नुन सेवनमा विवाद

अनुसन्धान
   
 

नुन सेवनमा विवाद

पाएको बेलामा नुन धेरै खाऊँ भनेर खान पनि सकिँदैन र आज नखाऊँ न त भनेर अलिनु बस्न पनि सकिँदैन । त्यसैले हामी नेपालीहरूका लागि नुन धेरै पनि नचाहिने र नभई पनि नहुने वस्तु हो । यसको बढी सेवनले स्वास्थ्यमा असर पर्ने कुराहरू पनि आएका छन् । नुन नखाए लत्र्यास्स परिने कुरा जुठो बार्ने, व्रत बस्नेहरू पनि बताउँछन् । त्यसैले नुन सेवनका विषयमा विवादजस्तै हुने गरेको छ ।

कुनै समय दशकौंसम्म खानाको टेबुलमा नुनको बट्टा राख्नुलाई स्वस्थ मुटुको प्रतिकको रूपमा लिइने गरिएको थियो । त्यसै गरी ढाकरभरि नुन राखिएको घर धनी कहलिन्थ्यो । तर पछि अमेरिकीहरूले नुन नै बढ्दो उच्च रक्तचापको समस्या भएको आधारमा यसलाई टेबुलबाट मात्र नभई अन्य खाद्यपरिकाहरूबाट समेत हटाए । चालीसको दशकमा डइक युनिभर्सिटीका अनुसन्धानकर्ता वाल्टर केम्पर र एम डी नुन र रक्तचापबीचको सम्बन्ध देखाई उपचारको क्रममा बिरामीहरूलाई नुन बार्न लगाएर निकै चर्चामा आएका थिए । त्यसको केही दशकपछि गरिएका अन्य अध्ययन–अनुसन्धानले नुनको सेवन कम गर्नाले हाइपर टेन्सन घट्ने केम्परको सिद्धान्तलाई पुष्टि गरे ।

केही दशकयता रक्तचाप र नुन सेवनसम्बन्धमा गरिएका थुप्रै अध्ययनले केम्परको भनाइझैँ नुनको सेवनले मुटु र रक्तचापलाई त्यति धेरै प्रभाव नपार्ने देखाएका छन् । सन् १९६७ देखि हालसम्म यसबारे गरिएका विभिन्न अध्ययनसम्बन्धमा डिसेम्बर २०१२ हेल्थ अफेयर्समा प्रकाशित एक प्रतिवेदनमा अनुसन्धान टोलीले उच्च रक्तचाप र नुन सेवनबीच कुनै सम्बन्ध नरहेको उल्लेख गरिएको छ । अध्ययनमा संलग्न दी कोलम्बिया युनिभर्सिटीको मेलम्यान स्कुल अफ पब्लिक हेल्थका वैज्ञानिकहरूको टोलीले नुनको उच्च रक्तचाप, ह्दय रोग तथा ह्दयघातको आपसी सम्बन्ध अत्यन्तै न्यून रहेको जनएको छ । 

त्यस्तै सन् २०११ मा कोक्रेन रिभ्युमा प्रकाशित दुई वटा अध्ययनले पनि नुन कटौती र मृत्युबीच निकै कम सरोकार रहेको उल्लेख गरेका थिए । क्लेभल्यान्ड क्लिनिकका आहारविद क्याथरिन प्याटन भन्छिन्– ‘धेरै नुन सेवन गर्दा शरीरले धेरै पानीको माग गर्छ । आवश्यकभन्दा बढी पानी पिउँदा अनावश्यक पानी फाल्न मृगौलाले अधिक काम गर्नुपर्ने हुन्छ र अधिक पानीको मात्रालाई शरीरको सबै स्थानमा पुर्याउन मुटुले कडा परिश्रम गर्नुपर्दा रक्तचाप बढ्ने हुन्छ ।’ यी अध्ययनले मृगौला एवम् मुटुको समस्या हुनेले नुन कम नै सेवन गर्दा राम्रो हुने कुरा देखाएको छ । तर सामान्य मात्राको नुन सेवन गर्दा खासै समस्या पर्दैन ।

Source : http://www.newsofnepal.com/sadhana/category.php?issue=224&cid=35

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s