शिवरात्रीमा देशभर उल्लास


Pro_Ktm_Pashupati-Mandhir1दैनिक पत्र संवाददाता

बुटवल, २७ फागुन–

महाशिवरात्री पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी आइतबार देशभर मनाइएको छ । शिवरात्रीको अवसरमा पाल्पाको सिद्धबाबा मन्दिरमा भक्तजनहरू आइतबार बिहान ३ बजेदेखि नै दर्शन तथा पूजाअर्चना गर्न पुग्ने क्रम सुरु भएको थियो । रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायत भारतबाट समेत सिद्धबाबाको मन्दिरमा पूजाअर्चना गर्न भक्तजनहरू आएका थिए ।
मन्दिर व्यवस्थापन समितिले लाइन व्यवस्थित गर्नका लागि स्वयंसेवक, प्रहरी परिचालन गरिएको भएपनि भीड थाम्न हम्मेहम्मे परेको थियो । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा रहेको मन्दिरमा जाने भक्तजनलाई राजमार्गमा आवतजावत गर्ने यातायातका साधनले हैरान पु¥याएका थिए । लाइनमा बस्न है्ररान भएका भक्तजन बुटवलको सिद्धबाबामा फर्केर आएका थिए । जसका कारण दुइवटै सिद्धबाबाका मन्दिरमा भक्तजनको अत्याधिक भीड थियो ।
यस्तै बुटवल नयाँगाउँको मुक्तिनाथधाम, बुटवलकै निलकण्ठ बावाधाम, कालिकानगरको शिव मन्दिर, पर्रोहाधाम, नरैनापुरलगाएतका मन्दिरहरूमा भक्तजनहरूको घुर्इँचो लागेको थियो । अर्घाखाँचीमा महाशिवरात्रीको अवसरमा नेपालमै एक मात्र स्फटिक धातुको शिवलिङ्ग रहेको सिद्धेश्वर शिवालय मन्दिरमा बिहानैदेखि राती अबेरसम्म भक्तजनको घुइँचो लागेको थियो । अर्घाखाँचीको चुत्राबेसीस्थित सिद्धेश्वर शिवालय मन्दिरमा नेपालकै एक मात्र स्फटिक धातुको शिवलिङ्ग रहेको यस मन्दिरमा पूजापाठ गर्ने भक्तजनको घुइँचो लागेको हो । दैनिक वैदिक विधिपूर्वक पूजाआजा हुने यस मन्दिरमा आज लघुरुद्रीसहित विशेष पूजाआजा पनि राखिएको छ । मन्दिर परिसरमा मध्याह्न आरती, अखण्ड लक्ष्यवर्तीका दीपदान, सन्ध्याकालीन आरती तथा रातभरि भजनकीर्तन भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सिद्धेश्वर शिवालय मन्दिर अघिल्लो दिन नै सजाएर झकिझकाउ पारिएको थियो । भक्तजनको लागि मन्दिरमा दर्शन गर्नका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएकोले सहज ढंगले भक्तजनले दर्शन तथा पूर्जा अर्चना गर्न पाएका थिए । शिवरात्रिको दिन भक्तजनले शिवको महिमा गाउँदै शिवलिङ्गमा गाईको दूध तथा बेलपत्र चढाएका छन् । शिवरात्रिको दिन शिवलिङ्गमा दूध तथा बेलपत्र चढाए मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
त्यस्तै सन्धिखर्कमा रहेको १०८ गणेश पाञ्चायन मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि रातीसम्म नै घुइँचो लाग्यो । यस मन्दिरमा पनि रुद्रीसहित पूजाआजा राखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस्तै बल्कोटको शिवमन्दिरमा पनि विशेष पुजाअर्चना गरिएको छ । परशुरामेश्वर गुठीअन्तरगत रहेको शिवको मन्दिरमा बिहानैदेखि शिवको दर्शन तथा पूजाअर्चनाका लागि भक्तजन आएका थिए । त्यस्तै गरि जिल्लाका सबै शिवमन्दिरहरूमा विशेष पूजा अर्चनाका साथ शिवरात्री पर्व मनाइएको छ ।
