पुष्प प्रवर्द्धन नीतिबाट आशा

प्रस्तुति: विश्वनाथ खरेल

मिति: 2013-02-20

सम्बन्ध: विचार

Nameदेशको अर्थतन्त्र कृषिमा निर्भर छ । कृषकहरूमा प्रचलित परम्परागत खेती प्रणालीलाई व्यावसायिक खेती प्रणालीमा रूपान्तरण गर्न ज्ञान, सीप, प्रविधि एवं उद्यमशीलताको अभाव भएकाले कृषकहरू निर्वाहमुखी खेतीपातीमा सीमित मात्र छैनन्, अर्ध तथा लुप्त बेरोजगारीको समस्याबाट समेत पीडित छन् । देशको विविध भौगोलिक परिवेशको आधारमा हेर्दा यहाँ विभिन्न किसिमका पुष्पखेतीको सम्भावना प्रचुर देखिन्छ । देशमा पाइने विभिन्न प्रजातिका र आर्थिक महŒवका अन्य, पुष्प उत्पादन र व्यवसायबाट रोजगारीका अवसर सृजना हुनुका साथसाथै नेपालकै मौलिक तथा रैथाने फूल, बोटबिरुवाको पहिचान गरी संरक्षण तथा संवद्र्धन गर्न सके त्यसको निर्यातको ठूलो सम्भावना पनि छ । दीर्घकालीन कृषि योजना तथा राष्ट्रिय कृषि नीति–२०६१ र वाणिज्य नीति–२०६५ ले प्रमुख निर्यातयोग्य वस्तु र बढी मोल जाने बालीका रूपमा यसलाई प्राथमिकता दिइए तापनि यसको प्रवद्र्धनमा पर्याप्त जोड नदिइएको हुँदा लगानीकर्तालाई आकर्षित गर्न सकिरहेको छैन । चालू त्रिवर्षीय योजनाले यसलाई उच्च मूल्यको वस्तुको प्राथमिकतामा राखी अर्किडलाई एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत निरन्तरता दिनुका साथै आलंकारिक फूलको गुणस्तरीय उत्पादनका लागि मूल्य अभिवृद्धि श्रृंखला सुधारमा जोड दिइएको छ ।
कृषिक्षेत्रमा यो व्यवसाय अवलम्बन गर्नेहरूको संख्यामा दिनहुँ वृद्धि हुँदै गएको छ । देशका ३६ जिल्लामा करिब ६ सयभन्दा बढी कृषक घरपरिवार पुष्पखेतीमा आबद्ध छन् । १ सय २० हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको अनुमान गरिएको छ । यसमा ४० हजारभन्दा बढी व्यक्ति संलग्न रहेको अनुमान सम्बन्धित निकायले गरेको छ । केही दिनअघि मात्र सरकारले ल्याएको पुष्प प्रवद्र्धन नीतिको लामो समय अगाडिदेखि व्यवसायीहरूले माग गरेका भए पनि मन्त्रालयले ल्याउन सकिरहेको थिएन । यस व्यवसायबाट आर्थिक वर्ष ०६८/०६९ मा करिब ९१ करोड मूल्यबराबरको आर्थिक लाभ प्राप्त भएको थियो र त्यसमध्ये करिब १९.५ करोड मूल्यबराबरको पुष्पजन्य वस्तु विदेश निर्यात भएको थियो । देशको भौगोलिक बनाबटलाई अवलोकन गर्ने हो भने विद्यमान जलवायु, स्रोतसाधन र सम्भावनाका आधारमा दिगो र व्यवस्थित पुष्प तथा पुष्पजन्य वस्तुको उत्पादन तथा व्यवसायीकरणका लागि पुष्प प्रवद्र्धन नीति अति आवश्यक महसुस गरिएको छ । यस नीतिको कार्यान्वयन गर्न सकिएको खण्डमा निजी क्षेत्रको सहभागिता अभिवृद्धि भई रोजगारीको अवसर सिर्जना हुने र आय आर्जनका साथसाथै वैदेशिक मुद्रा आर्जनमा