प्रमुख खाद्यान्न बालीको उत्पादन घट्यो

 

    विश्वनाथ खरेल ,

  चालू आर्थिक वर्षमा प्रमुख खाद्यान्न बाली (धान, गहुँ, मकै, कोदो, जौ, फापर) मध्ये धानमा ११ दशमलव ३ प्रतिशत,  मकैमा ८ दशमलव ३ प्रतिशत र कोदोमा ३ प्रतिशतले उत्पादन घट्ने भएको छ । त्यसैगरी कृषि विकास मन्त्रालयअन्तर्गतका विभाग, क्षेत्रीय तथा केन्द्रीय निर्देशनालयहरु, जिल्लास्थित कार्यालयहरुबाट प्राप्त साप्ताहिक बालीनाली स्थिति, बाली कटानी तथा महाशाखासमेत मन्त्रालयबाट गरिएको क्षेत्रगत निरीक्षण एवं प्राविधिक समितिको रायसुझावसमेतको आधारमा प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ । गतवर्षदेखि विश्व खाद्य कार्यक्रम, डब्लुएफपी तथा एकएओ नेपाल र कृषि विकास मन्त्रालयबीच विविध विषयका अतिरिक्त बालीनाली स्थितिसम्बन्धी सूचनाहरु परस्परमा आदान–प्रदान गर्ने सहमति भएअनुसार त्यहाँबाट प्राप्त सूचनासमेतलाई आधारमा प्रारम्भिक अनुमानित प्रतिवेदन तयार गरेको मन्त्रालयको भनाइ छ । 

  आर्थिक वर्ष २०६९÷७० मा नेपालको कूल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ, फापर) अधिल्लो वर्षको तुलनामा करिब ७ लाख २० हजार मेट्रिक टन अर्थात् करिब ८ प्रतिशतले घट्न गई गत वर्षको ९४ लाख ५८ हजार मेट्रिक टनबाट ८७ लाख ३८ हजार मेट्रिक टन हुने प्रारम्भिक अनुमान गरिएको छ । साथै यसवर्ष खाद्यान्न बालीले ढाकेको कूल क्षेत्रफलसमेत गतवर्षको तुलनामा करिब १ लाख ४० हजार हेक्टर घट्न गई ३३ लाख ४४ हजार हेक्टर पुग्न गएको अनुमान गरिएको छ । चालू आर्थिक वर्ष देशको कूल खाद्यान्न उत्पादनमा ८ प्रतिशतले गिरावट आउने भएको छ । ढिलो तथा कमजोर मनसुनका कारणले यो वर्ष धान उत्पादन गतवर्षको तुलनामा ११ प्रतिशतले कमी आउने प्रारम्भिक अनुमान छ । मुख्य बाली धान र दोस्रो बाली मकैको उत्पादनमा कमी आउने भएपछि कूल उत्पादन नै घट्ने देखिएको हो । यो वर्ष मकै बालीको उत्पादनमा पनि ८ प्रतिशतले कमी आउने अनुमान रहेको छ । खाद्यान्न बालीले ढाकेको कूल क्षेत्रफलसमेत गतवर्षको तुलनामा करिब १ लाख ४० हजार हेक्टरले घटेर ३३ लाख ४४ हजार हेक्टरमा सीमित भएको छ । पूर्वी जिल्लामा गहुँ बालीको क्षेत्रफल घटेका कारण कूल उत्पादित क्षेत्रफलमा कमी देखिएको छ । 

