बढ्दो गर्मीमा खर्बुजाको माग

 

विश्वनाथ खरेल ,

  नेपालको अर्थतन्त्र कृषिमा आधारित छ । देशको प्रमुख औद्योगिक उत्पादनमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण छ । देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३५ प्रतिशतको हाराहारीमा रहेको छ । आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास अनिवार्य भएकोले लगानीमार्फत् कृषिमा आधुनिकीकरण तथा बजार प्रवद्र्धनमा सहयोग पु-याउन खोजिएको हो । राष्ट्रिय आयको ३८ प्रतिशतभन्दा बढी योगदान कृषिक्षेत्रबाट नै प्राप्त हुन्छ । वैदेशिक व्यापारको निकासी योग्य वस्तुहरुमा अधिकांश कृषिसँंग नै सम्बन्धित छ । प्रथम पञ्चवर्षीय योजनाकालदेखि सातौं पञ्चवर्षीय योजनाकालसम्म कृषिलाई प्रथम प्राथमिकता दिँदै आएको कुरा स्पष्ट छ । यसरी कृषि विकासको लागि ठूलो धनराशि खर्च भएता पनि उल्लेखनीय प्रगति हुन सकेको छैन । जबसम्म कृषिको चौतर्फी विकास हुन सक्दैन तबसम्म देशको चौतर्फी विकास हुन सक्दैन । कृषिको विकास नभएसम्म प्रशस्त खाद्यान्न उत्पादन हुन सक्दैन ।
  हाम्रो देशमा बढ्दो जनसंख्याको कारणले गर्दा प्रतिव्यक्ति खाद्यान्न उत्पादकत्वमा वृद्धि गर्नुपर्ने आजको समयको माग हो । विश्वव्यापीकरणले गर्दा सम्पूर्ण आर्थिक क्षेत्रमा आमूल परिवर्तन आएको यस शताब्दीमा कृषि क्षेत्रलाई पनि यस्तो परिवर्तनले उल्लेखनीयरुपमा प्रभाव पारेको छ । बालीनाली, तरकारी, फलफूल र पशुपक्षीको किसिम, खेतीपाती गर्ने तौरतरिकादेखि लिएर मानिसको स्वाद, चाहना र आकांक्षासमेतमा ठूलो परिवर्तन आएको छ । यस्ता परिवर्तनले हाम्रा सामु ठूलो चुनौती र अवसरहरु देखिएका छन् । मुलुकमा यातायात क्षेत्र क्रान्तिकारी विकास, भौगोलिक परिवेशले उपलब्ध गराएको हावापानीको अवसर र आधुनिक प्रविधिहरुको सदुपयोगबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सुनिश्चित गर्न सकिने सम्भावना छ । विश्वमा चर्किंदो खाद्य संकटले गर्दा धन कमाउन सबैभन्दा सम्भावना भएको क्षेत्र कृषि  हो । यसमा पनि फलफूल खेतीको सम्भावना नेपालमा धेरै देखिएको छ । यसमा मुलुकको भुवनोटलाई अवलोकन गर्ने हो भने पनि अधिकांश भाग पहाडै पहाडले भरिएको छ । यसले गर्दा ती डाँडाकाँडामा फलफूल खेती गर्न सकिएको खण्डमा ठूलो धनराशि भुक्तानी छिमेकी मुलुकहरु भारत र चीनलाई दिनुपर्ने थिएन । हाम्रो देशमा उत्पादित फलफूलबाट नै देशको मागबमोजिमको फलफूल आपूर्ति गर्न सकिने थियो । यी फलफूलमध्ये खर्बुजा पनि एक किसिमको महत्वपूर्ण रुपको फलफूल हो । काठमाडौं उपत्यकामा बढ्दो गर्मीसँगै दैनिक ८० मेट्रिक टनभन्दा बढी भारतीय खर्बुजा भित्रने गरेको तथ्यांकले देखाएको छ । मुलुकमा मौसम परिवर्तनसँगै बजारमा खर्बुजाको माग अत्यधिक भए पनि हाल नेपाली उत्पादन भने न्यून रहेको सम्बन्धित क्षेत्रले दावी गरेको छ ।
  यो एक किसिमको गर्मीका लागि उपयुक्त मानिने फलफूल हो । यो हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ४० देखि ५० मेट्रिक टन भित्रने गरेको अनुमान गरिएको छ । त्यसैगरी बल्खुमा दैनिक ३० देखि ४० मेट्रिक टन भारतीय खर्बुजा भित्रने गरेको नेपाल फलफूल व्यवसायी संघ बल्खुले जनाएको छ । हाम्रो मुलुकको कुरा गर्ने हो भने विषेश गरेर तराईका जिल्लाहरुमा जनकपुर, झापा, वीरगञ्ज, महोत्तरीलगायतका जिल्लाबाट सिजनअनुसार खर्बुजा उपत्यकामा भित्रने गरे पनि त्यसले वार्षिक १५ देखि २० दिनको मात्र बजारको माग आपूर्ति गर्न सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । देशको विभिन्न जिल्लाबाट आयात गरिने खर्बुजाले उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिने कारण वर्षैभरि भारतबाट आयात गर्नुपर्ने बाध्यता तड्कारोरुपमा देखा परेको छ ।
  मुलुकको सबैभन्दा ठूलो मानिने कालिमाटी तरकारी तथा फलफूल थोक बजार, बल्खु फलफूल थोक बजार र बालाजुलगायतका बजारमा खर्बुजा प्रतिकिलो १५ देखि २० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् । त्यस्तै गरी भारतीय बजारमा भने प्रतिकिलो सातदेखि आठ रुपैयाँमा आयात गरेर ल्याउने भए पनि जिविस, गाविसलगायत विभिन्न क्लव र समूहले अनियमितरुपमा बाटो कर असुल्ने गरेको हुनाले राजधानी ल्याएर दोब्बर मूल्यमा बिक्री गर्नुपरेको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । यो एक ट्रिपमा खर्बुजामा १५ देखि १८ मेट्रिक टन मात्र आयात गर्न सकिन्छ तर भारतदेखि नेपाली बजारसम्म सामान ल्याइपु¥याउँदा बाटोमा करमात्र पाँच हजारदेखि १५ हजारसम्म कर तिर्नुपर्छ । यसको लागि राज्यले जुन ठाउँबाट उत्पादित वस्तु आयात ग¥यो सोही ठाउँमा मात्र कर तिरे पुग्ने कानूनी प्रावधान भए पनि कृषक तथा सम्बन्धित व्यवसायीहरुलाई निकै नै राहत हुने थियो । यसलाई कृषि विकास गर्ने कृषि मन्त्रालयले प्रभावकारी अनुगमन गर्न नसक्दा कृषक एवं उपभोक्ताहरु दुबै मारमा पर्दै आएका छन् । 