समेत टेवा पुग्ने देखिन्छ । पुष्प तथा पुष्पजन्य वस्तुको विकास तथा प्रवद्र्धन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्नुका साथै गरिबी न्यूनीकरणमा समेत आर्थिक सहयोग पुग्ने आशा राख्न सकिन्छ । व्यावसायिक रूपमा पुष्पखेतीलाई प्रोत्साहन गर्दै खेतीको विकास गर्ने उद्देश्यका साथ कृषि विकास मन्त्रालयले आमकिसानका लागि पुष्प प्रवद्र्धन नीति–२०६९ ल्याएको छ । राज्यले कृषिक्षेत्रलाई सुधार गर्दै विभिन्न खाले व्यवसायमुखी खेतीतर्फ किसानहरूलाई उत्प्रेरित गर्न पुष्प प्रवद्र्धन नीतिले महत्वपूर्ण भूमिका खेल्न सक्ने संकेत देखाएको छ । यसमा स्पष्ट नीतिको अभावका कारण पुष्पखेतीले सोचेअनुरूपको सफलता हासिल गर्न सकेको थिएन । पुष्पखेतीलाई उच्च मूल्यको बालीका रूपमा लिइए तापनि यसमा नीतिकै अभावका कारण लगानी बढ्न नसकेको पुष्प व्यवसायीहरूको तर्क छ । पुष्प प्रवद्र्धन नीतिको विभिन्न पक्षहरूले स्वागत गरे पनि कार्यान्वयन पक्ष भने आशंकाको घेरामा छ । हाम्रा छिमेकी देशहरू भारत र चीनबाट भित्रिने फूल तथा तिनका बोटबिरुवाको निरोगिताको जाँच गर्ने प्रभावकारी संयन्त्रको अभावमा पुष्पखेतीमा बर्सेनि नयाँ–नयाँ रोग तथा कीराहरू भित्रिने हुँदा यसमा गरेको लगानीसमेत जोखिममा परी पुष्प उद्योग धराशायी अवस्थामा हुने देखिएकाले यस्ता चुनौतीलाई पनि नीतिले सम्बोधन गर्दै लगानी बढाउनतर्फ सरकार लाग्नुपर्ने देखिन्छ ।
पुष्पबाली अति नै जोखिमपूर्ण, चाँडै बिग्रिएर जाने र यसको प्रयोग विशेष अवस्थामा मात्र हुने भएकाले उचित अवस्था तथा समयमा उपभोक्तासम्म पु¥याउनुपर्ने हुन्छ । उत्पादित फूलहरूलाई उत्पादनस्थलदेखि उपभोक्तासम्म पु¥याउनुका साथै विदेशमा समेत निर्यात गर्नुपर्ने स्थिति हुन्छ । यस्तो अवस्थामा उचित वातानुकूलित ढुवानी साधन, सरल नियम–कानुन र भन्सार महसुल सहज र सरल प्रक्रिया हुनु आवश्यक छ । यस व्यवसायको अध्ययन, अनुसन्धानका साथसाथै प्रविधि विकास गर्न सकिएको खण्डमा यस क्षेत्रमा लगानी गर्ने वातावरणको सम्भावना बढ्ने हुन्छ । तसर्थ यस व्यवसायलाई व्यवस्थित गरी आन्तरिक बजारका साथै निर्यातलाई प्रवद्र्धन गर्न पुष्प प्रवद्र्धन नीति अति आवश्यक देखिन्छ । पुष्पको नीति तथा कार्यनीतिमा देशका विभिन्न भागमा पुष्पखेती विस्तार गर्न पुष्प नर्सरी स्थापना गर्न प्रोत्साहन गरिने उल्लेख छ । व्यावसायिक पुष्पखेतीको सम्भावना भएका क्षेत्रमा पुष्प फार्म स्थापनामा जोड दिइनेछ । शिक्षित बेरोजगार तथा सेवानिवृत्त व्यक्ति वा समूहलाई पुष्प तथ पुष्पजन्य व्यवसाय स्थापना तथा सञ्चालनका लागि प्रोत्साहन गरिने यसमा उल्लेख छ । व्यावसायिक रूपमा पुष्पखेती भएका पकेट