गत वर्षको ५० लाख ७२ हजार मेट्रिक टनबाट घटेर देशको मुख्य खाद्यान्न बाली धानको उत्पादन करिब ४५ लाख ४ हजार मेट्रिक टनमा सीमित हुने मन्त्रालयको अनुमान छ । मकै गतवर्ष २१ लाख ८० हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष १९ लाख ९९ हजार मेट्रिक टनमा सीमित हुने अनुमान छ । गहुँको उत्पादनमा यस वर्ष २ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष समयमा हिउँदे वर्षा भएकाले पनि उत्पादनमा सामान्य वृद्धि भएको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्ष २०६९÷७० मा ७ लाख ५९ हजार ८ सय ४३ हेक्टर क्षेत्रफलमा १८ लाख ८२ हजार २ सय २० मेट्रिक टन गहुँ उत्पादन भएको छ, यसवर्ष उत्पादकत्वमा प्रतिहेक्टर २ हजार ४ सय ७७ केजी रहेको छ ।
  गत आर्थिक वर्षमा सात लाख ६५ हजार २ सय ७५ हेक्टर क्षेत्रफलमा १८ लाख ४६ हजार १ सय ७ मेट्रिक टन गहुँको उत्पादन भएको थियो । यस वर्ष अधिकांश पूर्वी तराईका जिल्लामा गहुँ बालीको क्षेत्रफल घटेको कारण समग्र क्षेत्रफलमासमेत केही कमी देखिएको छ । कोदो बालीअन्तर्गत चालू आर्थिक वर्षमा दुई प्रतिशतले कमी आई ३ लाख ५ हजार मेट्रिक टन मात्र रहने प्रारम्भिक अनुमान छ । कोदो बालीमा उन्नत बीउ, मलजस्ता प्रविधिको प्रयोग गर्ने चलन कम भएका कारण यसको उत्पादकत्वमा खासै वृद्धि हुन नसकेको अनुमान गरिएको छ । यस्तै जौको उत्पादनमा भने ६ प्रतिशतले वृद्धि भएको छ, गतवर्ष २७ हजार ८ सय ७१ हेक्टर क्षेत्रफलमा ३४ हजार ७ सय ३६ मेट्रिक टन उत्पादन भएकोमा यसवर्ष ६ प्रतिशलते उत्पादनमा वृद्धि भई ३६ हजार ९ सय ७३ मेट्रिक टन उत्पादन भएको छ ।
  यसवर्ष जौको क्षेत्रफल ४ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ । गतवर्षदेखि खाद्यान्न बालीमा फापरलाई समेत समावेश गरिएको छ । केही हिमाली क्षेत्रमा मुख्य खाद्यान्न बालीकारुपमा रहेको फापरलाई गत २ वर्षदेखि राष्ट्रिय तथ्यांकका रुपमा समावेश गरिएको हो । यस वर्ष १० हजार ६ सय ८१ हेक्टर क्षेत्रफलमा १० हजार ५६ मेट्रिक टन उत्पादन भएको छ । प्रतिहेक्टर उत्पादकत्वमा ९ सय ४२ केजी रहेको छ । देशका करिब ५० ओटा जिल्लामा फापरखेती गरिँदै आएको छ । समग्रमा भन्नुपर्दा देशको कूल खाद्यान्न उत्पादनमा यस वर्ष आठ प्रतिशतले कमी आएको छ । मुख्य खाद्यान्न बाली धान, गहुँ, मकै, कोदो, जौ, फापरमध्ये धान र मकैको उत्पादन घटेकाले कूल खाद्यान्न उत्पादनमा आठ प्रतिशतले कमी आएको हो । यस वर्ष ढिलो तथा कमजोर मनसुनका कारण उत्पादन घट्ने कृषि विकास मन्त्रालयले जनाएको छ । पश्चिम तथा पूर्वी तराईका केही जिल्लामा उत्पादन घटेको र पहाडी तथा हिमालीका अधिकांश जिल्लामा उत्पादन बढेको तथा केही जिल्लामा गतवर्षकै अवस्थामा रहेको मन्त्रालयको जानकारी छ । उन्नत बीउ, मलजस्ता प्रविधिका कारण यसको उत्पादकत्वमा खासै वृद्धि हुन नसकेको बताइएको छ । गत आर्थिक वर्षमा धान, गहुँ, मकै, कोदो, जौ र फापरजस्ता मुख्य बालीको कूल उत्पादन ९४ लाख ५८ हजार मेट्रिक टन भएकोमा यस वर्ष घटेर ८७ लाख ३८ हजार मेट्रिक टनमा सीमित हुने भएको हो ।
 मन्त्रालयको भनाइअनुसार गतवर्षभन्दा ७ लाख २० मेट्रिक टन उत्पादन घट्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०६७÷०६८ को तुलनामा गतवर्ष ९ दशमलव ८ प्रतिशतले खाद्यान्न उत्पादन बढेको थियो । मुख्यबाली धान र मकैको उत्पादनमा कमी आउँदा समग्र उत्पादनमा असर देखिएको मन्त्रालयको भनाइ छ । गतवर्ष धानको उत्पादन १३ दशमलव ७ र मकैको उत्पादन ५ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । गतवर्ष बढी उत्पादन  भएको भन्दै निर्यातका लागिसमेत अनुमति दिइएको थियो ।  

Source : http://www.aarthikdainik.com.np/news-700228

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s