धानको रोपाइँ र उत्पादनमा कमी

Sunday, 30 June 2013 02:11:28

विश्वनाथ खरेल

विश्वमा पचास प्रतिशतभन्दा बढी जनसंख्याको मुख्य खाद्यान्न चामल हो भने एसियाली देशहरूमा त ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत हुने गरेको छ । आर्थिक वर्ष २०६८÷०६९ को  अनुमानअनुसार नेपालमा १५ लाख ३१ हजार ४ सय ९३ हेक्टरमा धानखेती भई ५० लाख ७२ हजार २ सय ४८ मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ३ सय १२ किलोग्राम प्रतिहेक्टर रहेको थियो । गत वर्ष धान रोप्ने समयमा अनुकूल वर्षा भएकोले विगत वर्षहरूको तुलनामा गत वर्ष उत्पादन बढेको थियो भने चालु वर्षमा भने धानमा ११ दशमलव ३ प्रतिशतले उत्पादन घट्ने सम्बन्धित मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०६९÷०७० मा नेपालको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ, फापर) अघिल्लो वर्षको तुलनामा करिब ७ लाख २० हजार मेट्रिक टन अर्थात् करिब ८ प्रतिशतले घट्न गई गत वर्षको ९४ लाख ५८ हजार मेट्रिक टनबाट ८७ लाख ३८ हजार मेट्रिक टन हुने प्रारम्भिक अनुमान गरिएको छ । साथै यस वर्ष खाद्यान्न बालीले ढाकेको कुल क्षेत्रफलसमेत गत वर्षको तुलनामा करिब १ लाख ४० हजार हेक्टर घट्न गई ३३ लाख ४४ हजार हेक्टर पुग्न गएको अनुमान गरिएको छ ।

गत वर्ष धानको उत्पादन १३ दशमलव ७ ले वृद्धि भई मुख्य बाली धानको उत्पादन ५० लाख ७२ हजार मेट्रिक टनबाट घटेर यस वर्ष देशको मुख्य खाद्यान्न बाली धानको उत्पादन करिब ४५ लाख ४ हजार मेट्रिक टनमा सीमित हुने मन्त्रालयको अनुमान छ । हाल मुलुककोे कुल धान रोपाइँ हुनुपर्ने १४ लाख ९६ हजार ४ सय ७६ हेक्टर क्षेत्रफलमध्ये ४ लाख १९ हजार १३ हेक्टर हो । यस वर्ष समयमा वर्षा भएको कारणले गर्दा देशको विभिन्न भागमा रोपाइँ कार्य सुरु भइरहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाम्रो देशमा अक्सर गरेर जुन १० बाट  मनसुन सक्रिय हुने भए तापनि यस वर्ष ढिला भए पनि मनसुन सुरु भइसकेको छ । विगतका वर्षहरूमा मनसुन र मल अभावका कारण रोपाइँ सकिने बेलासम्म पनि जमिन बाँझो रहन गएको थियो । यस वर्ष भने त्यस्तो स्थिति नहोला भन्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ ।  सरकारी तथ्यांकअनुसार सिँचाइ सुविधा भएको जमिनमा रोपाइँ भए पनि आकासेपानीमा भर पर्ने अधिकांश जमिन बाँझै रहेको पाइन्थ्यो । चालु आर्थिक वर्षमा भने असार महिना सकिंदा देशमा ५० प्रतिशत मात्र रोपाइँ हुने अनुमान कृषि विकास मन्त्रालयले गरेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशत छ । कुल जनसंख्याको झन्डै दुई–तिहाइभन्दा बढी हिस्सा यही पेसामा निर्भर छ । अहिलेसम्म आधाभन्दा बढी रोपाइँ भइसक्नुपर्ने हो । 

