सन् २०३० सम्ममा गरिबी समाप्त हुनसक्छ : विश्व बैंक

  एजेन्सी,   वासिङ्टन, वैशाख १५,
  सन् २०३० सम्ममा विश्वभरमा अत्यधिक गरिबीलाई करिब समाप्त गर्ने लक्ष्यलाई पूरा गर्नका लागि विश्व बैंकका अध्यक्ष जिम योङ किमलाई महत्वपूर्ण समर्थन प्राप्त भएको छ । बैंकको मन्त्रालयस्तरको एक समितिले गरिबीलाई कम गरेर यसलाई विश्वको जनसङ्ख्याको तीन प्रतिशतमा रोकिने छ भन्ने जिम योङ किमको विचारको समर्थन गरेको छ ।  विश्व बैंकका अध्यक्ष जिम योग किम सो लक्ष्य महत्वाकांक्षी अवश्य भएको तर यसलाई हासिल गर्न सकिन्छ भन्नेमा स्वयम् मान्नुहुन्छ । उहाँले भन्नुभयो– ‘हामीले अत्यधिक गरिबीलाई समाप्त गर्ने एउटा  समयसीमा निर्धारण गरेका छौं, विश्वभरका नेताहरूको सहयोग, प्रतिबद्धता र दूरदर्शिताका साथ हामीलाई पूरा भरोसा छ कि हामी यसलाई सम्भव बनाउनसक्छौं, यो कडा मिहिनेतबाट मात्र हुनेछ, सन् २०३० को लक्ष्य जति तपाई सोच्नुहुन्छ त्योभन्दा ज्यादै धेरै नजिक छ, मात्र १७ वर्ष टाढा त हो ।’      
  आम्दानीमा सुधार

  उहाँले भन्नुभयो– ‘हामी विश्वसामु यो कामको आवश्यकतालाई अगाडि ल्याउने छौं, हामी विश्वभरमा अत्यधिक गरिबीको दरलाई प्रत्येक मुलुकको बारेमा आफ्नो कामको प्रगति प्रतिवेदन अगाडि राख्नेछौं, यसका साथै प्रत्येक मुलुकको तल्लो स्तरमा रहेका ४० प्रतिशत जनताको आम्दानीमा आउने परिवर्तनहरूमाथि पनि ध्यान दिनेछौं ।’ समितिले सबै मुलुकका सबैभन्दा गरिब मानिसहरूको आम्दानीमा सुधार गर्नका लागि गरिने प्रयासहरूमा अझ धेरै ध्यान दिएर समृद्धिको विस्तार गरिने भन्ने जिम योङ किमको विचारलाई पनि समर्थन गरेको छ । स्वास्थ्य र शिक्षा जस्ता विषयमा जिम योङ किमले भन्नुभयो– ‘यस सिलसिलामा गरिएका बैठकहरूको तेस्रो महत्वपूर्ण पक्ष भनेको विश्वका मुलुकहरूले स्वास्थ्य र शिक्षा क्षेत्रमा अधिक लगानी गर्नुपर्ने आवश्यकतालाई प्राथमिकता दिउन् ।’  
  शिक्षासम्म सबैको पहुच
  जिम योङ किमले शिक्षामा सबैको पहुँच सुनिश्चित नगराइएसम्म र पढाइ–लेखाइको तौरतरिकाहरूमा परिवर्तन नगराइएसम्म यस्तो सम्भव नहुने बताउनुभयो । यसबाट सबै बालबालिकाहरू स्कुल जान पनि सक्तैनन् र त्यहाँ केही पनि सिक्न सक्तैनन् । अन्तर्राष्ट्रिय मुद्राकोषका प्रबन्ध निर्देशक क्रिस्टिन लागार्दले उहाँको सङ्गठनले कसरी ती लक्ष्यहरूलाई पूरा गर्न सहयोग गरिरहेको छ भन्नेबारेमा विस्तारपूर्वक उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘कम आम्दानी भएका मुलुकहरूलाई हामी ऋण दिँदा सहुलियत बढाइरहेका छौं, एक महिना पहिला मात्र यसलाई स्वीकृति दिइएको छ, हामी साना मुलुकहरूलाई पहिलाभन्दा धेरै सहयोग गरिरहेका छौं ।’

Source : http://www.aarthikdainik.com.np/news_details/1203/-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s