मौरीपालन र महको उत्पादनमा बढ्दो माग

 

-विश्वनाथ खरेल-

भनिन्छ पृथ्वीमा मानिसको भन्दा पहिले मौरीको उत्पत्ति भएको हो । पौराणिक एवं ऐतिहासिक ग्रन्थहरुमा मह र यसको महत्वको बारेमा उल्लेख भएको पाइन्छ । यसका साथै मानिसहरुले परापूर्वकालदेखि घरका खोपा, झ्याल, सन्दुस, मुढेघार आदिमा मौरी पाल्दै आएका छन् । यसरी पालिएका मौरीले लगाएको मह, कुट, छाउरा ज्योतिष विद्याअनुसार मुहुर्त जुराएर मात्र काढ्ने प्रचलन अझसम्म गाउँघरमा कायम नै छ । यसरी सरकारीस्तरबाट नेपालमा मौरीपालनसम्बन्धी काम हुन थालेको धेरै वर्ष भएको छैन । सुरुमा काठमाडौंको गोकर्णमा तत्कालीन राजदरबारको निर्देशनअनुसार आधुनिक प्रविधिअनुसार मौरीपालन सुरु भएको थियो । त्यसपछि घरेलु उद्योग विभागले कृषकस्तरमा मौरीपालन तालिम दिई आधुनिक घार वितरण गर्न सुरु गरेको थियो । तसर्थ परम्परागत तरिकाले धेरै वर्षअघिदेखि पालिँदै आइएका मौरीपालन शैलीमा परेका अप्ट्याराहरु थाहा भएपछि ती समस्याको समाधान गर्न विभिन्न औजार भएपछि ती समस्याको समाधान गर्न विभिन्न औजार उपकरण र प्राविधिक सीपको विकास भयो । यसरी हालसम्म पत्ता लागेका साधन र सीपको प्रयोग गरी कम खर्चबाटै बढी आम्दानी लिन सहयोग गर्ने विधिलाई आधुनिक मौरीपालन भनिन्छ ।
संसारको मानचित्रमा हेर्दा नेपाल पूरै मुलुक नै समशीतोष्ण जलवायु भएको क्षेत्रमा पर्छ तर देशव्यापी जलवायुको सन्दर्भमा भौगोलिक विविधताले गर्दा निकै फरक रहेको छ । यहाँको उच्च पहाडी क्षेत्रमा शीतोष्ण जलवायु, मध्य पहाडी क्षेत्रमा समशीतोष्ण जलवायु र तराई र भित्री मधेसमा उष्ण जलवायुको बाहुल्यता पाइन्छ । जसले गर्दा मौरीको लागि प्रशस्त चरन र उपयुक्त जलवायु समशीतोष्ण जलवायु भएको क्षेत्र अर्थात् मध्य पहाडी क्षेत्र अति उत्तम हुन्छ । त्यसैगरी जलवायु पछिको आधारभूत तत्व हो, मौरी चरन । हुनत नेपाल अधिराज्य नै कृषिप्रधान देश हो र यहाँ वर्षको १ देखि ३ बालीसम्म बाली संघनता हुनुको साथै कुल भूभागको करिब ३५ प्रतिशत वनजंगल, खेतीयोग्य तर खेती नगरिएको जमिन र चरन क्षेत्रसमेत गर्दा जम्मा १ करोड २० लाख हेक्टरभन्दा बढी जग्गामा मौरीको लागि काम लाग्ने फूलहरु फुलेको हुनुपर्छ ।
मह स्वादिलो, गुलियो, स्वास्थ्यबद्र्धक र पौष्टिक खाद्य पदार्थ हो । यसमा विभिन्न किसिमका पौष्टिक तथा औषधीय तत्वहरु पाइन्छन्, जुन तपाई हाम्रो स्वास्थ्यको लागि अति उपयोगी छ । यसले रगत सफा गर्न, शरीरलाई चिसोबाट बचाउन, खोकी र ज्वरोबाट राहत पाउन, आँखाको उपचार गर्न, घाँटी दुःखेको उपचार गर्न, पेटको अल्सर र पोलेको निको पार्न, एलर्जीका बिरामीलाई, मोटोपन घटाउन, पुरुषत्व बढाउन, यौन शक्ति बढाउन आदि काममा उपयोगी मानिन्छ । यसलाई श्रृंगारमा पनि प्रयोग गर्न सकिन्छ । जस्तो कि अनुहारलाई सुन्दर र चम्किलो बनाउन साथै छालालाई मुलायम र नरम बनाउन महको प्रयोग उपयोगी मानिन्छ । मह खाने कुराहरुको सुगन्ध बढाउन प्रयोग हुन्छ । मह जुनसुकै खाद्यवस्तुको साथमा खान सकिन्छ । साथै ब्रेडहरुमा जामको सट्टा प्रयोग गरी खान सकिन्छ । यसैगरी महलाई चिनीको विकल्पमा पनि प्रयोग गरी मधुमेह जस्ता रोगबाट बच्न सकिन्छ । यसैले होला यो बालकदेखि बृद्धसम्मका सबै मानिसले कम्तिमा एक चम्चा शुद्ध मह दैनिक सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले धेरै राम्रो हुन्छ । महको रासायनिक संरचनामा निम्न प्रतिशतको हिस्सा ओगटेको पाइन्छ ।
मौरीपालन सुचारुरुपले सञ्चालन गर्नका लागि ठाउँ सुहाउँदो मौरीघार र अरु आवश्यक पर्ने सामग्री जस्तैः मुखमा लगाउने जाली टोपी, धँुवादानी, चाका काट्ने छुरी, क्विनगेट, महदानी, रानी छेक्ने पटरी, पञ्जा आदिको व्यवस्था गर्नुपर्दछ । यसको पालन गर्नका लागि उपयुक्त समय विशेषगरी फागुन र असोज महिना छनौट गरी स्वस्थ मौरी गोला संकलन गर्नुपर्दछ । यसको लागि सकिन्छ भने हुल छुटेर आएको गोलालाई समात्ने, त्यसो गर्न सकिँदैन भने मौरीपालककोबाट खरिद गरी ल्याएर राख्नुपर्दछ । तर सुरुमा मौरीपालन गर्दा अर्थात् कम्तिमा दुई मौसम (वर्षा र जाडो) को पूर्ण ज्ञान प्राप्त नगरी दुईदेखि पाँच गोलाभन्दा बढी मौरीपालन गर्नु फाइदाजनक हुँदैन ।
 
