चिया खेतीको विस्तार र निर्यातको बढ्दो सम्भावना

     

विश्वनाथ खरेल,         विश्वले अहिले दैनिक करोडौं रुपैयाँको चिया पिइरहेको छ । यसरी विभिन्न देशहरुमा प्रतिवर्ष प्रतिव्यक्ति चियाको खपतमा आयरल्यान्ड, बेलायत, टर्की, इरान, भारत, संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, न्यूजील्यान्ड, कतार, श्रीलंका, कुवेत, सिरिया र नेपाल क्रमशः ३ किलो, २.५ किलो, २.१० किलो, १.५ किलो, ०.७० किलो, ०.३० किलो, ०.९० किलो, १.१० किलो, १.५० किलो, १.३० किलो, २.१० किलो, १.३५ किलो र ०.३५ किलो चियाको खपत रहेको देखिन्छ । त्यस्तै गरी हाम्रो देश नेपालमा पनि चियाको खपत दिनहुँ बढ्दोरुपमा भएको छ । मुलुकको भौगोलिक विविधता रहेको हाम्रो देश नेपालमा नगदेबाली चियाले प्रवेश गरेको १ सय ५० वर्षभन्दा बढी भए तापनि व्यावसायिकरुपमा यस खेतीको थालनी भएको करिब ४५÷५० वर्ष मात्र भएको बुझिन्छ । मुलुकका अधिकांश जनता जीविकोपार्जनको लागि कृषि कर्ममा आबद्ध रहेका छन् । जबसम्म कृषि क्षेत्रको विकास हुँदैन तबसम्म मुलुकको भाग्य कोरिन सक्दैन । कृषि क्षेत्रको दिगो विकास आवश्यकता मात्र नभई अपरिहार्य रहेको छ । यसै सन्दर्भमा चिया खेती पनि मुलुकको एक मुख्य नगदेबालीको रुपमा रहेको छ । अतः देशमा चिया खेती पूर्वको इलाम जिल्लाबाट सुरु भएको पाइन्छ । 

