महाशिवरात्रि

Click on the slide!

जय सम्भो

महाशिवरात्रिको अघिल्लोदिन शनिबार पशुपतीक्षेत्रमा निकालिएको प्रभातफेरिमा सहभागि साधु-सन्यासी तथा सर्वसाधरण। तस्बिर : उपेन्द्र लामिछाने

Click on the slide!

Click on the slide!

जय शिव शम्भो !

शिवरात्रीको पूर्वसन्ध्यामा शनिबार राति झकिझकाउ पशुपति मन्दिर। तस्बिरः उमेश श्रेष्ठ

डोलेश्वर महादेव केदारनाथको शिर
March 10th, 2013
 
 
 
 
 
 
 
 

(पुष्कर बुढाथोकी) भक्तपुर जिल्लाको दक्षिण सिपाडोल गाविसमा अवस्थित डोलेश्वर महादेवलाई भारतको केदारनाथ अर्थात केदारेश्वरको शिरका रूपमा मानिन्छ । शिवरात्रीको दिन यहाँ पनि दर्शनार्थीको बिशेष चहलपहल हुन्छ । विमला र तमसा (धनखोला) नामका दुई खोलाको संगमस्थलमा यो मन्दिर रहेको छ । डोलबस्तीमा रहेकाले यो मन्दिर डोलेश्वरको नामले पनि प्रसिद्ध छ । चौसठी शिवलिंगको समूहमा डोलेश्वर महादेव पनि पर्छ । नेवार धार्मिक जीवनमा सिपाह्र (रे) महाद्य; (सिपाडोलका महादेव) प्रसिद्ध छन् । यहि मन्दिरमा केदारनाथको शिर भार गरेको जन विश्वास छ । जुन महाभारतको कथा र शिवपुराणमा समेत उल्लेख छ ।

शिवपञ्चमीको पावन अवसरमा केदारनाथको शिरोभाग मानिएको डोलेश्वर महादेव (विमलेश्वर)को महाकुम्भ स्नान सम्पन्न भएको छ । इलाहावादको त्रिवेणी महाकुम्भबाट ल्याइएको जलले विधिपूर्वक डोलेश्वर महादेवको महास्नान, पूजाअर्चना एवम् रुद्रीपाठ पारायण सम्पन्न गरिएको हो । विश्वमा शान्ति, देश र देशवासीको समृद्धिको कामना गर्दै सो महास्नान गराइएको संहिता शास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए । “भारतको इलाहावादमा १० दिने कल्पवास पूरा गरी ल्याइएको जल तथा पञ्चामृतबाट डोलेश्वर महादेवको महास्नान सम्पन्न गरिएको हो,”उनले बताए । त्यसैगरी आज ( आइतवार) शिवरात्रीको अवसर पारेर यहाँ विशेष पुजा–आजा समेत हुँदैछ ।

दर्शनार्थीको आकर्षण बढ्दो छ, अग्लो शिव मूर्तिमाः
भक्तपुरको चित्तपोल–५ मा रहेको अग्लो शिव मुर्ति हरेक शिवरात्रीमा धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ । मन्दिरमा अहिले दैनिक सैयौं व्यक्तिहरु आउने गरेका छन् । व्यापारी कमल जैनको एकल लगानीमा निर्मित शिव मूर्तिको २०६६ साल असार ७ गते प्राण प्रतिष्ठा गरिएको हो । सयजना नेपाली र भारतका दक्ष कालीगढले निरन्तर ६ बर्ष लगाएर बनाएको मूर्ति ७५ रोपनी क्षेत्रफलमा फैलिएको छ । मूर्तिलाई घाम र पानीबाट जोगाउन जिङ्क कोटेड गरी तामालाई स्प्रे गरेर लगाईएको छ । सो मूर्ति निर्माणका क्रममा ५ हजार के.जी.तामा र जिङ्क लागेको थियो ।

उपत्यकाको पुर्वी भेगमा रहेको सो अग्लो डाँडाबाट उपत्यकाको मनोरम दृश्यावलोकन समेत गर्न सकिन्छ । शाकाहारी क्षेत्र घोषणा गरिएको मूर्ति परिसरमा मारकाट गर्न पाईदैन । मुर्ति जमिनमुनिदेखि १ सय ४३ र जमिनमाथि १ सय ८ फिट अग्लो रहेको छ । मुर्तिसँगै नेचर केयर हस्पिटल पनि छ । यहाँ प्राकृतिक चिकित्सा विधिबाट उपचार हुन्छ । संचालकका अनुसार ३२ सीट क्षमताको उक्त अस्पतलमा थेरापी ,योगा ,ध्यान ,कालन थेरापी ,मड थेरापी ,जाकुजी,स्टिम,ईन्फारेज सोना ,अक्युप्रेसर लगायतका सुविधा उपलब्ध छन् । परिसरमा बालबालिकाका लागि खेल्ने र स्वीमिङ पुलको पनि व्यवस्था छ ।

