होस् गर्नुस्, आँप खाँदा विरामी परिएला !

Mango

जनकपुरधाम, वैशाख १७ – अखाद्य पदार्थ हालेर पकाएको आँप जनकपुर बजारमा व्यापक रूपमा बिक्री हुने गरेकाले यसको प्रयोगले उपभोक्ताहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको छ ।

कार्वाइड(कार्वन) नामक रसायन प्रयोग गरी पकाइएका आँप खानाले पेटमा असर गर्नुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने चिकित्सकहरू बताउँछन् ।

कार्वाइड नामक रसायन काँचो आँपमा राख्नाले २४ घण्टामै पाक्ने गरेकाले व्यापारीहरूले बढी आर्थिक लाभको कारण यस्तो आँप ल्याएर बजारमा बेच्ने गरेको पाइएको छ ।

प्राकृतिक रूपमा आँप पाक्ने मौसम अहिले नभएकाले सो रसायन हाली पकाइएको आँप खाँदा पेट दुख्ने, वान्ता हुने जस्ता रोगहरू लाग्न गइ स्वास्थ्यामा प्रतिकुल असर पर्ने गरेको चिकित्सक डा सुरेन्द्रकुमार कर्णले बताए ।

भारतको दिल्ली, कोलकाता, मद्रासलगायतका बजारबाट दैनिक जनकपुर बजारमा अहिले रु सात लाख ५० हजार मूल्य बराबरको १५ टन आँप आउने गरेको जनकपुर फलफुल व्यवसायी सङ्घले जनाएको छ ।

भारतबाट वैशाख महिनाको पहिलो सातादेखिनै आँप जनकपुरको बजारमा आउन थालेको र एक हप्ता लगाएर आउने गरेकाले आँप पाक्ने गरेको हो । बढी आर्थिक लाभ दिन व्यापारीहरूले रसायन हाली पकाएको आँपलाई रूखमै पाकेको आँप भनेर बिक्री गर्ने गरेको पाइएको छ ।

स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने यस प्रकारको अखाद्य आँपको बिक्रीमा स्थानीय निकायले रोक लगाउनुपर्ने उपभोक्ताहरूको माग रहेको छ । भारतबाट आउने यस्तो आँप अहिले बजारमा प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री हुने गरेको उपभोक्ताहरू बताउँछन् । रासस

source:http://www.ekantipur.com/nep/2070/1/17/full-story/367227.html

प्रकाशित मिति: २०७० वैशाख १७ ०५:०४

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया  
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
 
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
   
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s