आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय

पुष्प सबैको साझा व्यवसाय हो । यसका समस्या र चुनौती धेरै छन्, तर सम्भावनालाई नकार्न सकिँदैन । साँच्चै सरकारले यो व्यवसायको विकास गर्ने हो भने आवश्यक पर्ने मलखाद र नयाँ प्रविधि भिœयाउन सरकारले करलगायत वस्तुहरूमा अनुदान दिनु बढी उपयोगी देखिन्छ ।

विश्वनाथ खरेल


हाम्रो देशको कुरा गर्दा मौसमी फूल (विशेष तिहार र भ्यालेन्टाइन डे) को कारोबारका लागि भारतमा निर्यात हुन्छ भने कट् फ्लावरको आन्तरिक माग स्वदेशले नै धानिरहेको फ्यानका अध्यक्ष लोकनाथ गैरेले बताए । मुलुकको पुष्प उत्पादनमा सरकारी सहयोग नहुनु हाम्रा लागि चुनौती भएको छ । तर, यसमा निजी क्षेत्रको मात्र प्रयासले पनि पुष्प व्यवसायमा वृद्धि भइरहेको व्यवसायीहरूको भनाइ रहेको पाइन्छ । यस व्यावसायमा लगानी बढी र अरू कृषि प्रणालीभन्दा फरक भएकाले पुष्प क्षेत्रको विकास सुस्त भएको कुरा सम्बन्धित क्षेत्रले दाबी गरेको छ ।
देशमा बढ्दै गइरहेको पुष्प व्यवसायलाई ध्यान दिई सरकारले हालैमात्र पुष्प प्रवद्र्धन नीति ल्याएको छ । देशमा गत वर्ष भारतबाट मात्र झन्डै ४ करोडको फूल आयात गरिएको अनुमान सम्बन्धित क्षेत्रले गरेको छ । देशमा प्रविधिको विकास र उत्पादनलाई वृद्धि गर्न सकिए आयातलाई अझ न्यूनीकरण गर्न सकिनेछ । पछिल्लो समयलाई हेर्दा पुष्प पारखीहरूको संख्यामा दिन–प्रतिदिन वृद्धि हुँदै गएको छ । त्यसैले गर्दा पुष्प व्यवसायमा संलग्न हुने व्यवसायमा काठमाडौं उपत्यकामा मात्र करिब २ सयभन्दा बढी पुष्प व्यवसायी रहेको एसोसिएसनले जनाएको छ । मुलुकमा हाल १ सय २० हेक्टरमा पुष्पखेती भइरहेको अनुमान छ । ३६ जिल्लाका करिब ६ सय ३५ पुष्प नर्सरीमा ५ हजारभन्दा बढीको प्रत्यक्ष संलग्नता रहेकोे फ्यानको तथ्यांकमा छ । फ्यानका अनुसार गत वर्ष १ अर्ब ५ करोडबराबरको फूलको कारोबार भएको थियो । नेपालबाट जापान, कुवेत, कतार, भारतलगायतका मुलुकमा विभिन्न जातका फूल निर्यात हुने गरेको छ । वार्षिक करिब १० करोडको फूल निर्यात हुने गरेको फ्यानले जनाएको छ । पुष्प व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि पुष्प मेला सञ्चालन भइरहेको छ । फ्लोरिकल्चर एसोसिएसनले आयोजन गरेको मेलामा साढे ४ सयभन्दा बढी प्रकारका आलंकारिक फूल–बिरुवा प्रदर्शन तथा बिक्री–वितरण गरिने जनाएको छ । मेलामा मौसमी फूल, आलंकारिक बोट–विरुवा, कट फ्लावर, ड्राई फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउ–बिजन राखिएको छ । यसै गरी कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र विषादीको प्रदर्शनी तथा बिक्री कक्षसमेत राखिएको आयोजकले जनाएको छ ।
