डीभी चिठ्ठाको नतिजा आज राति

अजय शर्मा, काठमाडौँ, बैशाख १८ गते । डाइभर्सिटी भिसा, डिभी–२०१४ को नतिजा आज राती अथार्त सन् २०१३ मे १, रातिको १२ बजे (ईस्टर्न स्ट्यान्डर्ड टाइम) देखि  www.dvlottery.state.gov मा उपलब्ध हुने नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

हरेक वर्ष संयुक्त राज्य अमेरिकाको डाइभर्सिटी भिसा कार्यक्रमले विश्वभरि ५५,००० वटा सम्म आप्रवासी भिसा उपलब्ध गराउँछ ।

(डिभी–२०१४ को लागि दर्ता अवधि सन् २०१२ अक्टोबर २ देखि सन् २०१२ नोभेम्बर ३ सम्म खोलिएको थियो ।) डिभी–२०१४ का आवेदकहरूले आफ्नो “कन्फर्मेशन नम्बर” सन् २०१४ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्न सुझाव दिईन्छ । सन् २०१३ अक्टोबरमा थप नतिजा प्रकाशित हुनसक्छ । डिभी–२०१४ कार्यक्रमका लागि छनौट भए नभएको थाहा पाउने एउटै तरिका भनेको माथि उल्लिखित वेबसाइट हो । डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत जानकारी नगराइने दूतावासले बुधकार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘अमेरिकी दूतावाससँग समयमै अन्तर्वार्ताको समय सुनिश्चित गर्नका लागि डिभी–२०१४ का विजेताहरूलाई तुरुन्त आवश्यक कागजात केन्टकी कन्सुलर सेन्टरमा पठाइहाल्न अमेरिकी दूतावास सुझाव दिन्छ’ विज्ञप्तीमा उल्लेख छ ।
साथै दूतावासले उक्त विज्ञप्ती मार्फत डिभी कार्यक्रमका आवेदकहरूलाई जालसाजीपूर्ण ईमेल तथा चिट्ठी पठाउने कार्य उल्लेखनीय रुपमा बढिरहेको कुरा अमेरिकी विदेश मन्त्रालयको अफिस अफ् भिसा सर्भिसेस्ले जनसाधारणलाई जानकारी गराएको छ । डिभी कार्यक्रमसम्बन्धी प्रक्रियाबारे सही जानकारी लिन http://www.dvlottery.state.gov मा जान आग्रह गरिएको छ । यो वेबसाइट डिभी कार्यक्रमसम्बन्धी आधिकारिक जानकारीको लागि एउटै मात्र स्रोत हो ।

Source : http://www.gorkhapatraonline.com/700118

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s