दैनिक जीवनमा पानीको आवश्यकता

    विश्वनाथ खरेल,

पानी मानव जीवनका लागि नभइ नहुने एक महत्वपूर्ण तरल पदार्थ हो । जसरी पृथ्वीको ७० प्रतिशत भू–भाग पानीले ओगटेको छ, त्यसरी नै मानिसको शरीरमा पनि ७० प्रतिशतभन्दा बढी पानी रहेको अुनमान छ । स्वस्थ्य रहनका लागि एक व्यक्तिले दिनमा चारदेखि छ लिटरसम्म सफा पानी पिउनुपर्छ । जीवनको हरेक पक्षमा आवश्यक पर्ने स्वच्छ तथा सक्षम जनशक्तिको विकास र अन्ततः गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने न्यूनतम आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी क्षेत्रको विकासको लागि विगत योजनाहरुदेखि नै प्राथमिकताक्रमको आधारमा कार्यक्रमहरु संचालन हँुदै आइरहेका छन् । प्रत्येक साल मार्च २२ तारिखका दिनलाई विश्व पानी दिवसको रुपमा मनाइँदै आएको छ । यस साल “पानी–पानी त्यहाँ–त्यहाँ, साझेदारी जहाँ–जहाँ” भन्ने मूल नाराका साथ मनाउन लागिएको यस वर्षको २१ औं विश्व पानी दिवसको अवसरमा नेपालले भने स्वच्छ पानीको महत्वका बारेमा सचेतना फैलाउने उद्देश्यले चैत ४ देखि १० गतेसम्म “नेपाल राष्ट्रिय जलसप्ताह २०६९” मनाइने भएको छ । जलसप्ताह आयोजक समितिले स्वच्छ पानीको महत्वका बारेमा सचेतना फलाउँदै यसको दिगो व्यवस्थापकका लागि वकालत गर्नु र यसको चुनौती तथा फाइदाहरुका बारेमा सचेतना फैलाउने उद्देश्य रहेको बताइएको छ । स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ ।

  विश्वको कुल भागमध्ये १३ करोड ४ लाख ४० हजार वर्गमाइल पानीले ओगटेको अनुमान छ । विभिन्न देशमा खानेपानीको समस्या आ–आफ्नै किसिमले चर्कदै गइरहेको छ । विश्वका प्रमुख सहरहरु र केही औद्योगिक राष्ट्रहरुको कहालीलाग्दो जनसंख्याको चाप र बढ्दोरुपमा रहेको सहरीकरणले गर्दा सम्पूर्ण मानव समुदायहरुलाई एकातिर फोहरमैलाको सामना गर्नुपर्ने टड्कारो स्थिति विद्यमान छ भने अर्कोतिर पानीको आपूर्तिमा पनि दिनपरदिन माग बढिरहेको छ । जसमा मानव तथा सम्पूर्ण चराचरलाई नभइ नहुने जल नै हो । त्यस्तैगरी सन् २०१५ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपलब्ध गर्नुपर्ने स्थिति सम्बन्धित विशेषज्ञहरुको रहेको छ । यसै क्रममा वासिटनस्थित प्राकृतिक स्रोत सञ्चयसम्बन्धी अनुसन्धान निकाय औडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिएमा विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । नेपाल पनि अपार जलस्रोतको भण्डारले भरी भराउ भए तापनि कृषि विकासलगायत पिउने पानीको समेत अभाव दिनप्रतिदिन बढ्दै छ । देशमा बग्ने ६ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष २७० अर्ब क्युमि पानी बगेर विदेशसिने गरे तापनि जनतालाई दैनिक पिउने पानीदेखि ६०–८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावनालाई मूर्तरुप दिन सकिएको छैन । अतः देशमा विद्यमान साधन र स्रोतलाई सहीरुपमा परिचालन तथा सवद्र्धन गर्न सकेमा सबै पानीका उपभोक्तहरुको मागमा सुघार हुने आशा राख्न सकिन्छ । हाल खानेपानीको समुचित वितरण अभाव र बढ्दो जनसंख्या र सहरीकरणको कारणले गर्दा जलको आपूर्तिमा समस्या झेल्नु परिरहेको सर्वविदितै छ । 

  काठमाडौं उपत्यकामा खानेपानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी नेपाल खानेपानी संस्थानले दिएको छ । संस्थानको तथ्यांकअनुसार, ५० प्रतिशतभन्दा बढी पानीको स्रोत भूमिगत छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबवेलको स्रोत पनि भूमिगत पानी नै हो । भूमिगत पानी सुकेमा उपत्यकामा खानेपानीको ठूलो समस्या हुने निश्चित छ । जाइकाले राखेको तथ्यांकअनुसार प्रत्येक वर्ष दुई दशमलव पाँच मिटर जमिनमुनिको पानी घट्दै गएको छ । अर्को एक सरकारी तथ्यांकअनुसार, जमिनमुनिको पानी नौदेखि ६८ मिटर तल झरेको छ । काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ । यही हिसाबमा घर बनिरहेमा आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाक्नेछ । केन्द्रीय तथ्यांक विभागका अनुसार, काठमाडौं जिल्लाको क्षेत्रफल तीन सय ९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) छ ।