त्यसैगरी गुल्मी तम्घासको मिलनचोकस्थित शिवालय मन्दिर, नयाँबजार, पुरानो बजार, माईकास्थानमा विहानैदेखि पूजा अर्चना गर्न आउनेको भिड लागेको थियो ।
यहाँका मन्दिर एवं टोलटोलमा रातैभर आगो बाल्ने, भजनकृतन गर्ने र भाङ्ग, धतुरो सेवन गर्ने प्रचलन रहँदै आएको छ । जिल्लाको रिडी, वामीटक्सर, बलेटक्सार जस्ता पुराना व्यापारिक बजारहरूमा शहरिया रौनकका साथ शिवरात्री मनाइन्छ भने गाउँ जस्तै वस्तु, धुर्काेट, पुर्काेट, इस्मा, हस्तीचौर, मुसिकोट क्षेत्र नं. १ को इन्द्रेगौडाको शिवालय मन्दिरलगायत विभिन्न स्थानहरूमा शिवरात्री विशेष महत्वका साथ मनाउने गरिन्छ ।
त्यसैगरी दोहली ५ किराखोरामा रहेको शिवालय मन्दिरमा शिवरात्री पूजा गरिएको छ । शिवालय मन्दिरमा राती अबेरसम्म भजन कृतन चलेको मन्दिर पूजा व्यवस्थापन उपसमितिका अध्यक्ष कृष्णप्रसाद रिजालले बताउनुभयो ।
बडागाउँ ५ पेँगामा रहेको शिवालय मन्दिरमा पनि सवै जातजातिले सद्भाव पूर्ण शिवरात्री पर्व मनाएको वडा नागरिक मञ्चका कार्यवाहक संयोजक शंकर रायमाझीले जानकारी दिनुभयो । कालिका आमा समूह बडागाउँ ५ पेँगाको आयोजनामा गरिएको शिवरात्रि पूजा विहानदेखि राती अवेरसम्म भजनकृतन नाँचगान गरेर मनाइएको छ ।
शिवजी उत्पत्ती हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरू हृदयमा धर्मको उदय गराउने आशुतोÈ भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । सनातन हिन्दु धर्मावलम्बीहरूले आइतवार विहान ४ वजेदेखि नै यस क्षेत्रलगाएत देशैभरी रहेका शिवालय मन्दिर, नदी, कुण्ड तलाउमा स्नान तथा श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेका थिए ।IMG_1034
माघ महिनामा महादेवको जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू ऊनै महादेवको शिवत्व (जगतको कलयाण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको हो भन्दै भनाई रही आएको छ । व्रतोत्वहरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले सुद्धभई शिव मन्दिरमा पूजा–अर्चना गरी वर्त वस्ने भगवान् शिवको प्रिय वस्तु मानिने दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाजाराम बसे सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धामिर्क विश्वास रहदै आएको कारण पनि यसको महत्व विशेष रहेको छ । यो पर्वको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण पनि गरिएको थियो ।
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र परिसरमा होहल्ला गर्ने र अवैध लागूऔषधको कारोवार गर्ने १११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्र आसपासमा गाँजाको बेचविखन गरेको र त्यसको सेवन गरेको र लठ्ठ परेर बसेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग काठमाडौँका प्रमुख रणबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनावश्यक होहल्ला गर्ने, गाँजाको कारोवार गर्ने र दर्शनार्थीहरूलाई अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो ।