गत वर्ष साउनको पहिलो सातासम्ममा  देशभर २८ प्रतिशत मात्र धान रोपाइँ कार्य भएको थियो । त्यसमा पनि मुलुकको अन्न भण्डार मानिने तराईका २० जिल्लामा समयमा नै रोपाइँ हुनुपर्ने मन्त्रालयको भनाइ रहेको पाइन्छ । गत वर्ष यही अवधिमा मुलुकभर ४५ प्रतिशत रोपाइँ भएको थियो । देशमा धान उत्पादन हुने कुल १५ लाख २६ हजार ३ सय ५१ हेक्टरमध्ये झन्डै दुई–तिहाइभन्दा बढी क्षेत्रफल ओगट्ने तराईमा असारको अन्तिमसम्ममा १९ प्रतिशत मात्र रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको थियो । देशभरको भोको पेट भर्ने तराईको अन्न भण्डारमा यस वर्ष समयमा नै धान रोपाइँ हुने अनुमान विज्ञहरूको रहेको छ । गत वर्ष यही अवधिमा ३६ प्रतिशत रोपाइँ भएको थियो । तराईमा धानका लागि योग्य जग्गा १० लाख ६७ हजार हेक्टर रहेको छ । धानको कुल उत्पादनमा तराईले ७५ प्रतिशत योगदान पु¥याउँदै आएको अनुमान छ ।
चालु आर्थिक वर्षमा प्रमुख खाद्यान्न बाली (धान, गहुँ, मकै, कोदो, जौ, फापर) मध्ये,  मकैमा ८ दशमलव ३ प्रतिशत र कोदोमा ३ प्रतिशतले उत्पादन घट्ने भएको छ । त्यसैगरी कृषि विकास मन्त्रालयअन्तर्गतका विभाग, क्षेत्रीय तथा केन्द्रीय निर्देशनालयहरू, जिल्लास्थित कार्यालयहरूबाट प्राप्त साप्ताहिक बालीनाली स्थिति, बालीकटानी तथा महाशाखासमेत मन्त्रालयबाट गरिएको क्षेत्रगत निरीक्षण एवं प्राविधिक समितिको रायसुझावसमेतको आधारमा प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ । गत वर्षदेखि विश्व खाद्य कार्यक्रम, डब्लुएफपी तथा एफएओ नेपाल र कृषि विकास मन्त्रालयबीच विविध विषयका अतिरिक्त बालीनाली स्थितिसम्बन्धी सूचनाहरू परस्परमा आदान–प्रदान गर्ने सहमति भएअनुसार त्यहाँबाट प्राप्त सूचनासमेतलाई आधार मानी प्रारम्भिक अनुमानित प्रतिवेदन तयार गरेको मन्त्रालयको भनाइ छ । यसरी खाद्यान्नमा आत्मनिर्भर रहेका यस्ता जिल्ला अन्य जिल्ला र छिमेकी भारतबाट आयातीत चामलको भर पर्न थालेका छन् । कृषि विज्ञहरूको भनाइ अनुसार पहाडी र हिमाली जिल्लामा सञ्चालित उच्च मूल्यका तरकारी, फलफूल र बिउ उत्पादन कार्यक्रमलाई प्राथमिकता दिइए पनि तराईमा वास्ता नगरिंदा उत्पादन घटेको हो ।

त्यसैगरी तराईका जंगल मासिंदै जानु र मलको रूपमा प्रयोग गरिने गाईवस्तुको गोबर गुइँठा बनाएर इन्धनको रूपमा प्रयोग गरिनुले पछिल्लो समयमा माटोमा उर्वराशक्ति घट्दै गएको छ । बढी उत्पादन दिने सोचाइमा रासायनिक मल मात्रै प्रयोग गरिएका कारण पछिल्लो समयमा तराईको माटोमा उर्वराशक्ति हराउँदै गएको छ । त्यसैगरी हिमाली क्षेत्रको अवलोकन गर्ने हो भने धान उत्पादनमा सबैभन्दा सानो हिस्सा ओगट्ने कर्णालीको जुम्ला र कालिकोटमा पनि रोपाइँ कार्य सुरु भएको छ । कर्णालीमा ८ हजार ६ सय ७ हेक्टर धान उत्पादन हुने क्षेत्रफल छ । उपत्यकाभित्र काठमाडौं, भक्तपुर र ललितपुरमा रोपाइँ कार्य सुरु भएको छ । त्यसैगरी उच्च पहाडमा र मध्यपहाडमा पनि धान रोपाइँ हुन लागेको मन्त्रालयले जनाएको छ ।
अन्त्यमा भन्नुपर्दा कृषिको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान झन्डै २० प्रतिशत छ । कुल खाद्यान्न बालीमा धानको योगदान करिब ५० प्रतिशत छ । देशमा विद्यमान २ करोड ७० लाखको हाराहारीमा रहेको जनसंख्याको भरणपोषणका लागि वार्षिक ५० लाख मेट्रिक टन खाद्यान्न माग रहेको अनुमान छ । यसमध्ये चामलको परिमाण २५ लाख मेट्रिक टन अर्थात् ५० प्रतिशत रहेको अनुमान गरिएको छ । यस वर्ष भने पर्याप्त वर्षा भई नै रहेको एकातिर छ भने अर्कोतिर रासायनिक मलको अभाव त्यति देखिएको छैन जसले गर्दा रोपाइँ समयमा भई प्रतिइकाइ उत्पादकत्व वृद्धि हुने सम्बन्धित क्षेत्रका विज्ञहरूको धारणा रहेको छ । आर्थिक वर्ष २०६८÷०६९ मा १५ लाख ३१ हजार २ सय हेक्टर कुल धानको क्षेत्रफलमा ५० लाख ७२ हजार २ सय मेट्रिक टन धान उत्पादन भएको थियो । यो उत्पादन अहिलेसम्मकै धेरै रहेको मन्त्रालयले जनाएको  थियो ।

– See more at: http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=9061&catId=9#sthash.KTq5AMij.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s