  अन्त्यमा भन्नुपर्दा हाम्रो मुलुकमा विभिन्न किसिमका फलफूलहरुको खेती हुन्छ । यसमध्ये खर्बुजा फलफूल गर्मीको लागि उपयुक्त फल हो । देशका विभिन्न भागहरुमा गर्मी समयमा यसको माग बढी रहेको हुन्छ । यसले केही हदमा भए पनि गर्मी हटाउने गर्दछ । यसको प्रयोग दिनहुँ बढ्दोरुपमा भएको पाइन्छ । यसले गर्दा यसको मूल्यमा पनि वृद्धि भएको छ । यसकारणले गर्दा मुलुकको विभिन्न सहरी क्षेत्रमा यसको माग दिनहूँ बढ्दै गएको छ । यसको खेती प्रायः गरी तराईका बीस जिल्लालगायत पहाडी भेगमा पनि आयआर्जनकोरुपमा खेती गरिएको पाइन्छ । मुलुकका साना स्तरका कृषकहरुको लागि थोरै पूँजीमा यसको खेती गर्न सकिन्छ । विशेषरुपमा राजधानी काठमाडौंमा मात्रै १ सय २० मेट्रिकटनको माग रहेको अनुमान गरिएको छ । यसमा  ८० मेट्रिक टन भारतीय बजार र  छ भने स्वदेशमा उत्पादन ४० मेट्रिक टन खर्बुजा  हुने सम्बन्धित क्षेत्रको दावी रहेको पाइन्छ । खर्बुजा उत्पादनका साधनहरु जस्तै भूमि, श्रम, पूँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र यस व्यवसायबाट धेरैभन्दा धेरै मुनाफा कसरी कमाउने भन्ने कुरा व्यावसायिक कृषकलाई सिकाउनुपर्छ । कृषि उत्पादन अर्थशास्त्र एउटा यस्तो व्यावहारिक ज्ञान हो जसले कृषि व्यवसायमा उत्पादनका साधनहरुलाई आपसमा कुन स्तरमा मिलाउने अथवा साधनहरुलाई कुन अनुपातमा राख्ने भन्ने कुरा थाहा पाउनुपर्छ । जसले गर्दा प्रतिइकाई उत्पादन वृद्धि गर्न सकिन्छ ।
   जसले गर्दा आय आर्जन वृद्धि गरी कृषकहरुको जीवनस्तर उकास्न मद्दत पु-याउने हुन्छ । यसर्थ कृषि विकास गर्ने निकायकोरुपमा रहेको सरकारको कृषि तथा सहकारी मन्त्रालयले बेलैमा मुलुकको खर्बुजाको मागलाई आपूर्ति गर्न सकिने खालको यसको खेती विस्तार गर्नु पर्ने आजको तड्कारो आवश्यकता एकातिर छ भने अर्कोतिर छिमेकी मुलुकहरुबाट आयात गर्ने खर्बुजालाई प्रतिस्थापन गरी स्वदेशी खर्बुजाको उत्पादनमा जोड दिनुपर्ने सम्बन्धित क्षेत्रको भनाइ पाइन्छ ।  

Source :http://www.aarthikdainik.com.np/700223

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s