शान्तिप्रेमी महामानव गौतम बुद्ध

-विश्वनाथ खरेल

bishwa_nath-pokharel-souryaधर्म र संस्कृतिको बाहुल्यता रहेको नेपाल जस्तो देशमा थुप्रै पर्वहरू छन् भने कुरा सबैलाई विधिवतै छ । तीमध्ये बुद्धजयन्ती पनि एक हो । बौद्ध जगत्मा वैशाख पूर्णिमाको ठूलो महत्त्व छ किनभने बुद्धदेव करिब २६०० वर्षअघि वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मनु भई ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन उहाँले देहत्याग गर्नुभयो । भावनामा बग्ने कल्पनाको ज्वारभाटालाई प्रतिभाको बेगले सजाउन खोज्ने, संसारको साह्रा दु:खको जरोलाई उन्मूलन गर्ने ठूलो संकल्प लिएर अघि बढे अहिंसाको कट्टर विरोध गर्ने महामानव गौतम बुद्ध नेपालको मात्र नभएर पूरै एसियाका तारा बनी नक्षत्रमा उदाउन सफल बनेका छन् ।
हाम्रो देशका अधिकांश मानिस बुद्धका अनुयायी बनेका छन् त्यसैले हामी गौरवान्तित छौँ । बुद्ध धर्म सर्वोपरी छ ।  बुद्ध धर्मले कसैलाई धृणा गर्दैन । कतिले बुद्ध धर्म पलायनबादी धर्म भन्छन् । वास्तविकतालाई नियालेको खण्डमा बौद्धधर्म पलायनबादी धर्म नभई विस्तारवादी धर्म हो । छिमेकी भारतमा बुद्ध गया सारनाथमा बुद्धको अस्तित्व रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा पनि अहिले विकास कार्यहरू गरिँदै छन् । बुद्ध देवले सबै प्राणीको हितको लागि आफ्नो स्वार्थ त्यागेर अझ भनौँ भने सांसारिक मोहबाट सरक्क पन्सिएर उनले बोधी गयामा गएर तपस्या गर्न थाले । एकदिन एकध्यान एकसुर र एकमन भएर तपस्या गरिरहेका बेलामा उनलाई संसारको दु:खको औखती थाहा पाएको आभाष भयो, त्यो थियो मनमा शान्ति लिई रिसराग त्यागिदिनु । यदि हामीले सबै रिसराग अहिंसालाई त्यागेर मनमा शान्ति लिने हो भने हामीलाई अवश्य पनि सुख प्राप्ति हुनेछ । बुद्धका यस्ता गहकिला उपदेशहरू शताब्दीयौँ शताब्दीसम्म पनि ताजा नै रहने छन् । उनले दिएका त्यस्ता उपदेशहरू मानव कल्याणका लागि सधैँ नै उपयोगी सावित हुनेछन् ।
संसारमा दु:ख हुनु स्वभाविकै भए जस्तै दु:खको कारण पनि हुनु स्वभाविक हो । दु:ख निरोधको उपाय खोज्न शान्तिप्रेमी गौतम बुद्ध सधैँ लागि नै रहे । उनका विचारहरू समयकालको सिमामा सीमित हुँदैनन् । उनका विचारहरू सर्वव्यापी छन् । सन्तुलित र नैतिक व्यावहरिक र सैद्धान्तिक हरेक क्षेत्रमा बुद्धका योगदान रहेका छन् । सह–अस्तित्व, असंलग्नता, शान्ति, धैर्य अहिंसालाई बुद्धले अगाडि बढाएका हुन् । यिनै कुरालाई पालना गर्न सकियो भने पनि विश्वमा शान्ति कायम हुन सक्छ र संसारका हरेक जीवले सुखको सास फेर्न पाउँछन् ।
शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध भन्नु हुन्छ, ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ’ । यसै अनुरुप बुद्ध भन्ने गर्नुहुन्थ्यो राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवनमा के नै फरक भयो र मानिसलाई पुर्खाले राम्रो कामको लागि नै यस धर्तीमा पठाएका हुन् । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । यिनले आफ्नो जीवनसित सम्बन्धित चार घाम – बद्धिनाथ, रामेश्वर द्वारका र जगन्नाथ बौद्ध पावनस्थलहरू लुम्बिनी, बोधगया, ऋषिपटन, कुशिनगर छन् । यसरी उपर्युतm चार स्थलहरूको पवित्रतामाथि जोड दिइनामा पनि त्यही नै आशय रहेको बुझिन्छ । यसैले यहीँ हामीले आफ्नो राष्ट्रलाई अक्षुण्ण बनाई राख्नु छ भने पावनस्थलहरूको मनसा, कर्मणा आदर गरिनु नितान्त जरुरी छ बुद्धको ज्ञानबाट प्राप्त पाठहरू यस प्रकार छन् ।
     संसारमा दु:खले भरिएको छ ।
     दु:ख नै कारण भएको छ ।
     दु:खलाई निर्वाहन गर्नुपर्छ ।
     दु:खलाई निर्वाहन गर्ने उपाय के हुन् ?
जगत्को कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र संभव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकदिन आनन्दको अनुभव गरे तापनि अन्तत त्यसको फल कष्टपद नै हुन्छ । यसरी सत्य भगवान् हो यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शास्वत छ । अत: अहिंसा र संयकोअर्थ नै धर्म हो ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु ।
आजको कहालीलाग्दो विश्वमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको सन्देशले केही हदसम्म साम्य पार्ने कोसिस गरेको देखिन्छ । यिनले दिएको ज्ञानलाई, शिरोधार्य गर्ने हो भने विश्वमा नै शान्तिको बिगुल फुकी शान्ति कायम गर्न सकिन्छ । विधाताले नेपाली मानवका लागि गौतम बुद्ध र प्रकृतिले सगरमाथालाई दिएर हाम्रो राष्ट्रलाई ठूलो उपकार गरेका छन् । त्यसैले हामी बुद्धदेवलाई ‘राष्ट्रिय विभूति’ का रूपमा सम्मान गर्छाैं । यिनका विचारहरूलाई फैलाउने हो भने हामी हाम्रो धर्तीलाई स्वर्गतुल्य बनाउन सक्थ्यौँ भन्ने कुरामा कसैको पनि दुईमत नहोला ।

Source : http://www.souryadaily.com/700215

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s