क्षेत्रहरूमा पुष्प तथा पुष्पजन्य व्यवसाय प्रवद्र्धनका लागि सिंचाइ, कृषि सडक, संकलन केन्द्र, शीत भण्डार, ग्रामीण विद्युतीकरणको विस्तार गरिनेछ र पुष्प नर्सरी तथा पुष्प फार्महरूले आवश्यक फूलका माउ बोट–बिरुवा, कलमी बिरुवा, फूलको गानो तथा जराहरू, फूलको बीउबिजन, सिंचाइ र बाली संरक्षणका उपकरणहरू, ग्लास हाउस निर्माणका सामग्रीहरू, कुलिङ च्याम्बर भएको ढुवानी साधन आयातमा लाग्ने कर महसुल रकम आर्थिक ऐनमा व्यवस्था गरी सहुलियत प्रदान गर्न सकिने जस्ता धेरै कुरा समेटिएका छन् । पुष्प व्यवसायको देशमा व्यवसायीकरण र आधुनिकरणको सम्भावनालाई व्यावहारिक रूपमा फराकिलो बनाउनका लागि हालसम्म यस क्षेत्रमा भएका सफलता, अध्ययन, विस्तार र व्यवसायीकरणको पहललाई यथावत् राख्दै सरकारी, सहकारी र निजी क्षेत्रले जोड दिनुपर्ने देखिन्छ । पुष्प व्यवसायलाई अगुवा क्षेत्रका रूपमा अघि बढाउन उपलब्ध पुष्प प्रविधिको व्यापक प्रचार र उपयोग गर्ने, क्षेत्रीय सम्भाव्यता अनुसार विभिन्न भू–बनोटअनुसारको पुष्प व्यवसायमा कार्य गर्ने किसानहरूलाई पुष्प तालिम, पुष्प व्यवसायसम्बन्धी उच्च शिक्षामा जोड दिनुपर्ने हुन्छ । यस व्यवसायमा कार्य गर्ने जो–कोहीलाई पनि पुष्प व्यवसाय गर्छु भनेर गौरवका साथ भन्न सक्ने वातावरण सिर्जना गर्नु जरुरी छ । त्यसैगरी पुष्प पेसामा लागेका तमाम सहकर्मीमा हामी पुष्प व्यवसायको व्यवसायीकरण र आधुनिकरणमा मन, वचन र कर्मदेखि लागेका छौं भन्ने भावना जागृत हुनुपर्छ अनिमात्र यो पेसाप्रतिको उत्तरदायित्व आभास भएको बोध हुन्छ । पुष्प प्रवद्र्धन नीतिमा स्वदेशमा उत्पादित पुष्प नर्सरीको विस्तार र स्थापना गर्न प्रोत्साहित गरिने उल्लेख छ । त्यस्तैगरी व्यावसायिक पुष्पखेतीको सम्भावना भएको क्षेत्रमा पुष्प फार्महरू स्थापनामा जोड दिइने, शिक्षित बेरोजगार तथा सेवानिवृत्त व्यक्ति वा समूहलाई पुष्प तथा पुष्पजन्य व्यवसाय स्थापना तथा सञ्चालनका लागि प्रोत्साहन गरिने नीति स्वागतयोग्य छ । यसअनुसार व्यावसायिक रूपमा पुष्पखेती भएका पकेटहरूमा पुष्प तथा पुष्पजन्य व्यवसाय प्रवद्र्धनका लागि सिँचाइ, कृषि सडक, संकलन केन्द्र, शीत भण्डार, ग्रामीण विद्युतीकरणको विस्तार गरिने भएको छ । यसरी पुष्प र पुष्पजन्यको उत्पादन वृद्धि गर्नुका साथसाथै यसको क्षेत्रफलमा पनि वृद्धि गर्नुपर्ने देखिन्छ, जसले गर्दा भविष्यमा गएर पुष्प व्यवसायलाई विस्तार गर्ने लक्ष्यका साथ ल्याइएको पुष्प प्रवद्र्धन नीतिको कार्यान्वयनको पक्षमा सबल हुनु नै यसको सफलता मान्न सकिन्छ ।

Source : http://karobardaily.com/news/691109.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s