरनेट रिपोर्टअनुसार पोर्नोग्राफीले केटाकेटीहरूको सिर्जनात्मक प्रतिभालाई निस्त्रिmय बनाउँछ । त्यसैले यसलाई ज्ञानको दुश्मन भन्न सकिन्छ । यसले एउटा आदर्श समाजले लगाएको बन्देजलाई उखेलेर अविवाहित केटा र केटीको अनैतिक सम्बन्धलाई प्रोत्साहन दिन्छ । यो समाजका लागि एउटा ठूलो उशृङ्खलताको गतिविधि बनेको छ ।

दोस्रो, इन्टरनेटको दुरुपयोग फेसबुकमा हुन्छ । आजकल बालबालिका घन्टौंसम्म फेसबुकमा बसेर समयको बरबाद गर्छन् । समयको बरबाद गर्नु भनेको जीवन बरबाद गर्नु हो । स्कुलले घरमा गर्न दिएका कामहरू भोलिपल्ट स्कुलमै गएर गर्ने वा साथीको सार्ने चलन बनेको छ । किनकि पढ्ने समय टेलिभिजन, कम्प्युटर, इन्टरनेट, मोबाइल फोनले लिइदिन्छ । टेलिभिजनमा प्रसारण हुने सिरियलले घरका प्रायः सम्पूर्ण परिवारलाई नशामा डुबाएको छ । यसको नशाले घरपरिवारमा एउटा द्वन्द्व पनि सुरु भएको छ । उच्चशिक्षा हासिल गरेका व्यक्तिहरू पनि यसको दास बनेका छन् । यो हामीलाई थाहा भएकै कुरा हो । हिंसात्मक कार्यक्रमले पनि बालबालिकामा ठूलो प्रभाव पारेको छ । यसैगरी मोबाइल फोनको दुरुपयोगबाट पनि हाम्रा किशोर-किशोरीहरूको जीवनमा आघात परिरहेको छ । फोनले के नराम्रो गर्ला र भन्ने सोचिन्छ, तर वास्तवमा इन्टरनेटको दुरुपयोग मोबाइलबाट पनि हुनसक्छ । यस अतिरिक्त मोबाइल फोन किशोर र किशोरीहरूको सम्बन्धलाई नजिक्याउँदै लाने एउटा माध्यम बनेको छ । यसद्वारा उनीहरूलाई एकअर्कामा आफ्नो इच्छा म्यासेजबाट प्रस्तुत गर्न सजिलो भएको छ । परिणामस्वरुप यो विस्तारै प्रेम, ध्वंस, कलह कुनै एउटामा परिणत हुनसक्छ । यसबाट बालबालिकाको अध्ययन गर्ने क्रममा बाधा आउँछ । यसरी समस्यै-समस्यामा अल्भिmएका आजका बालबालिकाबाट हामी भविष्यमा देश र समाजका लागि के अपेक्षा गर्न सक्छौं ?

अब हामी एकैछिन अर्कातर्फ लागौं । के हाम्रो समाजमा यस्तै बालबालिकामात्र छन् त ? छैनन् । हामीसँग केही यस्ता पनि छन्, जो आफ्नो चरित्र र नैतिकतामा कट्टर रहन्छन् । उनीहरूलाई न समाजको नकारात्मक परिस्थितिले नत साथीहरूको दबाबले नै छुन सक्छ । उनीहरू सदा आफ्नो लक्ष्यमा अगाडि बढिरहेका हुन्छन् । यिनीहरू सही र गलतलाई चिनेर सही बाटोमा हिँड्छन् । तर प्रश्न के छ भने यी को हुन् त ? यिनीहरू किन पहिलो समूहका बालबालिकाभन्दा फरक भए त ? किन यिनीहरू सही बाटोमा मात्र हिँड्छन् ? किन यिनीहरूमा आत्मनियन्त्रण शक्ति बलियो छ ? पश्चिमी देशहरूमा यसबारे धेरै अनुसन्धान भएको छ । प्रायः सबै अनुसन्धानले एकै किसिमका कारण देखाएका छन् । जस्तो- यिनीहरू कस्तो वातावरणमा हुर्किए, कस्तो किसिमको शिक्षा पाए, कसले हुर्कायो ? बाबुआमा र छोराछोरीबीच कस्तो सम्बन्ध छ ? यी सब यसका कारण हुन् । जस्तो- प्रायः बाबुआमाको रेखदेखमा हुर्किएका बच्चाहरूमा आत्मनियन्त्रण शक्ति बलियो हुन्छ र यिनीहरू आफ्नो उत्तरदायित्व निर्वाह गर्ने खालका हुन्छन् । वास्तवमा बाबुआमाको रेखदेखमा हुर्किनु भनेको बाबुआमाले छोराछोरीसँग महत्त्वपूर्ण समय बिताउनु हो । उनीहरूसँग वार्तालाप गर्नु एउटा महत्त्वपूर्ण पाइला हो । यो वार्तालाप पनि बच्चाको चाखअनुसार हुनुपर्छ । उनीहरूको साथीहरूबारे हुनसक्छ, स्कुलबारे हुनसक्छ, उनीहरूले खेल्ने खेलबारे हुनसक्छ । यस वार्तालापबाट उनीहरूको सोचाइमा कुनै गल्ती छ भने त्यस गल्तीलाई सच्याउने ठूलो मौका मिल्छ । यसको अर्को महत्त्वपूर्ण उद्देश्य के हो भने छोराछोरीले बाबुआमालाई साथीको रूपमा पनि स्वीकारुन् । किनभने जब बच्चामा कुनै समस्या आउँछ, चाहे त्यो ठूलो होस् या सानो, उनीहरू त्यो समस्याको समाधान खोज्न बाबुआमासंँग आउन् । यसले गर्दा उनीहरूले बाहिर वा साथीहरूबाट गलत सल्लाह नपाउन् । बाबुआमाले बच्चाहरूलाई सानैदेखि अनुशासन सिकाउँदै लानुपर्छ । वास्तवमा बाबु अनुशासनको प्रतीक हो भने आमा प्रेमको प्रतीक हुनुपर्छ भन्ने कुरा हामी हाम्रा धार्मिक ग्रन्थमा पनि पाउँछौं ।

Source- See more at: http://www.ekantipur.com/np/2070/4/23/full-story

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s