भक्तपुरमा सुविधा सम्पन्न फनपार्क सञ्चालनमा

भक्तपुरमा सुविधा सम्पन्न फनपार्क सञ्चालनमा

नगेन्द्र अधिकारी
(भक्तपुर), १५ जेठ- काभ्रे र भक्तपुरको सिमाना नजिकको पलाँसेमा सुविधा सम्पन्न फनपार्क सञ्चालनमा आएको छ । काठमाडौं फन भ्याली प्रालिले ६२ रोपनी जग्गामा पार्क सञ्चालन गरेको हो । उपत्यका नजिकै मनोरञ्जन र घुमघामका लागि उपयुक्त स्थल होस् भनेर करिब १६ करोडको लगानीमा पार्क सञ्चालन गरेको प्रबन्ध निर्देशक दिनेश गिरीले जानकारी दिए ।
“पाँचखालमा बनाउने सोच बनाएका थियौं तर दूरीका हिसाबले पनि नजिक भएको कारण यही बनायौं,” उनले भने, “उपत्यकावासीका लागि यो नै पहिलो पार्क हो ।     उनले अर्का व्यवसायी भरत गिरीसँग साझेदारी गरेका छन् । विदेश भ्रमणको क्रममा देखेका पार्कले यहाँ खोल्ने प्रेरणा मिलेको उनले सुनाए । १५ वर्षका लागि उनीहरूले जग्गा लिजमा लिएका छन् ।
पार्कमा बालबालिका र युवाका लागि विभिन्न ‘गेमहरू’ छन् । विद्युत्बाट खेलाइने कार, हेलिकप्टर, ट्रेनसहित पानी सम्बन्धित सलाइडिङ, अक्वा डान्स, वेब पुल, रेन डान्स, चाइल्ड सलाइडिङलगायत खेलसँगै यहाँ सुइमिङको व्यवस्था छ । पार्कभित्रै थ्रीडी थिएटर, रेस्टुराँ, शौचालयलगायतको सुविधा पनि रहेको दिनेशले जानकारी दिए । सञ्चालक भरत गिरीका अनुसार, पार्कमा एकैपटक ५ हजार जना मानिस रमाउन सक्छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा पार्क सहयोगी हुने उनले जानकारी दिए ।
पार्कको पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले बुधबार उद्घाटन गरे । उनले पार्कको अवलोकन गरेका थिए । उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायत स्थानीय राजनीतिक दलका नेता, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्यलगायत पदाधिकारीहरू सहभागी थिए । पहिलो दिन बेलुकासम्म करिब ५ हजार मानिसले पार्क अवलोकन गरेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s