  मुलुकमा आर्थिक वर्ष २०६६÷०६७ मा  निजीस्तरमा चियाको क्षेत्रफल ९ हजार १ सय ५९ हेक्टर, साना किसानतर्फ ७ हजार ९ सय ६८ हेक्टर गरी चियाको कुल रोपण क्षेत्रफल १७ हजार १ सय २७ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । त्यस्तै गरी यसको उत्पादनतर्फ अवलोकन गर्दा निजीस्तरमा १ करोड २ लाख ३७ हजार ५ सय १४ किलो र साना किसानको ६३ लाख ७० हजार ४१ किलो गरी कुल १ करोड ६६ लाख ७ हजार ५ सय ५५ किलो चिया उत्पादन भएको अनुमान गरिएको छ । हाल देशमा १ सय २४ वटा चिया बगान र ४० वटा प्रशोधन कारखानाहरु सञ्चालित छन् । त्यसमध्ये २५ वटा सीटीसी र १५ वटा अर्थोडक्स कारखानाहरु रहेका छन्, जहाँ ४० हजारभन्दा बढी श्रमिकहरु प्रत्यक्षरुपमा रोजगारीमा संलग्न छन् । यसमा तराई र अन्य पहाडी जिल्लाका ८ हजार ७ सय ३५ साना किसानहरुका करिब ४३ हजार ६ सय ८५ परिवार सदस्यहरु चियामा आश्रित रहेका छन् ।
  विश्वको कुल उत्पादन र निर्यातमा नेपालको योगदान न्यून भए पनि इलाम र पूर्वाञ्चलका अन्य पहाडी जिल्लाहरुको हावापानी दार्जिलिङसँग मिल्दोजुल्दो छ । देशको उत्पादनमा गुणस्तरको हुँदाहुँदै पनि अन्तर्राष्ट्रियस्तरमा स्वीकार हुने मापदण्ड अवलम्बन गर्न सकियो भने विश्व बजारमा नेपाली चियाले ठाउँ लिने संकेत प्रशस्त सम्भावना छ । यसरी विश्व बजारमा अर्गानिक चियाको माग बढ्दो छ, अर्गानिक चियाको माग नेपाली चियाको लागि राम्रो अवसर हो । अर्गानिक तथा गुणस्तरीय उत्पादनमा नै नेपाली चियाको भविष्य गाँसिएको छ । चिया खेतीमा संलग्न सबैले चिया रोपण उत्पादन प्रतिशतदेखि बजार व्यवस्थासम्म गुणस्तरमा ध्यान दिन आवश्यक छ । यसर्थ चियाको उत्पादन र क्षेत्र विस्तार मात्र होइन आन्तरिक र बाह्य बजार प्रवद्र्धनमा ध्यान दिनुपर्दछ । विकास र विस्तारको प्रशस्त सम्भावना छ । हालसम्म अन्तर्राष्ट्रिय बजारमा राम्रो परिचित भइसकेको नेपाली चियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरमा सुधार गर्दै लैजान सकेको खण्डमा स्थायी बजार र उपभोक्ता र सुरक्षित गर्न सकिने छ । यसको लागि सम्बन्धित निकाय लागिपरेको बुझिन्छ ।
  समग्रमा भन्नुपर्दा पहाडमा उत्पादन हुने अर्थोडक्स चियाको कुल उत्पादनको ९० प्रतिशतसम्म निर्यात हुन्छ, निर्यातका मुख्य बजार रहेका राष्ट्रहरुमा जर्मन, जापान, अमेरिका, रिपपब्लका आदि रहेका छन् भने सीटीसी चिया भने मुलुकभित्रै मात्र खपत हुनुको साथसाथै छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशमा निर्यात भइरहेको छ । निर्यातकोे आँकडालाई अवलोकन गर्दा आर्थिक वर्ष २०५३÷०५४ मा ८१.४ मेट्रिकटन  निर्यात भएको थियो भने सोही अवधिमा आयाततर्फ ८ करोड ६९ लाख ७१ हजार रुपैयाँ बराबरको चिया आयात भएको थियो । यसर्थ आर्थिक वर्ष २०६६÷०६७ मा ८ हजार ४ सय ९८ मेट्रिकटन अर्थात् ११ लाख ९५ हजार ३ सय १९ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो त्यस्तैगरी सोही आर्थिक वर्षमा भारतलगायत अन्य मुलुकहरुबाट नेपालमा ३६ हजार १ सय १६ हजार रुपैयाँ बराबारको चिया आयात भएको तथ्यांकले देखाएको छ । यस व्यवसायमा हालसम्म प्रत्यक्ष वा अप्रत्यक्षरुपमा करिब एक लाख व्यक्तिहरुले रोजगारी पाइरहेका छन् । यसरी विश्वमा सबैभन्दा बढी चिया प्रयोग गर्ने देश आयरल्याडमा प्रतिव्यक्ति प्रतिवर्ष तीन किलो चिया उपयोग गर्ने गरेको तथ्यांकले देखाएको छ भने सबैभन्दा कम उपयोग गर्नेमा संयुक्तराज्य अमेरिकामा प्रतिव्यक्ति प्रतिवर्ष शून्य दशमलव तीस केजी मात्र प्रयोग गरेको अनुमान गरिन्छ भने हाम्रो देशमा भने प्रतिव्यक्ति लगभग शून्य दशमलव पैतीस केजी प्रतिव्यक्ति प्रतिवर्ष उपयोग गरेको अनुमान छ । यद्यपि सन् २०१० मा १०४ देशहरुमध्ये ८२ औं मा परेको नेपाल सबैभन्दा गरिब ठहरिएका लगभग ३ करोड जनसंख्या भएको देशलाई माथि उठाउने चिया कृषिजन्य उद्योग हुन सक्छ । यसकारणले गर्दा हालैका दिनमा विश्व बजारमा माग बढ्दै गएको हुँदा हाम्रो चिया खेतीको उत्पादन तेस्रो मुलुकतर्फ निकासिका कारण समेत कृषकहरु यसतर्फ आकर्षित भएको पाइएको छ ।      

Source : http://www.aarthikdainik.com.np/news_details/700116

 

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s