  राजधानीको मुख्य सहर काठमाडौंमा खानेपानीको समस्या झन जटिल हुँदै गएको छ । यहाँको दैनिक खानेपानीको माग ३५ करोड लिटर आवश्यकता छ । यसरी प्रत्येक वर्ष मागमा दश प्रतिशतका हिसाबले वृद्धि हुने कुरा उपत्यका खानेपानी लिमिटेडको छ । यहाँ वर्षायाममा १५ करोड लिटर भए तापनि १० करोड लिटरमात्र पानी आपूर्ति भएको कुरासम्बन्धी क्षेत्रको दाबी रहेको पाइन्छ । यसरी उपलब्ध गरिएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ । जसमा लगभग चालीस प्रतिशत चुहावटबाटै खेर गई सवा दुई करोड लिटर जति मात्र पर्न आउँछ । काठमाडौंमा रहेका रिजभ्र्याएरहरुको क्षमता सबैभन्दा बढी चावहिल रिजभ्र्याएरहरुको क्षमता ८५ लाख लिटर, बालाजु ३६ लाख लिटर, बाँसबारी २० लाख लिटर, सुन्दरीघाट ८ लाख लिटर रहेको छ । काठमाडौंमा प्रत्येक वर्ष ४÷५ हजार नयाँ धाराहरु थपिने गरेका छन् । यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाहरुको प्रतिक्षामा नै लालयित रहेका छन् ।

  समग्रमा भन्नुपर्दा बढ्दो जनभारले गर्दा हराभरा भएका वनजंगलहरुको नास एकातिर हुँदै छ भने अर्कोतिर कृषियोग्य भूमिको ह्रास बढ्दै छ । विकसित देशहरुमा पनि पानीको दुरुपयोग एवं पाइपलाइनमा चुहावट नभएको होइन जुन लगभग २० प्रतिशतदेखि ३० प्रतिशतसम्म भएको पाइन्छ । तर नेपालमा यस किसिमको चुहावट ४० प्रतिशत हुने अनुमान छ । बदलिँदो आजको युगमा ४० देखि ६० प्रतिशतसम्म खानेपानी चुहावट र दुरुपयोग भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ । यी समस्याहरुको समाधानको लागि वैकल्पिक उपायहरु अपनाउनुपर्ने हुन्छ । विश्व जनसंख्या ७ अर्ब जनसंख्यालाई दैनिक २५ लिटर प्रतिव्यक्ति प्रतिदिनको हिसाब गर्दा एक खर्ब ७५ अर्ब लिटर दैनिक पानी आपूर्ति गर्नुपर्ने अनुमान गर्न सकिन्छ । त्यसैगरी हाम्रो देशको कुल जनसंख्यालाई हेर्ने हो भने दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ जनसंख्यालाई प्रतिव्यक्ति २५ लिटर पानीको हिसाब गर्दा दैनिक ६६ करोड २३ लाख ६२ हजार ६ सय लिटर पानी आवश्यक पर्ने अनुमान गर्न सकिन्छ । त्यस्तै गरी काठमाडौंमा प्रत्येक वर्ष बर्सातमा तीन खर्ब ५० अर्ब लिटर पानी बाग्मती नदीमा बगेर खेर गइरहेको सरकारी तथ्यांकमा देखाइएको छ । 

  त्यसलाई २५ प्रतिशतमात्र बचत गर्न सकेमा पनि हालको काठमाडौं दैनिक २२ करोड लिटरले एक वर्षभन्दा बढी समय पुग्न सक्ने अनुमान सम्बन्धित क्षेत्रका विशेषज्ञहरुको रहेको छ । यदि दैनिक २२ करोड लिटरको हिसाबले प्रतिव्यक्ति प्रतिदिन ८८ लिटर पानी भागमा पर्न आउँछ । यसबाट के कुराको पुष्टि हुन्छ भने बर्सातको पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा हाम्रो दैनिक पानीको मागको आपूर्तिमा निकै ठूलो सहयोग मिल्दछ । यसको लागि सम्बन्धित निकायहरुले बेलैमा विचार पु¥याएर कार्य गरेको खण्डमा अवश्य पनि उपत्यकाबासीहरुको पानीको समस्याबाट मुक्त हुने कुरामा कसैको पनि दुईमत नहोला । यसलाई मध्यनजर राखेर सम्बन्धित निकायहरुले बेलैमा ठोस कदम चाल्नु ढिला भइसकेको छ । अतः बेलैमा सचेत भई  यसको स्रोत संरक्षण र सवद्र्धनमा उचित ध्यान पु¥याउन सकेको खण्डमा भोलिका आमजनतालाई स्वच्छ, स्वस्थ र पर्याप्त खानेपानीको आपूर्ति हुने कुरामा आशा राख्न सकिन्छ ।

  सन्दर्भ ः २१ औं विश्व पानी दिवस तथा नेपाल राष्ट्रिय जलसप्ताह २०६९ – चैत ४ देखि १० गतेसम्म ।  

Source :http://www.aarthikdainik.com.np/news-691209

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s