कर्मचारीको सेवा–सुविधामा भारी वृद्धि गर्दै सरकार

नवराज चालिसे÷राजधानी काठमाडौं, २५ चैत

अन्तरिम चुनावी मन्त्रिपरिषद्ले निजामती कर्मचारीको सेवा–सुविधामा उल्लेख्य वृद्धि गर्ने योजना अघि बढाएको छ । चैत मसान्तभित्र ल्याउन लागिएको बजेटमार्फत कर्मचारीको सेवा–सुविधामा उल्लेख्य वृद्धि गर्ने योजना सरकारले बनाएको हो । ‘राष्ट्रसेवक कर्मचारीको तलब, भत्ता, सेवा–सुविधा तथा नियमित खर्चका लागि बजेटमा भारी वृद्धि गर्ने अन्तिम तयारी भइरहेको छ, यस पटकको बजेटमा कर्मचारीले राहत महसुस गर्ने छन्,’ अर्थ मन्त्रालय बजेट महाशाखाका एक अधिकारीले राजधानीसँग भने । बजेट निर्माणमा सहभागी ती अधिकारीका अनुसार सरकारमा सहभागी मन्त्रीहरू नै निजामती सेवाको विशिष्ट श्रेणीका रहेकाले यसबेला कर्मचारीलाई मनोबल उकास्न सेवा–सुविधा बढाउन लागिएको हो ।

उनले करिब ४ सय अर्बको बजेट ल्याउने तयारी भइरहेको जानकारी पनि दिए । अर्थमन्त्री शंकर कोइरालाले समेत केही दिनअघि नै चैत मसान्तभित्र बजेट ल्याउने जानकारी दिएका थिए । विगतमा राजनीतिक असहमतिका कारण पूर्ण बजेट ल्याउन नसकेको कारण देखाई प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको सरकारले आफ्नो पहिलो महिनाभित्रै बजेट ल्याउन लागेको हो । सोही आधारमा अर्थ मन्त्रालयमा अहिले बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘बजेट निर्माण कार्य लगभग अन्तिम चरणमा पुगिसकेको छ, चैत मसान्तभित्रै आउँछ,’ अर्थसचिव शान्तराज सुवेदीले राजधानीसँग भने । सरकारले निर्वाचन र अत्यावश्यक खर्च व्यवस्थापन गर्न चैत मसान्तभित्रै चालू आर्थिक वर्ष २०६९÷२०७० को बाँकी अवधिका लागि विनियोजन बजेट अध्यादेश ल्याउन लागेको हो ।

निर्वाचन र चालू तथा पुँजीगत खर्च चलाउन विनियोजन अध्यादेश ल्याउन लागेको अर्थ मन्त्रालयको भनाइ छ । विनियोजन अध्यादेशका साथै आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश पनि ल्याउने तयारी भइरहेको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार आगामी असारभित्रै निर्वाचन गर्ने गरी निर्वाचनकेन्द्रित बजेट ल्याउन पनि गृहकार्य भइरहेको छ । असारभित्र निर्वाचन हुन सक्ने सम्भावना कम रहे पनि अर्थ मन्त्रालयले असारको निर्वाचनलाई नै केन्द्रित गरेर बजेट योजना बनाएको हो । ‘निर्वाचनको मिति निश्चित नभए पनि अर्थ मन्त्रालयलाई निर्वाचनकेन्द्रित बजेट निर्माण गर्न निर्देशन आएकाले निर्वाचनमुखी बजेट निर्माणमा जुटेका हौं,’ एक वरिष्ठ अधिकारीले भने । यद्यपि, बजेटमा कुनै नयाँ नीति तथा कार्यक्रम भने नल्याइने भएकाले बजेट भाषण पनि नगर्ने योजना छ । राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि पत्रकार सम्मेलनमार्फत बजेट अध्यादेश सार्वजनिक गर्ने योजना बनाइएको स्रोतले बतायो । अर्थ–सचिव सुवेदीले चैत मसान्तभित्रै बजेट ल्याउन सम्पूर्ण प्राविधिक तयारी पूरा भएको बताए ।

चुनाव र नियमित खर्च चलाउन बाँकी अवधिका लागि बजेट ल्याउन लागिएको सुवेदीको भनाइ छ । विकास खर्चमा भुक्तानी रोकिएका कारण राष्ट्रिय गौरवका आयोजना र ठूला विकास आयोजनालाई बजेटमा उच्च प्राथमिकता दिइने सुवेदीको भनाइ छ । सरकारले चालू आर्थिक वर्षमा २ सय ८९ अर्बको राजस्व उठाउने लक्ष्य लिएको छ । तर, बजेटमा राजस्वको दर भने हेरफेर नगरिने भएको छ । त्यसैगरी, बजेटमा १ सय २० अर्बको वैदेशिक सहायताको लक्ष्य राखिने भएको छ । चालू आर्थिक वर्षमा विकास खर्च निराशाजनक भएकाले सरकारले विकास खर्चका लागि करिब ७० अर्ब रकम विनियोजन गर्न लागेको हो ।

Source :http://www.rajdhani.com.np/en/2012-06-26-14-07-48/5357——

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s