२० जिल्लाका प्रजिअ सरुवा

राजधानी समाचारदाता काठमाडौं, १५ असार

सरकारले आगामी संविधानसभा निर्वाचनलाई मध्यनजर गरी २० जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । गृह मन्त्रालयले शुक्रबार २० जिल्लाका प्रजिअलाई काज सरुवा गरेको हो ।

अघिल्लो सरकारले गरेको सरुवामाथि अन्य दलले चुनावमा धाँधली गर्ने योजना देखेका कारण सरकारले ती जिल्लामा प्रजिअ सरुवा गरेको स्रोतले बतायो । मन्त्रालयको सरुवाअनुसार शान्ति सुरक्षा महाशाखाका उपसचिव प्रल्हाद पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । त्यस्तै, स्याङ्जाका सहायक प्रजिअ कैलाशनाथ खरेल बागलुङ, तनहुँका सहायक प्रजिअ कमलराज ढकाल गुल्मी, मन्त्रालयका उपसचिव विष्णुप्रसाद पोखरेल धादिङ, कैलालीका सहायक प्रजिअ शंकरहरि आचार्य हुम्ला र मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका उपप्रशासक सागरमणि पाठकलाई अर्घाखाँचीको प्रजिअ बनाएर मन्त्रालयले काज सरुवा गरेको हो ।

त्यसैगरी, दोलखाका प्रजिअ कालीप्रसाद पराजुलीलाई तेह्रथुम, कारागार विभागका निर्देशक ज्ञानप्रसाद ढकाललाई मनाङ, धनकुटाका गणेशप्रसाद भट्टराईलाई अछाम, बाजुराका प्रजिअ भविश्वर पाण्डेलाई रुकुम, धनुषाका सहायक प्रजिअ कृष्णप्रसाद कटवाललाई दार्चुला र बैतडीका जनकराज रेग्मीलाई मुस्ताङ सरुवा गरिएको छ ।

यसैगरी, सप्तरीका बलभद्र गिरीलाई मुगु पठाइएको छ भने पर्साका सहायक प्रजिअ लुकबहादुर क्षत्रीलाई बैतडी, मन्त्रालयका उपसचिव उमेशकुमार ढकाललाई पर्वत, महोत्तरीका सहायक प्रजिअ विष्णुबहादुर थापालाई जुम्ला, सागरमणि पराजुलीलाई मन्त्रालयबाट डडेल्धुरा, ध्रुवराज जोशीलाई बर्दियाबाट बाजुरामा काज सरुवा गरिएको छ । त्यस्तै, श्रवणकुमार तिम्सिनालाई राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रबाट डोल्पा र किशोरकुमार चौधरीलाई तेह्रथुमबाट कालिकोट काज सरुवा गरिएको छ ।

Source :http://www.rajdhani.com.np/en/national/11024-700316

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s