स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा बिस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झन्डै ५० प्रतिशत फूलको आयात कम भएको छ । भक्तपुर, काभ्रे, धादिङ, ललितपुर, काठमाडौंलगायतका जिल्लामा फूलको व्यावसायिक खेती हुने गरेको छ । पछिल्ला वर्षहरूमा फूलको माग बढेको छ । माग र आपूर्तिमा सन्तुलन मिलेको छैन । फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति फूल बिक्री गर्न समस्या पर्ने गरेको फूल व्यवसायीहरू बताउँछन् । यसमा ४० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाइएको छ । यो हाल सामान्य र सोखपूर्ण ढंगबाट मात्र खेती हुँदै आएको छ । अतः सरकारले व्यावसायिक रूपबाट कृषकहरूलाई आकर्षित गर्ने उद्देश्यले पुष्पखेती विस्तार गरेमा अबौं रुपैयाँको पुष्प विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरूको भनाइ छ । यसर्थ विश्व बजारमा नेपाली फूलको माग दिनप्रतिदिन बढ्दो रूपमा एकातिर छ भने अर्कातिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घर–घरमा कौसीमा पनि पुष्पको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ । नेपाली पुष्पको विश्व बजार बढाउनु अति आवश्यक भएको छ । मुलुकमा नयाँ–नयाँ पुष्पको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन । समय–समयमा हुने पुष्प व्यापार मेलाले यो व्यवसायलाई अझ बढाउन सहयोग पुगेको छ । हाम्रो देशबाट खासगरी पुष्पका गाना र टिस्युकल्चर पनि निर्यात भएको अनुमान गरिन्छ ।
अन्तमा भन्नुपर्दा पुष्प सबैको साझा व्यवसाय हो । यसका समस्या र चुनौती धेरै छन्, तर सम्भावनालाई नकार्न सकिँदैन । साँच्चै सरकारले यो व्यवसायको विकास गर्ने हो भने आवश्यक पर्ने मलखाद र नयाँ प्रविधि भिœयाउन सरकारले करलगायत वस्तुहरूमा अनुदान दिनु बढी उपयोगी देखिन्छ । साथै समयको माग र बजारको आवश्यकता बुझेर सरकारले सरकारी–निजी साझेदारी अवधारणाअनुरूप एक गाउँ एक उत्पादन (ओभीओपी) कार्यक्रमअन्तर्गत ललितपुर जिल्लाको गोदावरी र बडिखेलमा सुनाखरी पुष्पको सामूहिक खेती पनि सञ्चालन गरिएको छ । नेपाली पुष्पको बजार अमेरिका र जापानमा समेत लोकप्रिय र माग क्रमशः वृद्धि हुँदै गएको छ । अघिल्लो  वर्षमा नेपालले २ करोड रुपैयाँबराबरको पुष्प निर्यात गरेको थियो । यो खेती निरन्तर रूपमा बढ्दै गए पनि पुष्प खेतीको स्थान छनोट र मौसमअनुसारको निर्यात प्रवद्र्धन गर्न सके नेपाली पुष्प युरोप र अमेरिका मात्र नभई खाडी मुलुकहरूमा पनि निर्यात गर्न सकिने प्रबल सम्भावना छ । त्यस्तै गरी जापान र अमेरिकामा मौसमी पुष्प, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरीलगायतका पुष्प निर्यात हुँदै आएका छन् । दक्षिण अफ्रिकी मुलुक केन्याले सस्तोमा अमेरिका र युरोपमा पुष्प निर्यात गरेकाले नेपाली पुष्प पठाउन सकिएको छैन । नेपाली पुष्प अरू देशको भन्दा महँगो पर्छ । हाल मुलुकभर ६ सय पुष्प व्यवसायी छन् र तिनीहरूबाट वार्षिक रूपमा लगभग ६०–६७ करोड रुपियाँको कारोबार हुने गर्छ । पुष्पको आन्तरिक कारोबार ठूलो भएकाले पनि सरकारले यस व्यवसायमा सहयोग गर्नु अति आवश्यक देखिन्छ । यसका साथसाथै काम गर्ने श्रमिकको हित एवं कल्याणका लागिसमेत सरकार चनाखो हुनुपर्छ । देशमा खेर गइरहेको बाँझो जग्गालाई उपयोगमा लिन सकिने र कम लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनि नेपाली पुष्पखेती र व्यवसायको लोकप्रियता बढ्दै गएको छ ।

– See more at: http://karobardaily.com/news/691218.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s