विवादमा मन्दिर क्षेत्रः
निजी स्तरबाट निर्माण गरिएको विश्वकै अग्लो दावी गरिएको भक्तपुरको चित्तपोल स्थित साँगामा रहेको यो महादेवको मुर्ति निर्माण स्थलको जग्गाको केही भाग सार्वजनिक भएको खुलासा भएको छ । मूर्तिका निर्माता तथा परिकल्पनाकार कमल जैनले संचालन गरेको हिलटेक हेल्थ एण्ड होम्स प्रालिको जग्गाको मुख्य स्थान सार्वजनिक जग्गा रहेको स्थानीयको दाबी छ । सो जग्गा भक्तपुर र काभ्रेको सिमाना पर्ने साँगाबासीको देवाली पुजा गर्ने स्थल समेत रहेको उनीहरुको भनाई छ । शिवको मूर्ति वरिपरि काटमार गर्नु हुदैन भन्दै कमल जैनले देवाली गर्न अवरोध पुराएपछि स्थानिय बासीन्दा तथा राजनैतिक दलले चर्को विरोध समेत गरेका थिए । तर स्थानीयको विरोधका बाबजुत पनि सार्वजनिक जग्गा मिचेर बनाइएको सो स्थानलाई जैनले आफू अनुकुल प्रयोग गरिरहेकोमा स्थानीयले आक्रोश पोखेका छन् । सो स्थान आफूहरुको देवाली गर्ने सार्वजनिक स्थान भएको भन्दै स्थानीय बासीले हालेको मुद्दामा अदालतले समेत स्थानीयको पक्षमा फैसला गरिसकेको छ ।

तर अदालतबाट सार्वजनिक जग्गा भएको पुष्टि भए पनि अहिले सम्म हिलटेक हेल्थले आफनो व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिरहेको छ । सो स्थानमा हरेक वर्ष एक दिन देवाली पूजा गर्न साँगाका श्रेष्ठ,चण्डी र डँगोल थरका बासिन्दाहरु भेला हुने गर्दछन् । जग्गाको बिषयमा विवाद रहेको सागाका स्थानिय बासीन्दा राजेन्द्र श्रेष्ठले बताए । “यो जग्गा सार्वजनिक हो । त्यसमा हाम्रा पुर्खाहरुदेखि देवाली पूजा गर्दै आएका छौं । त्यसैले अहिले आएर हामी अन्यत्र गएर देवली पूजा गर्न सक्दैनौं,”उनले बताए । “हामीले पुस्तौदेखि देवाली पूजा गदै आएको स्थानमा अहिले आएर गर्न नपाउने भन्ने कुरै हुँदैन”,उनी भन्छन् । मूर्ति बनाएकामा आफ्नो कुनै विरोध नभए पनि यो मूर्ति व्यवसायिक भएको काठमाण्डौबाट घुम्न आएका सुरेन्द्र श्रेष्ठको भनाइ छ । “मन्दिरमा प्रवेश गर्न र पुजा गर्न लाग्ने शुल्क तथा मन्दिरसँगै रहेको हेल्थ सेन्टरबाट यो स्थान पूर्ण व्यवसायिक प्रयोजनका लागि प्रयोग भइरहेको पुष्टि हुन्छ,” उनको तर्क छ ।

सार्वजनिक स्थल मिचेर बनाइएको हेल्थ सेन्टरको घर निमार्णका लागि कहि कतैबाट स्वीकृति समेत लिएको छैन । त्यो स्थानमा कुनै पनि संस्था संचालनका लागि गाविसले स्वीकृति नदिएको चित्तपोल गाविस स्रोतको भनाइ छ । त्यो स्थानमा संस्था संचालका लागि स्वीकृतिको कुरा उठे पनि सार्वजनिक जग्गाको टुंगो नलागे सम्म स्वीकृति दिन नमिल्ने अडान दलहरुले राखेपछि स्वीकृति पनि दिईएको थिएन । तर त्यही घर बनाइयो । जसको निमार्ण प्रक्रिया बारेमा गाबिसलाई जानकारी छैन । नेपाल मजदुर किसान पार्टी चित्तपोल गाविसका अध्यक्ष सुर्यभक्त त्वतीले जग्गाको विवाद नटुंगिए सम्म त्यहाँ भौतिक सरंचना निमार्ण गर्न दिन नहुने भन्दा भन्दै पनि बलजफ्ती त्यहाँ घर निर्माण भएको बताए ।

विक्रम सम्बत २०२१ सालको नापीमा अहिले शिवको मुर्ति बनाईएको चित्तपोल गाविस वडा नम्बर ५ क १ को कित्त नम्बर ६३ मा १०७ रोपनी जग्गा सार्वजनिक भएको उल्लेख छ । पछि सो जग्गाको लालपुर्जा समेत बनाईको थियो । सोही लालपुर्जा नै अहिलेका जग्गा धनीले प्रयोग गरिरेहेका छन् । विवाद समाधान गर्न बसेको पटक पटकको बैठकमा सार्वजनिक जग्गा मिचेको विषयमा समेत कुरा उठ्दा जैनले कुनै जवाफ नदिने गरेको बैठकमा सहभागी एक दलका नेताले बताए । मन्दिर प्रवेशमा लगाइदै आएको शुल्कको पनि व्यापक विरोध भए पछि प्रशासनकै आदेशमा शुल्क लिन रोक लागेको थियो । तर त्यो पनि अहिले व्यवहारमा कार्यन्वयन हुन सकेको छैन । किनभने मन्दिर जानका लागि दुई वटा बाटा छन् । ती मध्ये एउटामा पैसा लाग्छ भने अर्कोमा लाग्दैन । पैसा नतिर्नु पर्ने बाटो सहज छैन । तर सो बााटो पनि सार्वजनिक स्थलमा मन्दिर ब्यबस्थापनले आफ्नो अनुकुल प्रयोग गरीरहेको छ । पैसा तिनु पर्ने बाटो मुल गेटमा भएकाले मूर्ति दर्शन गर्न जाने जो कोहीलाई अर्को निशुल्क बाटोको जानकारी नहुने गर्दछ । “पैसा लिने स्थानबाट जाँदा प्राकृतिक उपचारको बाटो भएर जानु पर्ने भएकाले सोको लागि पैसा लिएका हौं,” मूर्ति व्यवस्थापन समितिका पदाधिकारीहरुको आफ्नै तर्क छ ।

Source : http://www.newsofnepal.com/newsdetail.php?id=70148

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s