दूधको वार्षिक कारोबार ९१ अर्ब

दूधको वार्षिक कारोबार ९१ अर्ब

दूधको वार्षिक कारोबार ९१ अर्ब
किरण आचार्य
काठमाडौं, १५ जेठ- गत आर्थिक वर्ष मुलुकमा ९० अर्ब ८७ करोड रुपैयाँ बराबरको तरल दूध कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब १० प्रतिशत धेरै हो । आव ०६७÷६८ मा ८० अर्ब ९३ करोडबराबरको दूध कारोबार भएको थियो ।
पछिल्ला वर्षमा दूध उत्पादन र उपभोगको परिमाण बढ्दै गएपछि कारोबारमा उल्लेख्य वृद्धि भएको सरोकारवालाले जनाएका छन् । “दुग्ध क्षेत्रमा कृषकको संलग्नता बढेका कारण पछिल्ला वर्षमा उत्पादन पनि बढ्दो क्रममा छ,” राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले भने ।
देशको उत्पादनमा वृद्धि भएका कारण दूधको आयातसमेत घटेको उनले बताए । नेपालमा उत्पादित दूधमध्ये करिब ९५ प्रतिशत प्रशोधित दूधको रूपमा बिक्री–वितरण भएको पाइन्छ भने बाँकी दूधको आइसक्रिम, चिज, खुवा, पडा, बर्फी, पनिर आदि बनाइन्छ ।
कृषि विकास मन्त्रालयका अनुसार आव ०६८÷६९ मा अघिल्लो वर्षभन्दा ४.२६ प्रतिशतले बढेर देशभर कुल १६ लाख २२ हजार मेट्रिक टन दूधको कारोबार भएको थियो । गत वर्ष तरल दूध प्रतिलिटर औसत ५६ रुपैयाँमा कारोबार भएको थियो । आव ०६७÷६७ मा समेत अघिल्लो वर्षको तुलनामा ३.९४ प्रतिशत वृद्धिसँगै १५ लाख ५६ हजार मेटन दूध उत्पादन भएको थियो ।
नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद कार्कीले दूध उत्पादन र गुणस्तरमा समेत सुधार भइरहेको बताए । “दिनहुँ नगद आम्दानी हुने हुनाले दुग्ध क्षेत्रमा कृषकको आकर्षण बढ्दो दरमा छ,” उनले भने, “दूधको उपयोगिताबारे जनचेतनाको स्तरसमेत बढेकाले माग बर्सेनि उकालो लागिरहेको छ ।” उपभोक्ताहरू गुणस्तरप्रति सचेत रहेको र बजारसम्म गुणस्तरीय दूध पु¥याउनु आफूहरूको जिम्मेवारी रहेको उनले बताए ।
०६६÷६७ मा देशभर ७१ अर्ब ८० करोड र आव ०६५÷६६ मा ६३ अर्ब ५९ करोड रकमबराबरको दूध कारोबार भएको थियो । बर्सेनि कारोबारसँगै उपभोक्ता मूल्यसमेत बढ्दै आएको छ । गत वर्षको सुरुमा करिब ५२ रुपैयाँ प्रतिलिटर मूल्य रहेकोमा अहिले औसत बजार मूल्य ५६ रुपैयाँ नाघेको छ । त्यसअघि वार्षिक औसत ४ रुपैयाँ प्रतिलिटरका दरले बढेको तथ्यांक छ ।
दूधको उत्पादन वृद्धि गर्न सरकारले थप कार्यक्रम सञ्चालन गर्ने बोर्ड अध्यक्ष पन्तले बताए । “भविष्यमा मागअनुसार आपूर्ति व्यवस्थित गर्न २० वर्षे रणनीतिको समेत अन्तिम तयारी भइरहेको छ,” उनले भने । दूधको गुणस्तर सुधारका लागि यो वर्ष २० कृषकलाई गोठ सुधार गर्न जनही ५० हजार रुपैयाँ उपलब्ध गराइएको उनले बताए । बोर्डले मिल्क एनालाइजर, चिलिङ भ्याटको वितरण र कृषक तथा व्यवसायीको क्षमता वृद्धिजस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने पन्तले बताए ।
राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ)ले स्वस्थ रहन एक व्यक्तिले वार्षिक ९२ लिटर दूध पिउनुपर्ने मापदण्ड तोकेको छ । नेपाल सरकारको मापदण्डअनुसार हरेक नेपालीले वर्षमा ५७ लिटर दूध पिउनु आवश्यक छ । नेपालीले प्रतिवर्ष औसतमा ५२ लिटर पिइरहेको र ५ लिटर अपुग रहेको तथ्यांकले देखाएको छ ।
दुग्ध दिवस मनाइने
दुग्ध उत्पादन तथा बिक्री–वितरणलाई प्रोत्साहन गर्न सरकारले यो वर्ष पनि अन्तराष्ट्रिय दुग्ध दिवस मनाउने भएको छ । जेठ १७ र १८ गते विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । नेपालमा दिवस मनाउन थालिएको यो तेस्रो पटक हो ।
दुई दिनसम्म मनाइने दिवसका अवसरमा वृद्धाश्रमका वृद्धावृद्धालाई दुग्ध तथा फलफूल वितरण, दुग्ध क्षेत्रमा योगदान गर्ने कृषक, उद्योगी, सञ्चारकर्मीलगायतलाई सम्मान, विद्यार्थीमाझ निबन्ध प्रतियोगिता तथा पुरस्कारलगायतका कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक डेरी एसोसिएसनले जनाएको छ ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s