चिनी बिरुवाको बढ्दो माग कम उत्पादन

 

    विश्वनाथ खरेल,   संसारको विभिन्न देशहरुमा चिनी बिरुवाको व्यावसायिक रुपमा खेती हुँदै आएको छ । स्टेभिया एक किसिमको सदावहार वनस्पति हो । यो बिरुवा सबैभन्दा पहिला दक्षिण अमेरिकाको पारग्वे र ब्राजिलमा पाइएको थियो । आजभन्दा झन्डै एक हजार पाँच सय वर्ष अगाडि त्यहाँका आदिवासी रेड इन्डियनले गुलियो वस्तुको रुपमा गोप्य रुपले प्रयोग गर्दथे । तर, उन्नाइसौं शताब्दीमा दक्षिण अमेरिकी वैज्ञानिक आन्तोनियो भाइसेस बेर्तोनीले सन् १९०५ मा यस बिरुवा बारेमा पूर्ण अध्ययन गरेपछि स्टेभिया नामाकरण गरेको पाइन्छ ।  त्यसपछि सन् १९३१ मा फ्रेन्च वैज्ञानिक व्रिदेलरलाभेदले यसको पातबाट सेतो पाउडर निकाल्न सफल भए । त्यसपछिको यो वनस्पतिको विश्वव्यापी खेती हुँदै आएको पाइन्छ । यसको खेतीको लागि आज आएर संसारका विकसित र विकासशील देशहरुमा उदाहरणको लागि रुस, जापान, फ्रान्स, जर्मन, संयुक्तराज्य अमेरिका र छिमेकी चीन र भारतले समेत यसको खेतीमा विस्तार गर्दै आएका छन् । यसर्थ प्रकृतिमा रहेको स्टेभियाको उत्पत्ति बीउबाट भएपछि बिरुवा उत्पादन गर्न त्यति सजिलो भने छैन । यसको बीउबाट झण्डै २ देखि ३ प्रतिशत मात्र बिरुवा उत्पादन भएको भन्ने सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ । र अरु आधुनिक टिस्युकल्चर प्रविधिबाट बिरुवाहरु सजिलैसँग उत्पादन गर्न सकिन्छ । हाम्रो देशको कुरा गर्ने हो भने टिस्युकल्चर प्रविधिबाट ठूलो संख्यामा बिरुवाहरु उत्पादन गरी खेती गर्न सकिन्छ । 

  यस्तो किसिमको कार्यविधि अपनाएर आर्थिक वर्ष २०६६÷०६७ देखि पाम एग्रोटेक एण्ड बायो इनर्जी नेपाल प्रा.लि. बाट बिरुवाहरु उत्पादन, असुसन्धान, बिक्री वितरण व्यावसायिक खेतीको सुरुवात हुन लागेको छ । यो किसिमको प्रविधि भने रसिया, मलेसिया र भारतमा भएका टिस्युकल्चर कम्पनीहरुको सहायताबाट नेपालमा उपयुक्त जेनेटिक्स मेन्टेन भएको र उत्तम श्रेणीको बिरुवाहरु झिकाइ रुटिङ्ग तथा हार्डेनिङ्ग गराई पोलि व्याग तथा फाइवर ट्रेको सहायताले सबै किसानहरुलाई खेतीका लागि फार्मसम्मै पु¥याउने कार्य हुँदै आएको छ । हाम्रो देशमा भने सर्वप्रथम यो बिरुवा पहिलो पटक वि.सं. २०६५ सालमा रुसबाट डा. परशुराम पोखरेलबाट केही बिरुवाको नमुना ल्याइएको थियो । त्यसपछि वि.सं. २०६६ सालदेखि पाम एग्रोटेक प्रा.लि. को नेतृत्वमा मलेसियाबाट टिस्युकल्चर बिरुवा झिकाई बृहत् योजनाका साथ व्यावसायिक रुपमा खेतीको सुरुवात भएको थियो । त्यस्तैगरी हाम्रो देशमा पनि चिनी बिरुवाको क्रमिकरुपमा खेती सुरुवात हुन लागेको छ । चिनी बिरुवालाई अंगे्रजीमा भने स्टेभिया (क्तभखष्ब) भन्ने गरिन्छ । स्टेभिया खेतीको लागि देशको तराईदेखि २ हजार ५ सय मिटरसम्मको भूमि उपयुक्त मानिएको छ । 

