घट्दै चिनीको मूल्य

घट्दै चिनीको मूल्य

राधिका ढकाल
काठमाडौं, १५ जेठ
अन्तर्राष्ट्रिय बजारमै चिनीको उत्पादन अत्यधिक हुँदा मूल्य घटेको छ । नेपालमा समेत गत वर्षभन्दा २२ हजार क्विन्टल चिनी उत्पादन बढेपछि मूल्य ओरालो लागेको छ ।
गत सातासम्म कारखाना मूल्य प्रतिकिलो ६६ रुपैयाँबाट घटेर ६२ रुपैयाँ भएको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए । उनका अनुसार भारतमा समेत अत्यधिक चिनी उत्पादन भएपछि मूल्य खस्किएको हो ।
यो वर्ष उत्पादन बढेपछि भारत सरकारले चिनी निर्यात खुला गरेको छ । यससँगै त्यहाँ चिनीको मूल्य घटेर प्रतिकिलो ५१ रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा भन्दा भारतमा मूल्य कम भएपछि त्यहाँबाट तस्करी बढेको अग्रवालको भनाइ छ ।
ब्राजिल, थाइल्यान्ड, बंगलादेश र भारत विश्वकै ठूला चिनी उत्पादक हुन् । यी सबै मुलुकमा यो वर्ष चिनी उत्पादन अत्यधिक भएकाले मूल्य अझै घट्ने अग्रवालको अनुमान छ । पछिल्लो वर्षदेखि नेपाल चिनीमा आत्मनिर्भर भए पनि भारतबाट अवैधानिक रूपमा भित्रिँदा यहाँका उखु कृषक तथा उद्योगी मर्कामा परेको उनले बताए ।
नेपालमा वार्षिक १ लाख ७० हजार मेट्रिकटन चिनीको माग रहेकोमा चालू आवमा १ लाख ५३ हजार मेट्रिक टन ठूला उद्योगबाट उत्पादन भइरहेको जानकारी उनले दिए । खाडीसारी (साना घरेलु मिल) बाट १० देखि १२ हजार मेट्रिक टन चिनी उत्पादन हुने गरेको तथ्यांक उनले दिए । गत वर्ष १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । उखु उत्पादनमा २ लाख कृषक आबद्ध छन् ।
नेपाल चिनीमा आत्भनिर्भर भइसकेकोले साल्ट टे«डिङ र नेसनल टे«डिङले सहुलियत भन्सार दरमा लिँदै आएको वार्षिक ३० हजार मेट्रिकटन चिनी रोकिनुपर्ने अग्रवालको तर्क छ । “बंगलादेशबाट आउने चिनीको भन्सारदर बढाउनुपर्ने माग पनि उद्योगीको छ,” उनले भने ।
हाल बंगलादेशबाट १५ प्रतिशत भन्सारदरमा चिनी आयात भइरहेको छ । तीन वर्षअघिसम्म ४० प्रतिशत भन्सारदर रहेकोमा अहिले १५ प्रतिशतमा झारिएको छ । पुनः बढाएर ४० प्रतिशत पु¥याउनुपर्ने माग उद्योगीको छ ।
सरकारले समयमै अवैधानिक रूपमा आयात चिनी नरोके र बंगलादेशबाट आयात हुने चिनीको भन्सारदर नबढाए कृषकले उखुको मूल्य अहिलेभन्दा पनि कम पाउने अग्रवालले बताए । हाल उखु कृषकले मूल्य अभिवृद्धि कर (भ्याट)सहित ४ सय ८१ रुपैयाँ प्रतिक्विन्टल मूल्य पाउँदै आएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s