एक अनुमानअनुसार मेलिफेरा र सेराना जातको मौरीबाट मात्र नेपालमा वार्षिकरुपमा १० हजार मेट्रिकटन मह उत्पादन गर्ने क्षमता देशको पर्यावरणले राख्छ । हाम्रो देशमा आर्थिक वर्ष २०६६÷०६७ मा एक हजार एक सय मेट्रिकटन मह उत्पादन भएको सरकारी तथ्यांकले देखाएको छ । त्यस्तैगरी तराईको प्राकृतिक जंगल र बालीको फूल फूल्ने समयमा डार्साटा जातको मौरीबाट शरदकालीनरुपमा उल्लेख्य परिमाणमा मह संकलन हुन्छ भने पहाड र उच्च पहाडमा ल्याबोरोमा (भीरमौरी) जातको मौरीबाट वसन्त र गृष्मकालीनरुपमा उल्लेख्य परिमाणमा मह संकलन गरिन्छ । संकलित मह स्थानीय उपभोगको अतिरिक्त निकट सहर र संकलनकर्तामार्फत देश बाहिरसमेत व्यापार गर्ने गरेको तथ्य विभिन्न माध्यमहरुमा उल्लेख गरेको पाइन्छ ।
देशमा मौरीको यही महत्वलाई ध्यानमा राखेर दीर्घकालीन कृषि योजना सन् १९९५–२०१५ ले मौरी र महलाई उच्च मूल्यको बालीको रुपमा प्राथमिकतामा राखेको छ । अर्कोतर्फ भन्ने हो भने मुलुकमा अझै पनि साउदी अरब र संयुक्त राज्य अमेरिबाट महको आयात गरिन्छ । मुलुकको मह निर्यातको लागि सन् २००१÷०२ सम्म नर्बे प्रमुख राष्ट्र थियो । तर गत केही वर्षदेखि रासायनिक विषादीको अवशेष विवादका कारण युरोपियन देशहरुमा नेपाली महको निर्यात क्रम अवरुद्ध भएको छ । तर पनि हाल आएर जापान, दक्षिण कोरिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट, बंगलादेशलगायतका मुलुकहरु मह निर्यातका लागि असल गन्तव्य राष्ट्रका रुपमा आइरहेका छन् । यसरी हेर्दा नेपालमा महको उत्पादन, आयात र निर्यात सबै प्रकारको व्यवसाय संगठित वा असंगठित तवरमा हुँदै आएको पाइन्छ ।
 
समग्रमा भन्नुपर्दा मुलुकको हावापानीलाई मध्यनजर राख्दा मौरीपालन र मह उत्पादन व्यवसायबाट कृषकको आय अभिवृद्धि भई गरिबी न्यूनीकरणमा टेवा पुग्न सक्ने तथ्यलाई दीर्धकालीन कृषि विकास आयोजनाले आत्मसात गरेको छ । मुलुकमा मौरीपालन सम्बन्धमा नीतिगत र प्राविधिक पक्षको पृष्ठपोषण कृषि विकास मन्त्रालयको कृषि विभागमार्फत हुँदै आएको छ । विस्तार–विस्तारै व्यावसायीकरणमा लम्केको नेपालको मौरी व्यवसाय प्रवद्र्धनका लागि सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त र अथक प्रयासको नितान्त जरुरत देखिन्छ । तसर्थ मौरीपालनबाट कृषकको आय आर्जन बढाउन मौरी र महको उत्पादन मात्र पर्याप्त हुँदैन ।
 यसको लागि त गुणस्तरीय वस्तुको उत्पादन गरेर बजारको पहुँच विस्तार अनिवार्य छ । नेपालको महले युरोपलगायत एसियाका केही देशहरुमा सानैरुपमा भए पनि बजार पाइरहेको अवस्थामा हालका वर्षहरुमा यसको गुणस्तर र प्रमाणीकरणका विषयमा प्रश्न उठ्न थालेको छ । मुलुकले  विश्व व्यापार संगठनको सदस्यता लिइसकेको वर्तमान अवस्थामा नेपाली महले अन्तर्राष्ट्रिय बजार लिन सकेको अवस्थामा यसको गुणस्तर बारेमा प्रचुर मात्रामा यसको अध्ययनको पनि राम्रो किसिमले विकास हुन सकेको देखिँदैन ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s