सोह्र लाख बालमजदुरमध्ये करिब छ लाख जोखिमयुक्त काममा

अत्तरिया (कैलाली), १० वैशाख । नेपालमा रहेका १६ लाख बालमजदुरमध्ये छ लाख २१ हजार बालबालिका जोखिमयुक्त काममा संलग्न रहँदै आएका छन् । तीमध्ये दुई लाख बालबालिका नदेखिएका काममा संलग्न हँुदै आएको एक तथ्याङ्कले देखाएको छ । नेपाल बालश्रम प्रतिवेदन २०१० का अनुसार १६ लाख बालमजदुरमा बालिकाको सङ्ख्या बढी भएको देखाएको छ । पाँचदेखि १७ वर्षको उमेरका ४० प्रतिशत, पाँचदेखि १४ वर्ष उमेरका बालबालिकाको सङ्ख्यामा कमी आए पनि १४ देखि १७ वर्षका बालमजदुरको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

श्रम तथा रोजगार मन्त्रालयद्वारा सोमबार धनगढीमा आयोजित बालश्रम निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै शाखा अधिकृत जगदीशचन्द्र शिवाकोटीले २०२० सम्म सबै खाले बालश्रम र २०१६ सम्म निकृष्ट स्वरुप अन्त्य गरिने राष्ट्रिय गुरुयोजना रहेको र त्यसका लागि कामहरु भइरहेको बताउनुभयो । सन् १९९८ मा २० लाख बालबालिका बालश्रममा संलग्न भएकामा सन् २००८ मा घटेर बालश्रमको सङ्ख्या १६ लाखमा झरेको जानकारी दिँदै उहाँले बालश्रम न्यूनीकरणका लागि राज्यले विभिन्न सन्धि–सम्झौतामा हस्ताक्षर गरिसकेको अवस्थामा राष्ट्रिय नीति, कानुन र कार्ययोजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका उपसचिव नारायणप्रसाद रिसालले बालश्रम निवारणमा अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिबद्धता विषयक कार्यपत्र प्रस्तुत गर्दै अन्तर्राष्ट्रियस्तरमा भएका महासन्धि, विश्वव्यापीरुपमा स्वीकार गरिएका मापदण्ड, अन्तर्राष्ट्रिय प्रयत्नहरु र परिभाषाबारे जानकारी गराउनुभयो । दुई दिने उक्त कार्यक्रममा सरोकारवाला विभिन्न निकाय, सङ्घसंस्था, कार्यालयका प्रतिनिधिको सहभागिता रहेको छ । रासस

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s