लाइसेन्स लिन नयाँखाले ‘ट्रायल’

मकर श्रेष्ठ

 

काठमाडौ, वैशाख ३ –
 सवारी चालक अनुमतिपत्र -लाइसेन्स) लिने तयारीमा हुनुहुन्छ ? हो भने अब नयाँ शैलीको ‘ट्रायल पास’ गर्नुपर्ने छ । यातायात व्यवस्था विभागले सवारी र ट्राफिक ज्ञानको प्रभावकारिता बढाउन वैशाख ८ देखि लागू हुने गरी नयाँ मापदण्ड बनाएको हो । यसकै तयारीका लागि चैत २६ देखि लाइसेन्स परीक्षाको आवेदनसमेत बन्द छ । पुरानो शैलीको दुई पांग्रेले डन्डी छलाउने र चार पांग्रेले ‘टी सेप’ कटाउने विधि बदलिएको हो । पाँचवटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएर अब अंग्रेजी अंक ‘आठ’ आकारमा घुमाउनुपर्ने छ । त्यसपछि ठाउँठाउँमा राखिएका स्पिड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्ने छ । त्यस्तै उकालो र ओरालोमा समेत चलाउनुपर्ने छ । परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ । चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ । ‘यू’ टर्नमा साइड लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिने छ । पाँच मिनेटमा ‘आठ’ आकारको दूरी पूरा गर्नुपर्ने छ । चार पांग्रेमा सिट बेल्ट, ऐना, संकेत, स्टार्ट, एक्सिलेटर, ब्रेक, क्लज र ब्याक गियरको प्रयोग तथा मोड्ने तरिकाको परीक्षण गरिन्छ । दुई पांग्रेको नयाँबानेश्वरस्थित ट्रलीबस कार्यालय पछाडि र चार पांग्रेको साल्ट ट्रेडिङ अगाडि ट्रायल हुनेछ । विभागका महानिर्देशक शरदचन्द्र पौडेलका अनुसार परीक्षा निगरानी गर्न र अनियमितता हुन नदिन उच्चस्तरको सीसी क्यामरासमेत जडान गरिएको छ, जसको अभिलेख लाइसेन्स जारी नहुँदासम्म सुरक्षित राखिनेछ । लाइसेन्स परीक्षा समितिले जारी गरेको नतिजा चित्तनबुझे सीसी क्यामराले खिचेको भिडियोसमेत दखाइने उनले बताए । नयाँ व्यवस्थाअनुसार लाइसेन्स लिने चालक परिपक्व हुने ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए ।

के भए फेल ?

दुई पांग्रे

–    हेलमेट नलगाई, ऐना नमिलाई र साइड लाइटको प्रयोग नगरी स्टार्ट गरे

–    आठ आकारको लाइनभन्दा बाहिर सवारी लगे

–    यू टर्नमा साइड लाइट नबाले

–    ट्राफिक संकेत पालना नगरे

–    एकभन्दा बढी स्टार्ट बन्द भए

चार पांग्रे

–    सिट बेल्ट नबाँधे, पछाडि दायाँबायाँ हेर्न सिसाको परीक्षण नगरे, साइड लाइट नबाली स्टार्ट गरे

–    आठ आकारको लाइनभन्दा बाहिर गए

–    स्पिड बे्रकरमा रोकिए वा स्टार्ट बन्द भए

–    यू टर्नमा साइड लाइट नबाले

–    ट्राफिक संकेत पालना नगरे

–    पार्किङ गर्दा लाइनबाहिर परे  

–    एकभन्दा बढी स्टार्ट बन्द भए
प्रकाशित मिति: २०७० वैशाख ४ ०८:५०

Source:http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=700104

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s