४ लाखबाट शुरु व्यवसाय ६० लाखको हाराहारीमा

४ लाखबाट शुरु व्यवसाय ६० लाखको हाराहारीमा

नेपालगन्ज–१५ जेठ ।  सात बर्ष मलेसियामा काम गरेर पनि राम्रो आर्थिक फाईदा हुन नसकेपछि आफ्नै देशमा आएर कुखुरा पालन गरेका बांके कारकांदो–२ का कृष्ण सुवेदीको व्यवसाय अहिले ६० लाखको हाराहारीमा छ ।

लाख खर्च गरेर बिदेश गएपनि उनले राम्रो कमाइ गर्न नपाएपछि घर फर्केर कुखुरा पालन र मासु विक्रि व्यवसाय शुरु गरेका हुन् ।  पांच वर्ष अघि चार लाखमा सुरु गरेको उनको सो व्यवसाय अहिले ६० लाखको हाराहारीमा पुगिसकेको छ । उनले मासिक ६० हजार बढी नाफा आर्जन गरिरहेका छन् ।

‘पैसा कमाउन बिदेशमै जानु पर्छ भन्ने छैन ।’ कृष्णले भने–‘बिदेशमा पाउने तलव त मैले मेरा कर्मचारीलाई दिन्छु ।’ नेपालगञ्जमा रहेको उनको सगरमाथा फ्रेस हाउस र सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्स बांके र बर्दियाका कुखुरापालक कृषकका लागि निकै परिचित छ । कृष्णले आफुले उतपादन गरेका कुखुरा मात्र विक्रि गर्ने गरेका छैनन् । उनले बाँके र बर्दियाका अरु किसानले उत्पादन गरेका कुखुरा र कुखुराको मासु पनि विक्रि गर्दै आएका छन् ।

सुवेदीको फ्रेस हाउसबाट अहिले दैनिक ३ कुईण्टल मासु बिक्री हुन्छ भने जिउदो कुखुरामा ५ कुईण्टल विक्री हुन्छ । त्यसै गरी उनले मासिक ८ हजार चल्ला बांके र बर्दियामा सप्लाई गर्दै आएका छन् । त्यसै गरी कुखुराको दाना मासिक सय टन विक्री गर्छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s