दर्शनार्थीहरूलाई सहयोग गर्न र शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन तीन हजारको हाराहारीमा नेपाल प्रहरी, करिब एक हजार ५०० सशस्त्र प्रहरी र एक हजार पशुपति क्षेत्र विकास कोषका स्वयम्सेवक परिचालन गरिएको छ ।
यसैगरी शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखेर थप ४० वटा सिसिटिभी क्यामेरासमेत सञ्चालनमा ल्याइएको छ ।
आईतबार साँझ ६ बजेसम्म करिब ४ लाख ७२ हजारले पशुपतिनाथ मन्दिरमा नै पुगेर दर्शन गरेको र मन्दिर आसपास क्षेत्रमा गरी थप तीन लाख भक्तजन पुगेको कोषका निर्देशक प्रवेशराम भण्डारीले जानकारी दिनुभयो । रातभर पनि दर्शनार्थीहरूलाई पूजा पाठका लागि व्यवस्था मिलाइएको छ । त्यस्तै मलेसियाबाट दर्शन गर्न आएका २०० भन्दा बढी हिन्दुधर्मावलम्बीले एक हजारको सशुल्क टिकटको प्रयोग गरी मन्दिरमा दर्शन गरेको बताइएको छ । दर्शनका लागि भारत, इन्डोनेसियाको बाली, मौरिसस, विभिन्न यूरोपेली मुलुकका नागरिक पनि आएको बताइएको छ । यसैबीच शिवरात्रिको पावन अवसरमा पाशुपतक्षेत्रस्थित भुवनेश्वरी मन्दिरनजिक विश्वशान्ति, राष्ट्रकल्याण, मानवजातिको शान्ति समृद्धिको कामना गर्दै लक्ष्यहोम र अखण्ड रुद्रीपाठ सुरु भएको छ । आर्य समाज, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति, श्रीकृष्ण ज्योत सञ्जीवनी तुलसी सेवा समितिलगायतका संस्थाको आयोजनामा आइतबार बिहान सात बजेदेखि सोमबार बिहान सात बजेसम्म गरिने सो माङ्गलिक कार्यको संयोजन राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका अध्यक्ष पं तिलकराज पौडेलले गर्नुभएको छ ।2013-03-10-0843
यस्तै महाशिवरात्रीको अवसरमा सदरमुकाम तौलिहवा तथा शिवगढी मन्दिरमा आइतवार भक्तजनहरुको घुइँचो लागेको छ । सदरमुकामस्थित प्राचीन शिव मन्दिरमा दर्शनार्थीहरुको निकै भिड थियो । शिवरात्रिकामा लाग्ने मेला भर्न तथा शिवको दर्शन गर्न नेपाल र भारतका हजारौ श्रद्धालुहरु मन्दिरमा आएका थिए । सम्भवतः नेपाल अधिराज्यभर मै सबैभन्दा ठूलो शिव लिङ्ग रहेको ताम्रेश्वरनाथ शिवमन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको हो । आराध्यदेब महादेबको पूजाका लागि देशभरका शिव मन्दिरमा झै यहाँ पनि पूजा गर्ने, बेलपत्र चढाउने, उपवास बस्ने र रात भर जागराम बसी प्राचीन ताम्रेश्वरनाथ (तौलेश्वरनाथ) भजनकिर्तन गर्ने गरिन्छ ।
यस्तै आइथबारै शिवगढी गाविसस्थित शिवको मन्दिरमासमेत श्रद्धालुहरुको घुइँचो लागेको छ । समुद्री सतहदेखि ३ हजार ६ सय मिटर माथि रहेको कपिलवस्तुको शिवगढी मन्दिरमा पूजाआजा गर्न आएका भारत दाङ, रुपन्देही अर्घाखाँची तथा पाल्पादेखि भक्तजनहरु आएका थिए । कपिलवस्तु तथा दाङको सीमाना धानखोलादेखि करिब ४ घण्टा ठाडो उकालो हिंडेर पुगिने यहाँ महाशिवरात्रीका बेला भक्तजनहरुको निकै ठूलो घुइँचो लाग्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार बुधबार करिब ६० हजार श्रद्धालुले यहाँ पूजाआजा गरेका छन् ।

Source : http://dainikpatra.com/?p=691127

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s