  देशको तराई क्षेत्र र हिमाली भेगदेखि तल्लो पहाडी भागको हावापानी यसको लागि उपयुक्त छ । अतः यसलाई नगदे बालीको रुपमा खेती गर्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा विश्वमा नै यसको खेती नेपालमा सर्वोत्कृष्ट हुने कुरा प्रमाणित भइसकेको छ । हाल आएर नेपालमा मात्र नभएर संसारभरी नै विभिन्न प्रकारको चिनीको उपयोग हुँदै आएको छ । आर्थिक वर्ष २०६५÷०६६ को अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपालमा उखुको खेती ५८ हजार हेक्टर क्षेत्रफलमा भएको पाइन्छ र उत्पादन २३ लाख ५४ हजार मेट्रिकटन रहेको छ । तर कुल चिनीको आवश्यकता १ लाख ४० हजार मेट्रिकटन रहेको थियो । आवश्यकताको ६० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट परिपूर्ति हुन सकेको र बाँकी ४० प्रतिशत विदेशबाट आयात गरिन्छ । देशको सरकारी तथ्यांकलाई हेर्दा चिनीको आत्मनिर्भर हुन अझै थप ४२ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गर्नु पर्ने अनुमान गर्न सकिन्छ । तर यसको अलावा स्टेभियाको खेतीलाई प्रोत्साहन गर्न सकिएमा वार्षिक ७ हजार मेट्रिकटन सुकेको पातले चिनीको आवश्यकतालाई प्रतिस्थापन गर्न सक्छ । जबकी एक किलो सुकेको स्टेभियाको पातमा २० किलोग्राम चिनी बराबर गुलियोपन पाइन्छ । छिमेकी देश भारत र मलेसियामा गरिएको खेती परीक्षण तथ्यांकअनुसार र पाम एग्रोटेकले विगत चारवर्ष देखि गरिएको खेती परीक्षणअनुसार एक हेक्टर क्षेत्रफलमा लगाइएको बिरुवाबाट प्रतिवर्ष ८ देखि १२ हजार किलोग्रामसम्म सुकेको पात निकाल्न सकिन्छ । यसरी हेर्दा देशको आवश्यकतालाई पूरा गर्न १ हजार देखि १ हजार ५ सय हेक्टर क्षेत्रफलमा खेती गर्न आवश्यक देखिन्छ ।
  समग्रमा भन्नुपर्दा विश्व बजारलाई मध्यनजर गर्ने हो भने यसको माग दिनहुँ बढ्दो रुपमा रहेको पाइन्छ । चिनी बिरुवा भन्नाले उखुको रसभन्दा तीनसय गुणा गुलियो र औषधिजन्य वनस्पति हो । यसलाई नेपाली शब्दमा विभिन्न नाममा चिनी झार, मिश्री झार र मीठा झार आदि भन्ने गरिएको पाइन्छ । हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने चिनीको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि चिनी बिरुवाको खेतीको विस्तार गर्नुपर्ने हुन्छ । जसले गर्दा हाम्रो देशको हावापनी सुहाउँदो हुँदा यसको खेतीमा क्रमिकरुपमा विस्तार हुँदै गएको छ । यो एक किसिमको नगदे बालीको रुपमा रहेको अर्थात् औद्योगिक बालीको रुपमा पनि चिनिन्छ । प्रकृतिको वरदान स्वरुप प्राप्त देशको विविधतापूर्ण हावापानीलाई अवलोकन गर्ने हो भने स्टेभिया जस्तो अमूल्य वनस्पतिको खेती गर्न सक्ने प्रचुर सम्भावना रहेको पाइन्छ । यसबाट नै देशको भावी पुस्ताको आय आर्जनको साथसाथै भावी पुस्ताको स्वास्थ्यमा समेत सुधार हुने कुरामा कसैको पनि बिमती नहोला ।    

Source :http://www.aarthikdainik.com.np/news_details/700108

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s